This page has not been proofread
(२४)
यो छ मटीलो भाग मधेश
यसमा उबजा हुन्छ विशेष
राष्ट्रकोषको पोषण पूर्ति
गर्छ सदा यो मङ्गल मूर्ति
(२५)
ग्रीष्मकालको गरमी बढ्दा
नील गगनमा मेघ नचढ्दा
रोम कूपका खोली द्वार
सलसल बग्छन मुक्ताहार
(२६)
सब देहाती चातक बन्छन्
कुन यो तातो पातक ! भन्छन्
तर वर्षाको शीतल आशा
पलपल दिलमा दिन्छ दिलासा
(२७)
यसमा पनि छन् धेरै जाति
भेष र भाषा सब देहाती
न त त्यो हिन्दी न त नेपाली
सकल गंँवैया बोली-चाली