Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/212

From Nepali Proofreaders
Revision as of 11:29, 18 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(८)
छीः छी: छीः छीः थुक्क कहाँको हतभागी
आई लाग्यो जाः, पर जाः जा:, भनि जागी ।
घोक्रेछुत्ती लाउ तिमी, त्यो अविकारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी॥

(९)
साहू आओस्‌ खुब खुवाओस्‌ गलहत्ती
भागून्‌ पत्नी-पुत्र, निभोस्‌ जीवन-बत्ती ।
आँसू थामी लक्ष्य निहारी अविकारी
कर्तव्यैमा डुब्दछ सच्चा धृतिधारी ॥

(१०)
हत्याराले जाल फिंँजारी निहुँ पारी
मारी सारा द्रव्य उजारी घर बारी ।
राम्रै सत्यानाश गरोस्‌ खेल बिगारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥

(११)
रम्भा आई स्वर्ग चलोस्‌ आज सवारी
प्यारा ! प्यारी नित्य म बन्छू भनि भारी ।
बिन्ती लाओस्‌ तापनि सच्चा अविकारी
कर्तव्यैमा झुक्तछ विद्वान्‌ धृतिधारी ॥