Page:Laxmi nibandhasangraha.pdf/52: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
स्पष्टीकरणको सतहमा आइरहेछन् । कसैले ज्ञानलाई मानौं मोटर देख्यो, | स्पष्टीकरणको सतहमा आइरहेछन् । कसैले ज्ञानलाई मानौं मोटर देख्यो, | ||
जो बादलको बिजुलीले प्रभावित हुन्छ ! जो अदृश्यको शब्द ल्याउँछ, त्यो | जो बादलको बिजुलीले प्रभावित हुन्छ ! जो अदृश्यको शब्द ल्याउँछ, त्यो | ||
यन्त्र कहाँनिर बसेको छ, कसले देख्यो होला ! म सुतिरहेको | यन्त्र कहाँनिर बसेको छ, कसले देख्यो होला ! म सुतिरहेको वेलामा | ||
'भोलि पाँच बजे | 'भोलि पाँच बजे उठ्छु' भन्ने भावना अनन्तको घडीको सुई ट्वाक्क | ||
देखने गरी कसरी | देखने गरी कसरी ब्यूँझिएर उठ्तछ ? | ||
'किरो' | 'किरो'<ref>अंग्रेजी सामुदायिक विद्यामा पारंगत प्रसिद्ध पुरुष ।</ref> हो कि 'चीरो' हो मेरा हातका नसाहरूको अध्ययन गरेर | ||
मान्छे भएथ्यो । म आफ्नो मुखमा इतिहास लेखिरहेछु, आफ्ना हस्तरेखामा | मान्छे भएथ्यो । म आफ्नो मुखमा इतिहास लेखिरहेछु, आफ्ना हस्तरेखामा | ||
भाग्य भल्काइरहेछु, आफ्नो बनोटमा आध्यात्मिक अभिप्रायहरूको प्रकाशन | भाग्य भल्काइरहेछु, आफ्नो बनोटमा आध्यात्मिक अभिप्रायहरूको प्रकाशन | ||
गरिरहेछु । मेरो हात पढे दुनियाँलाई एक रहस्यको भण्डार छ, मेरो | |||
मुखाकृतिमा पाँच हजार पुस्तकालय छन् । तर संसार मलाई छाया भन्छ | मुखाकृतिमा पाँच हजार पुस्तकालय छन् । तर संसार मलाई छाया भन्छ | ||
र म निराश भएर आखिर यी दिव्य जादूगरीको हातखुट्टा पसारेर अनन्त | र म निराश भएर आखिर यी दिव्य जादूगरीको हातखुट्टा पसारेर अनन्त | ||
थकाइ र हताशले लम्पसार पर्दछु । दुनियाँले आगोमा जलाएर एक मुठी | |||
खरानी रहेछ भनेर जीवनको व्यर्थताउपर व्याख्यान छाँट्छ ! दुनियाँ | खरानी रहेछ भनेर जीवनको व्यर्थताउपर व्याख्यान छाँट्छ ! दुनियाँ | ||
अन्धो नभए दिन-दिन चितामा दिव्य चमत्कारहरू खरानी हुने, जल्ने | अन्धो नभए दिन-दिन चितामा दिव्य चमत्कारहरू खरानी हुने, जल्ने | ||
थिएनन् र मानिस अमर हुन्थ्यो ! पढ़ाउनका निमित्त जन्मिएँ, दुनियाँ | थिएनन् र मानिस अमर हुन्थ्यो ! पढ़ाउनका निमित्त जन्मिएँ, दुनियाँ | ||
पढ्नाका निमित्त ! | |||
अनि हरेक विचार र भावनाहरू विश्वका बहीखातामा मैले | अनि हरेक विचार र भावनाहरू विश्वका बहीखातामा मैले | ||
कसरी लेखाइरहेछु ! एक भावमा, दुई सय कडोर नाता छन्, एक | कसरी लेखाइरहेछु ! एक भावमा, दुई सय कडोर नाता छन्, एक | ||
विचारमा विश्वको लहरोपहरो | विचारमा विश्वको लहरोपहरो तानिन्छ । अनि सूक्ष्मातिसूक्ष्म सबैको | ||
होश राखेर मैले जवाफदेहीको भारले विश्वलाई कसरी अडाइरहेछु ! दुई | होश राखेर मैले जवाफदेहीको भारले विश्वलाई कसरी अडाइरहेछु ! दुई | ||
सय कडोर बाजामा सुर बिग्रिएला भनेर म कसरी नसाका तार-तारमा | सय कडोर बाजामा सुर बिग्रिएला भनेर म कसरी नसाका तार-तारमा | ||
सुरको ठेगाना राखेर प्रशिक्षणमा चलिरहेछु । मेरा निमित्त हरएक भाव र | सुरको ठेगाना राखेर प्रशिक्षणमा चलिरहेछु । मेरा निमित्त हरएक भाव र | ||
