Jump to content

Page:Laxmi nibandhasangraha.pdf/198

From Nepali Proofreaders
Revision as of 10:43, 21 June 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

चेतको चमत्कार हो; जस्तैः जुवाचेत पनि साह्रै लाभदाय हुन्छ र यो समझविना जुवा खेल्ने मानिसहरुलाई जुवा खेल्न जान्नेले मनमनै मूर्ख ठहर्‍याउँछ ।

एकदिन मलाई हिसाब पढेको काम लागेको छ । एकजना इञ्जिनियर र म कोजाग्रतमा जुवा हेर्न गएका थियौं, दुवै जनाको पाकेटमा एक–एक मोहर थियो । मैले सूचना गरें कि 'शिक्षित पुरुषहरुले यस मौकाको खेलमा गणितात्मक सूक्ष्म विज्ञानको उपभोग गरेर साधारण मनुष्य जुवा खेलिरहेका ठाउँमा अलिकति श्रेष्ठतापूर्वक रुपियाँ निकाल्न सकेनौं भने ता हामीले पढेकै व्यर्थ भयो ।' तब बस्यौं एक खालमा र इञ्जिनियरको पाकेटबाट एउटा कागज निकालेर जुवाको नक्सा बनायौं दाउहरु बराबर तवरसँग बाँडिएका छँदैछन्, यद्यपि चौकाले अलिकति आधिक्य पाएको छ, तब सोह्र कौडीको उलटपुलटमा यस नियमको दुनियाँमा नियमै पाउन सकिन्न भन्न सकिन्छ र ? यहाँ सम्भावनाको गणित लाग्दछ । सबै दाउहरु उत्तिकै बराबर पर्ने सम्भावना राख्तछन् । जो ज्यादै परिसकेको छ, फेरि पर्ला भन्ने सम्भावना कम हुन्छ । जो ज्यादै कम परेको छ, त्यो फेरि पर्ला भनने सम्भावना छ । तब खिच एउटा रेखा र सरको टुप्पोले दाउहरुको आवतजावत र भेटघाटहरुको नमुना बनाउन सम्भावनाको अन्दाज राखेर निश्चित तवरले यही दाउ पर्ला भन्ने जस्तो भएको बेलामा पहिला मोहर राखिहाल । त्यो खाइदियो दोस्रो मोहरको भाग्य परीक्षा गरुँला, त्यो पनि खाइदियो भने आफूलाई गरिब नठानौं, घरितर फर्कौंला । बल्झियो भने हाम्रो रुपियाँको जीवनचरित्र सुरु भइहाल्यो । दुईचार बाजि अन्दाज ठिक भएर बल्झिएपछि त सम्भावनामुताबिक मोहर–रुपियाँ डब्लिने मौका दिंदै जाउँला । त्यति मात्र पनि होइन, जब पाँच रुपियाँ हुन्छ एक मोहर निकाल्यो र नौ मोहर खल्तीमा दाखिल गर्‍यो र खतराको मात्रा कम गराउनलाई त्यस एक मोहरलाई उही पहिलेको रुपियाँसँग एक जीवनयात्रा दिएर सफल भए फेरि दश रुपियाँसम्म त्यसले ल्याउँला । अनि तेस्रो क्रममा चौध रुपियाँ पाकेट दाखिला गरेर एक रुपियाँलाई नवीन इतिहास सुरु गर्न लगायो– बिस रुपियाँ नहुञ्जेलसम्म । तर रिस–राग नगर, सम्भावनाको नियमपछि चल, तर नरन्केऊ । यही सल्लाहमुताविक हामी लेख्न थाल्यौं, धेरैजसो पहिला थपनी चौथा हातमा राख्तथ्यौं । दिन बित्यो, साँझ पर्‍यो, बत्ती