This page has not been proofread
(९)
तेर्सो पारी भिरेको छ बोक्रे दापमा खुकरी ।
कम्बल कोट र कट्टु लाउँछ दुश्मन शिरको टुक्री ॥
गरीब घरको सादा पोशाक बिहानलाई बादल छैँ ।
कस्तो राम्रो अनुहारमा सुहाएको मखमल झैँ ॥
(१०)
फूलको हाँगा ल्याई उसको हातमा राखी कराए ।
मुजूर कल्की घालू टोपी माथि चढाई लगाए ॥
सेर्पा चाङना गुलाफ जस्तो गाला दुईमा फुल्दछ ।
हेलम्व्ृकी रानी लूनी नजर त्यसमा मुल्दछ ॥
(११)
आज बाला हेलम्बूमा नौनी चमी गाईका ।
सेता क्रिलिमिल क्रिलिमिल बत्ती, 'मारदौन' मना गायिका ॥
हातेमालो सेर्पा[1] स्थावा घर घर आज &धुम्नेछ ।
सेर्पा चाङना हेलम्बूको लोङ्गु दरबार पुग्नेछ ॥
(१२)
हेलम्बकी रानी लूुनी उनकी आमा हेलम्बा ।
गँथेकी छन् माला उनले रङ्गीचङ्गी फूलथुँगा ॥
आज उनको पयर छोई सेर्पा चाङना पाउनेछ ।
माला, मिनाज, सुनको थैलो सांवा कीर्ति गाउनेछ ॥
- ↑ तामाङ नृत्य