Jump to content

Page:Laxmi nibandhasangraha.pdf/38: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
(मनुष्यको रूपनजीकको) स्पष्ट भएर आउँछ किनकि उनी हामीलाई
(मनुष्यको रूपनजीकको) स्पष्ट भएर आउँछ किनकि उनी हामीलाई
आफूबाट टाढा जान दिन चाहन्नन् र टाढा जाने कियामा दुःख र अग्नि
आफूबाट टाढा जान दिन चाहन्नन् र टाढा जाने क्रियामा दुःख र अग्नि
हालेर हामीलाई वैराग्यमा रुलाउँदे आफ्नोतर्फ ल्याउँछन् । हाम्रो जीवन
हालेर हामीलाई वैराग्यमा रुलाउँदै आफ्नोतर्फ ल्याउँछन् । हाम्रो जीवन
र आनन्दोपभोगिता त्यही प्रेमतत्त्वमा निर्भर भएको प्रतीत हुन्छ । त्यस
र आनन्दोपभोगिता त्यही प्रेमतत्त्वमा निर्भर भएको प्रतीत हुन्छ । त्यस
प्रेमीको व्यक्तीकरण भावना गर्न बहुत सजिलो पर्दछ मानव आत्मालाई।
प्रेमीको व्यक्तीकरण भावना गर्न बहुत सजिलो पर्दछ मानव आत्मालाई ।
नवम प्रमाण-विश्वको अनन्त तारुण्य र यसमा रहने अमृतभावमा
नवम प्रमाण–विश्वको अनन्त तारुण्य र यसमा रहने अमृतभावमा
देखिन्छ । आत्मा अमर छ भन्ने हाम्रो विश्वास छ, भूतप्रेतादिहरूद्वारा यो
देखिन्छ । आत्मा अमर छ भन्ने हाम्रो विश्वास छ, भूतप्रेतादिहरूद्वारा यो
कुरा सिद्ध गर्न सकिन्छ । त्यसका साथसाथै कोही अमृततत्त्व विश्वलाई
कुरा सिद्ध गर्न सकिन्छ । त्यसका साथसाथै कोही अमृततत्त्व विश्वलाई
परिवर्तनशीलताउपर पनि अमर पोषण दिएर नित्य तारुण्यमा राखीराखी
परिवर्तनशीलताउपर पनि अमर पोषण दिएर नित्य तारुण्यमा राखीराखी
मानवात्मालाई चाहिंदो सामयिक पोषण दिन्छन् । दशौं प्रमाण-
मानवात्मालाई चाहिंदो सामयिक पोषण दिन्छन् । दशौं प्रमाण–
मानवात्माको प्रत्येक विचार मात्रको अनन्त उत्तरदायित्वमा पाइन्छ ।
मानवात्माको प्रत्येक विचार मात्रको अनन्त उत्तरदायित्वमा पाइन्छ ।
यो अदृश्यको पर्दाको आड लिएर जवाफ लिने हामीसँग हरेक सूक्ष्म
यो अदृश्यको पर्दाको आड लिएर जवाफ लिने हामीसँग हरेक सूक्ष्म
भावानुभावमा घनिष्ठ व्यक्तीकरण पाएको विराट मूर्ति जस्ती लाग्छ।
भावानुभावमा घनिष्ठ व्यक्तीकरण पाएको विराट् मूर्ति जस्ती लाग्छ ।
मनुष्यमा अपूर्णताको चैतन्य रहनु नै पूर्ण चैतन्यको संकेततत्त्वको रूपमा
मनुष्यमा अपूर्णताको चैतन्य रहनु नै पूर्ण चैतन्यको संकेततत्त्वको रूपमा
एघारौं प्रमाण रहन्छ । यी केही प्रमाण हुन् र यिनबाट त्यो कोही एक
एघारौं प्रमाण रहन्छ । यी केही प्रमाण हुन् र यिनबाट त्यो कोही एक
विश्वस्रष्टा रहेछ भन्ने थाहा पाइन्छ । तर हामी बोके वेदान्तीको काल्पनिक
विश्वस्रष्टा रहेछ भन्ने थाहा पाइन्छ । तर हामी बोक्रे वेदान्तीको काल्पनिक
शून्यप्रायः चैतन्यमा निर्धारित हुन चाहँदैनौं। हामी मूर्तिमान् घनिष्ठता
शून्यप्रायः चैतन्यमा निर्धारित हुन चाहँदैनौं । हामी मूर्तिमान् घनिष्ठता
चाहन्छों । हामी सजीवता भएका ईश्वरका प्रमाण चाहन्छौं । मूर्तिमत्तालाई
चाहन्छौ। । हामी सजीवता भएका ईश्वरका प्रमाण चाहन्छौं । मूर्तिमत्तालाई
टाढा जानु पदैन । जुन विराट् चैतन्यले शून्यबाट विश्वलाई मूर्त बनायो,
टाढा जानु पदैन । जुन विराट् चैतन्यले शून्यबाट विश्वलाई मूर्त बनायो,
स्वयं त्यही आकृति हुनु सम्भव मात्र होइन, चित्र हुन सजिलो छ।
स्वयं त्यही आकृति हुनु सम्भव मात्र होइन, चित्र हुन सजिलो छ ।
मायाको सबल स्वरूपसम्म हाम्रो कल्पना पुर्दछ । परमेश्वर ढुड़ा जस्ता
मायाको सबल स्वरूपसम्म हाम्रो कल्पना पुग्दछ । परमेश्वर ढुङ्गा जस्ता
छैनन्, तर सजीव सहृदय छन्, यद्यपि उनका हृदयमा अनन्त करुणाका
छैनन्, तर सजीव सहृदय छन्, यद्यपि उनका हृदयमा अनन्त करुणाका
अनन्त कठोरता किया गर्दछन्- सत् शिव सुन्दरका सभामा ।
अनन्त कठोरता क्रिया गर्दछन्– सत् शिव सुन्दरका सभामा ।


