Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/274

From Nepali Proofreaders
Revision as of 12:00, 18 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(१२)
जबर्जस्ती पस्यो मानू लाखौँ दुर्जय पल्टन
उल्टायो शान्तिको किल्ला मैले पाइनँ पल्टन

(१३)
ममाथि हमला गर्ने सुरले दुष्ट दुश्मन
टाँटी टाँटी गरी थाले मानू बिगुल फूकन

(१४)
त्यो टीँ टीँ शब्दका साथै मार्च भारी भयङ्कर
चलि-हाल्यो मुटू मेरो थाल्यो काँपन थर्थर

(१५)
मार्चको शब्दले हो वा भानले हो विमानको
निद्रादेवी उडी-हालिन्‌ पर्दा खोलेर कानको

(१६)
लुट मानू चली-हाल्यो, न गुहा न गुहार भो
सातो-पुत्लो कठै ! मेरो तिनैको उपहार भो

(१७)
आत्तियो चित्त चौपट्ट छट्टपट्ट बिछट्ट भो
कालो निस्पट्ट त्यो रात्रि दुःखको घोर घट्ट भो

(१८)
देख्दादेख्दै निमेषैमा खैलाबैला ठुलो चल्यो
मानू दुर्भाग्यको वृक्ष लटर्याम्म भई फल्यो