Page:Laxmi nibandhasangraha.pdf/41: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{x-larger|'''सरिताको कलकलमा'''}} | |||
हामीहरू सिकारु कविलाई बराबर गिज्याउने गर्दछौं | हामीहरू सिकारु कविलाई बराबर गिज्याउने गर्दछौं– 'सरिताको | ||
कलकल' भन्ने उपनामले, तर ज्यादाजसो भान कविहरूका सौन्दर्योपासक | कलकल' भन्ने उपनामले, तर ज्यादाजसो भान कविहरूका सौन्दर्योपासक | ||
कल्पनाहरू जलको कलकलमा किन प्रथम प्रेरणा पाउने गर्दछन्; यसको | कल्पनाहरू जलको कलकलमा किन प्रथम प्रेरणा पाउने गर्दछन्; यसको | ||
Line 9: | Line 9: | ||
युवावस्थाको प्राकृतिक अभिरुचि आफ्नो आनन्दका सामग्रीहरू खोज्न | युवावस्थाको प्राकृतिक अभिरुचि आफ्नो आनन्दका सामग्रीहरू खोज्न | ||
भ्राम्यमाण हुन्छ । अक्सर सरिताको कलकल ध्वनि कुनै रहस्योद्घाटक | भ्राम्यमाण हुन्छ । अक्सर सरिताको कलकल ध्वनि कुनै रहस्योद्घाटक | ||
या आनन्दोत्पादक तत्त्व लिएर मनमा | या आनन्दोत्पादक तत्त्व लिएर मनमा चढ्ने गर्दैन र तीन सय खोलानाला | ||
तरिरहने या साना | तरिरहने या साना पहाडी जलस्रोतका नजीक जीवन बिताउने मनुष्यहरूले | ||
यो मधुर निनादद्वारा उस्तो आनन्द अनुभव गरेको सुनिएको या देखिएको | यो मधुर निनादद्वारा उस्तो आनन्द अनुभव गरेको सुनिएको या देखिएको | ||
छैन । उनीहरूका निमित्त यो कलनिनाद खोलाको आवाजसम्म भन्ने | |||
नामले चैतन्यमा आरोपित हुन्छ, त्यहाँभन्दा उपर | नामले चैतन्यमा आरोपित हुन्छ, त्यहाँभन्दा उपर चढ्दैन । यो सधैंका | ||
दैनिक विशेषतारहित अनुभवहरूसँग गाँसिन जान्छ र उनीहरू यसको | दैनिक विशेषतारहित अनुभवहरूसँग गाँसिन जान्छ र उनीहरू यसको | ||
त्यत्तिको परवाह गर्ने | त्यत्तिको परवाह गर्ने गर्दैनन् । न त उनीहरूको जीवनमा यसद्वारा | ||
आनन्द या खँदिलो प्राप्तिको अंशमा केही बढती भएजस्तो प्रतीत हुन्छ, | आनन्द या खँदिलो प्राप्तिको अंशमा केही बढती भएजस्तो प्रतीत हुन्छ, | ||
तर जो कवित्वशक्ति भएका कल्पनाहरू छन्, तिनमा चाँडै नै खोलाका | तर जो कवित्वशक्ति भएका कल्पनाहरू छन्, तिनमा चाँडै नै खोलाका | ||
मधुर शब्दले विशेष कदर पाउँछन् र शीघ्रतया जीवनसँग गाँसिएर | मधुर शब्दले विशेष कदर पाउँछन् र शीघ्रतया जीवनसँग गाँसिएर | ||
शक्तिशाली प्रभाव | शक्तिशाली प्रभाव बन्दछन् । यस किसिमका भावुकताले रहनु र त्यस | ||
भावुकताले आफ्नो आनन्दका निमित्त मधुर निनादिनी गिरिनिम्नगाहरूमा | भावुकताले आफ्नो आनन्दका निमित्त मधुर निनादिनी गिरिनिम्नगाहरूमा | ||
सामग्री भेट्टाउनु केही विचार र विश्लेषणलायकको कुरा जस्तो देखिन्छ । | सामग्री भेट्टाउनु केही विचार र विश्लेषणलायकको कुरा जस्तो देखिन्छ । |
Latest revision as of 16:09, 7 February 2025
सरिताको कलकलमा
हामीहरू सिकारु कविलाई बराबर गिज्याउने गर्दछौं– 'सरिताको कलकल' भन्ने उपनामले, तर ज्यादाजसो भान कविहरूका सौन्दर्योपासक कल्पनाहरू जलको कलकलमा किन प्रथम प्रेरणा पाउने गर्दछन्; यसको पनि त केही मौलिक तत्त्व हुनुपर्छ । हाम्रा जागरूक हृदय त्यहाँ के पाउँछन् ? कुन प्रभाव ? यो पनि एउटा विश्लेषणलाई चाखलाग्दो कुरो हो । हामीहरूले सौन्दर्यका मूलतत्त्वहरूको अन्वेषण त्यहीं गर्नुपर्दछ जहाँ युवावस्थाको प्राकृतिक अभिरुचि आफ्नो आनन्दका सामग्रीहरू खोज्न भ्राम्यमाण हुन्छ । अक्सर सरिताको कलकल ध्वनि कुनै रहस्योद्घाटक या आनन्दोत्पादक तत्त्व लिएर मनमा चढ्ने गर्दैन र तीन सय खोलानाला तरिरहने या साना पहाडी जलस्रोतका नजीक जीवन बिताउने मनुष्यहरूले यो मधुर निनादद्वारा उस्तो आनन्द अनुभव गरेको सुनिएको या देखिएको छैन । उनीहरूका निमित्त यो कलनिनाद खोलाको आवाजसम्म भन्ने नामले चैतन्यमा आरोपित हुन्छ, त्यहाँभन्दा उपर चढ्दैन । यो सधैंका दैनिक विशेषतारहित अनुभवहरूसँग गाँसिन जान्छ र उनीहरू यसको त्यत्तिको परवाह गर्ने गर्दैनन् । न त उनीहरूको जीवनमा यसद्वारा आनन्द या खँदिलो प्राप्तिको अंशमा केही बढती भएजस्तो प्रतीत हुन्छ, तर जो कवित्वशक्ति भएका कल्पनाहरू छन्, तिनमा चाँडै नै खोलाका मधुर शब्दले विशेष कदर पाउँछन् र शीघ्रतया जीवनसँग गाँसिएर शक्तिशाली प्रभाव बन्दछन् । यस किसिमका भावुकताले रहनु र त्यस भावुकताले आफ्नो आनन्दका निमित्त मधुर निनादिनी गिरिनिम्नगाहरूमा सामग्री भेट्टाउनु केही विचार र विश्लेषणलायकको कुरा जस्तो देखिन्छ ।
यस्तो विस्तीर्ण दुनियाँमा कल्पना र विमर्शका निमित्त अनन्त उपादानहरू छँदाछँदै भावुकको सहृदयताले युवावस्थाको उत्साहसाथ अरू चीज छाडेर जलको शब्दमय प्रवाहमा विशेषता पाउनु हाम्रो