Jump to content

Page:Shakuntala.pdf/21

From Nepali Proofreaders
Revision as of 00:14, 17 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

सुरीला फुल्दा ती सुरवनपरी, बैंस असर ।
उज्याला पाएका गुनगुन गरी गान मधुर ॥
टिपी राम्रा राम्रा रँगसहित अम्लानकुसुम ।
गलालाई गुँध्धे अति ललितमाला हरदम ॥
(३५)

तिनै नाच्थे छम्छम्‌ कुसुमपदले कोकिल-ध्वनि ।
पखेटा फर्फर्‌ भै रससहित लच्कीकन घुमी ॥
जुनेली जादू झैं वसन पतलामा अघखुला ।
नितम्बी रेखा भै रस मधुरले मोहनकला ॥
(३६)

नटी नाच्थे छम्छम्‌ गिरि-विपिनका निर्फर कला ।
छरी हीरा झन्‌झल्‌ लहर हँसिला, नृत्य रसिला ॥
जुहारी शोभामा स्वर मधुरले नन्दन-वन ।
सदा पार्थे गाना लहर हरियो पुष्पित धन ॥
(३७)

करोडौँ दौताका मुकुट-मणिले पाउ सजिने ।
रिसाएमा सारा शिखर डरले थर्थर हुने ॥
अनेकौं योद्धाका असुर शिर-छेदी कूलिशवान्‌ ।
डराए ती इन्द्रै थरहर, हुँदा त्यो तप महान्‌ ॥
(३८)

गडड्गड्‌ गड्कन्ध्यो घनमहिम भै शक्ति जसको ।
चचड्चड्‌ चड्कन्थ्यो गिरिशिखरभेदी कूलिश त्यो ॥
झझल्‌झल्‌ झल्कन्थ्यो घनु पनि जगत्‌का नजरमा ।
तपस्वीको ठूलो. बलअघि त्यही दन्छ डरमा ॥
(३९)

तपस्याका तेजी विपिनतटमा निश्चल थिए ।
जगज्जेता जस्ता जटिल जगतीजाल उखडी ॥
जटाजूटी ध्यानी, परम प्रभुका सञ्निधि भई ।
उज्यालो बाटाको पथिकसरि भै शान्त विजयी ॥
(४०)