विचारको उचित फलदायित्वका न्यायका अदालतहरू सूक्ष्मका शासनमा | विचारको उचित फलदायित्वका न्यायका अदालतहरू सूक्ष्मका शासनमा | ||
कति कडोर छन् । र तिनीहरू सबैलाई प्रबन्ध गराउने, होश गराउने र | |||
समतोल मिलाउने सत्य कस्तो चमत्कारी होला, जसले मलाई यो | समतोल मिलाउने सत्य कस्तो चमत्कारी होला, जसले मलाई यो | ||
जादूगरीमा चकाचौंध बनाएर डुलाइरहेछ । | जादूगरीमा चकाचौंध बनाएर डुलाइरहेछ । | ||
Line 30: | Line 30: | ||
यो मान्छे-जादू दुई खुट्टामा हिंडिरहेछ र संसारको रंगमञ्चमा | यो मान्छे-जादू दुई खुट्टामा हिंडिरहेछ र संसारको रंगमञ्चमा | ||
नाची-नाची आफू दर्शक हुँदो पनि छ र आफ्नो प्रदर्शनी पनि देखाउँदो | नाची-नाची आफू दर्शक हुँदो पनि छ र आफ्नो प्रदर्शनी पनि देखाउँदो | ||
छ । यसभन्दा ठूलो चमत्कार दुनियाँमा छैन र यो शरीरको भित्र विचित्र | |||
Latest revision as of 21:31, 7 February 2025
स्पष्टीकरणको सतहमा आइरहेछन् । कसैले ज्ञानलाई मानौं मोटर देख्यो, जो बादलको बिजुलीले प्रभावित हुन्छ ! जो अदृश्यको शब्द ल्याउँछ, त्यो यन्त्र कहाँनिर बसेको छ, कसले देख्यो होला ! म सुतिरहेको वेलामा 'भोलि पाँच बजे उठ्छु' भन्ने भावना अनन्तको घडीको सुई ट्वाक्क देखने गरी कसरी ब्यूँझिएर उठ्तछ ?
'किरो'[1] हो कि 'चीरो' हो मेरा हातका नसाहरूको अध्ययन गरेर मान्छे भएथ्यो । म आफ्नो मुखमा इतिहास लेखिरहेछु, आफ्ना हस्तरेखामा भाग्य भल्काइरहेछु, आफ्नो बनोटमा आध्यात्मिक अभिप्रायहरूको प्रकाशन गरिरहेछु । मेरो हात पढे दुनियाँलाई एक रहस्यको भण्डार छ, मेरो मुखाकृतिमा पाँच हजार पुस्तकालय छन् । तर संसार मलाई छाया भन्छ र म निराश भएर आखिर यी दिव्य जादूगरीको हातखुट्टा पसारेर अनन्त थकाइ र हताशले लम्पसार पर्दछु । दुनियाँले आगोमा जलाएर एक मुठी खरानी रहेछ भनेर जीवनको व्यर्थताउपर व्याख्यान छाँट्छ ! दुनियाँ अन्धो नभए दिन-दिन चितामा दिव्य चमत्कारहरू खरानी हुने, जल्ने थिएनन् र मानिस अमर हुन्थ्यो ! पढ़ाउनका निमित्त जन्मिएँ, दुनियाँ पढ्नाका निमित्त !
अनि हरेक विचार र भावनाहरू विश्वका बहीखातामा मैले कसरी लेखाइरहेछु ! एक भावमा, दुई सय कडोर नाता छन्, एक विचारमा विश्वको लहरोपहरो तानिन्छ । अनि सूक्ष्मातिसूक्ष्म सबैको होश राखेर मैले जवाफदेहीको भारले विश्वलाई कसरी अडाइरहेछु ! दुई सय कडोर बाजामा सुर बिग्रिएला भनेर म कसरी नसाका तार-तारमा सुरको ठेगाना राखेर प्रशिक्षणमा चलिरहेछु । मेरा निमित्त हरएक भाव र विचारको उचित फलदायित्वका न्यायका अदालतहरू सूक्ष्मका शासनमा कति कडोर छन् । र तिनीहरू सबैलाई प्रबन्ध गराउने, होश गराउने र समतोल मिलाउने सत्य कस्तो चमत्कारी होला, जसले मलाई यो जादूगरीमा चकाचौंध बनाएर डुलाइरहेछ ।
यो मान्छे-जादू दुई खुट्टामा हिंडिरहेछ र संसारको रंगमञ्चमा नाची-नाची आफू दर्शक हुँदो पनि छ र आफ्नो प्रदर्शनी पनि देखाउँदो छ । यसभन्दा ठूलो चमत्कार दुनियाँमा छैन र यो शरीरको भित्र विचित्र
- ↑ अंग्रेजी सामुदायिक विद्यामा पारंगत प्रसिद्ध पुरुष ।