Jump to content

Page:Shakuntala.pdf/120

From Nepali Proofreaders
This page has not been proofread

गुलाब छन्‌ लाल सुकोमला$धरा ।
बोलूँ कि बोलूँ कि समान अप्सरा ॥
सुचारु रेखा तहदार चारुता ।
फुकेर छाती मृदुपात भर्दछन्‌ ॥
हवा छिपेका जब गृष्य चोर्दछन्‌ ।
(९)

'शराव झैं लाल सुडोल बैंसका ।
कपोलमा षड्पद भझुम्न भर्दछन्‌ ॥
मौका ढुकी चुम्बन चारु गर्दछन्‌ ।
जहाँ फुली कोमलता मनोहर ॥
छुवाइमा स्वर्ग सरर भर्दछन्‌ ।
लाली र लज्जा रस स्वास छर्दछन्‌ ॥
सुवास मुस्की सुकुमार सार छ।
प्रफुल्लता बैंस लिँदो मुहार छ॥
तथापि राम्रा रमणी कपोलमा ।
सुचारु लाली अझ दिव्य सार छ॥
(१०)

हवा भजी पड्ख फिँजी ढलक्क ती ।
गरेर भूँ भूँ भमरा भुली कति॥
चुसेर त्यो यौवनको सुधारस ।
बनीरहेछन्‌ तरुमा मदा$$लस ॥
तथापि कालो छ टलक्क टल्किने ।
कपाल त्यो रेशम 'झैं सुधारस ॥
बनेर कालो रँग जन्मिएसरि ।
सलक्क केस्रो लहराउँदो झरी ॥
(११)

कुरङ्ग हुन्छन्‌ वनमा रमाइला ।
अनङ्गका पुष्पित कुन्जमा हरा ॥
फुलेर झुल्छन्‌ लहरा जहाँ सुनी ।
बुट्टा बनी निर्झफरका नयाँ कुरा ॥