संशोधन गर्नाको लागि । हाम्रो मोलतोल ठीक छैन । हाम्रो अंग्रेजी बिलायतमा बिक्तैन । हामीले दिएको व्याख्यान सुने लण्डन हाँस्नेछ । हामी वमनवेदान्ती हौं । हामी अक्षरकीट हौं । शोपेरहाँर साहेबले मात्र शिक्षकवर्ग- हामीलाई चिनेका छन् ।"
हा ! म मूर्ख बंगाली विद्वत्ता र नेपाली बोक्रे प्रतियोगितामा बिग्रन गएँ ! म कस्तो मूर्ख !
उनको संसारले उलटपुलट खायो । उनले चम्पालाई बोलाएर भने, "प्यारी कीचक ! मेरो इतिश्री स्वाहा । व्यक्तित्व भए म मरेपछि पुनर्विवाह गरे । तिमी पढ । तिमीलाई पढन र बुझ्न व्यक्तित्व हासिल गर्नाको जरुरत छ । तिमीलाई म भुल्छु । तिमीसँग मेरो विवाहै भएको थिएन । म तिमीलाई प्रेमको आँखाले हेर्दिनँ । मलाई टि.बी. लाग्यो । धर्मले त्यो टि.बी. तिमीलाई सल्काउन खोज्दछ, चम्पा ! तिमी सक्छ्यौ, चाहन्छ्यौ भने पर सर । आजदेखि तिमी मबाट आजाद भयौ ।"
चम्पा जानिनन् किन तर उनी रोइन्-बर्र । तीब्र सहानुभूतिले । साथीसँग छुट्टिने वेलामा राएझैँ ।……..
प्रेमको प्रारंभ भएको थिएन । केवल लोग्ने, पोइ या स्वामी भन्ने नामानुसार उनमा मान्नु पर्ने भन्ने भावनासम्म रहेको थियो । तर त्यो आँसुदार, जल्दो, जाग्दो, वियोग ज्वलित भाव, त्यो मधुर आनन्दको स्पन्दन, जो विकसित यौवनको सुगन्धको पल्कन हुन्छ- त्यो थिएन । न साधारण तवरले यस्तो चीज कुनै घरमा-कुनै सुवासीनी लोग्नेको विवाहित जीवनमा-पूर्वीय देशमा अक्सर-प्राप्य छ । विवाहलाई प्रेमको अन्त भन्ने पश्चिमा भनाइ त छँदै छ, तर प्रेमको शुरु नै नहुनु खास पूर्वीयता हो ।
रामकान्तले पुस्तक जलाएर जपमाला लिए । उनी शान्त, मौन रहन्थे । डाक्टर आउँथे, जान्थे, हेर्ने विचानहरू । आमाका आँखा हरहमेशा भिज्दथे । दिदी बहिनीका पनि । तर रामकान्त सारा पुरुष, स्त्री, घरबार, वस्तुलाई परदेशी ठहर्याए । अब उनको आत्मा ईश्वर-चिन्तनमा अविघ्न तवरल मग्न हुन चाहन्थ्यो । चम्पाले निकट वैधव्यको सपना