Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/287

From Nepali Proofreaders
Revision as of 12:15, 18 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(२४)
जुनिभर भोगी यै सब गोता
यै वयमा त्यो छुट्दो हो ता
सब सम्झन्थ्यो पुण्य र पाप
पक्का मान्थ्यो पश्चात्ताप

(२५)
हाय ! विधता ! कहाँ म जाऊँ  ?
कसरी जाऊँ  ? कोसँग जाऊँ  ?
थामूँ कसरी जीवन शेष ?
शिव ! शिव ! जुनिभर कत्रो क्लेश ?

(२६)
टुट्तै-आयो दिलको आशा
हेर्छु जतातिर उतै निराशा
अब निभने भो जीवन-दीप
कस्तो कालो कुटिल नसीप ??

(२७)
पिँजरामय त्यो देवल भित्र
म थिएँ द्यौता एक विचित्र
जो कुट पूजा मिल्थ्यो खान्थेँ
बालकहरुकन पूजक ठान्थेँ ॥