This page has not been proofread
गाउँछु र बाह्य नियम-शून्यताभित्र भित्री भावुक लयहरू देख्न सक्तछु, आफ्नो आफ्नो रुचि हो।
लय पाइँदै नपाइनु दोष हो, छन्द देखिँदै नदेखिनु अपराध हो । छन्द र लयविना कवि र गायक हुँदैन । भावुकको सच्चा उद्गार त्यसै छन्ददार र लयदार हुन आउँछन् क्या र ! प्रकृतिकै नियमले छाउरे नाचउपर नचढी कविता हुँदैन । मीठोसँग शब्द लहराए कि- अन्धोले पनि कबि र गायकको नाममा सच्चा अधिकार राख्तछ । तालले नै : बाँधिनु भन्नु र बार्णिक छन्दमा मात्र लेख्नु भन्नु एकै किसिमको कुरा हो । तर हृदयको चरोले सुनौलो रङ्ग देखे पख्रेटा उड्दा जता उडे पनि गाना बनेरै उड्दछन् ।