जहाँ सौन्दर्यको मृदुलपन नै जीवन थियो ।
त्यहाँ ती राजाको हृदय अलि आनन्दित भयो ॥
(१७४)
टिपेका हाँगामा ४२५ कलिला हातहरुले ।
न देखिन्थे मृदुलदल ज्यादै लघु भई ॥
त्यहाँ लागीहाल्थे त्यरित रसिला कुदड्दमलहरू ।
हजारौं पत्तीका तहहरु लुकी गोलघरमा ॥
(१७५)
कतै बास्नाका छन् लहर रँगमा रम्रम हुने ।
कतै ज्वाला बल्खन् झिलमिल ननी फूल रँगिने ॥
यता पारिन् फुल्छन् सुरयूवतिका बोटहरुमा ।
उता बोली फुल्छन् मृद् कसुमका औठहरुमा ॥
(१७६)
त्यहाँ चिल्ला चिल्ला सतह हरिया पृष्प तरुका ।
हरा हाँगामा छन् विविध चिडिया पृष्पसरिका ॥
भुवा राम्रा रब्वी कलकल गरी कञ्ज महिमा ।
सदा गाई बस्नै मधुर स्वरका वृत्यहरुमा ॥
(१७७)
उडी जाँदा ढल्की मधुर गतिले रङ्ग तलको ।
बनाई पल देखाई नजर लिग राम्रा टलकका । ॥
चैँचँले प॒वनकन आह्लादित सब ।
उडेका फूलै भै विहगहरुू बोल्थे नव नव ॥
(१७८)
त्यहाँका पन्छीको गरिसकिन् के वर्णन छर ?
उज्याला स्वप्ना झ्रै चिरबिर गरी आठ प्रहर ॥
सबै छन् जूनेली स्वर मुख लिई चन्द्रसँगमा ।
करा गर्दा मीठा हृदयकन पोखेर रँगमा ॥
(१७९)
भए बेला सुत्नै कसुमहरुका पत्रहरुले ।
सजाएका राम्रा नरम गुँडमा मस्त सुखले ॥
सुतेका हन्छन् ती मधुर सपनामा कसुम झैं ।
स्वतन्त्राननदी भै निशि पनि नभ्रै स्वर्गतिर ता ॥
(१८०)
Page:Shakuntala.pdf/352
Appearance
This page has not been proofread