जहाँ यी पूर्णाभासी ईश्वर रहन्छन् त्यो ठाउँ कस्तो होला ? त्यही
जहाँ यी पूर्णाभासी ईश्वर रहन्छन् त्यो ठाउँ कस्तो होला ? त्यही
Line 27: Line 27:


त्यहाँ अमृत छ, दुःखको अभाव ! मूर्तिमत्ता भएपछि स्वर्ग छैन
त्यहाँ अमृत छ, दुःखको अभाव ! मूर्तिमत्ता भएपछि स्वर्ग छैन
भन्नु अन्धता र अविवेक हुन्छ। मूर्ति भएपछि स्थान हुन्छ, ईश्वरको
भन्नु अन्धता र अविवेक हुन्छ । मूर्ति भएपछि स्थान हुन्छ, ईश्वरको
स्थान स्वर्ग या वैकुण्ठ हो।
स्थान स्वर्ग या वैकुण्ठ हो।


मनुष्यमा आत्मा छ भन्ने सजिलो विश्वास छ। रासायनिक
मनुष्यमा आत्मा छ भन्ने सजिलो विश्वास छ । रासायनिक
संमिश्रणहरूको काकताली क्रियाले मानव सन्तुष्ट हुँदैन । मनुष्य
संमिश्रणहरूको काकताली क्रियाले मानव सन्तुष्ट हुँदैन । मनुष्य
अभिप्रायसंपन्न छ । मृत्युभन्दा पारिका कुराहरू हामी थाहा पाउन सक्छौं ।
अभिप्रायसंपन्न छ । मृत्युभन्दा पारिका कुराहरू हामी थाहा पाउन सक्छौं ।

Latest revision as of 15:44, 7 February 2025

This page has been proofread

(मनुष्यको रूपनजीकको) स्पष्ट भएर आउँछ किनकि उनी हामीलाई आफूबाट टाढा जान दिन चाहन्नन् र टाढा जाने क्रियामा दुःख र अग्नि हालेर हामीलाई वैराग्यमा रुलाउँदै आफ्नोतर्फ ल्याउँछन् । हाम्रो जीवन र आनन्दोपभोगिता त्यही प्रेमतत्त्वमा निर्भर भएको प्रतीत हुन्छ । त्यस प्रेमीको व्यक्तीकरण भावना गर्न बहुत सजिलो पर्दछ मानव आत्मालाई । नवम प्रमाण–विश्वको अनन्त तारुण्य र यसमा रहने अमृतभावमा देखिन्छ । आत्मा अमर छ भन्ने हाम्रो विश्वास छ, भूतप्रेतादिहरूद्वारा यो कुरा सिद्ध गर्न सकिन्छ । त्यसका साथसाथै कोही अमृततत्त्व विश्वलाई परिवर्तनशीलताउपर पनि अमर पोषण दिएर नित्य तारुण्यमा राखीराखी मानवात्मालाई चाहिंदो सामयिक पोषण दिन्छन् । दशौं प्रमाण– मानवात्माको प्रत्येक विचार मात्रको अनन्त उत्तरदायित्वमा पाइन्छ । यो अदृश्यको पर्दाको आड लिएर जवाफ लिने हामीसँग हरेक सूक्ष्म भावानुभावमा घनिष्ठ व्यक्तीकरण पाएको विराट् मूर्ति जस्ती लाग्छ । मनुष्यमा अपूर्णताको चैतन्य रहनु नै पूर्ण चैतन्यको संकेततत्त्वको रूपमा एघारौं प्रमाण रहन्छ । यी केही प्रमाण हुन् र यिनबाट त्यो कोही एक विश्वस्रष्टा रहेछ भन्ने थाहा पाइन्छ । तर हामी बोक्रे वेदान्तीको काल्पनिक शून्यप्रायः चैतन्यमा निर्धारित हुन चाहँदैनौं । हामी मूर्तिमान् घनिष्ठता चाहन्छौ। । हामी सजीवता भएका ईश्वरका प्रमाण चाहन्छौं । मूर्तिमत्तालाई टाढा जानु पदैन । जुन विराट् चैतन्यले शून्यबाट विश्वलाई मूर्त बनायो, स्वयं त्यही आकृति हुनु सम्भव मात्र होइन, चित्र हुन सजिलो छ । मायाको सबल स्वरूपसम्म हाम्रो कल्पना पुग्दछ । परमेश्वर ढुङ्गा जस्ता छैनन्, तर सजीव सहृदय छन्, यद्यपि उनका हृदयमा अनन्त करुणाका अनन्त कठोरता क्रिया गर्दछन्– सत् शिव सुन्दरका सभामा ।

जहाँ यी पूर्णाभासी ईश्वर रहन्छन् त्यो ठाउँ कस्तो होला ? त्यही स्वर्ग हो, त्यहाँ निर्मल आत्माहरू सान्निध्यमा बास पाउँछन् ।

त्यहाँ अमृत छ, दुःखको अभाव ! मूर्तिमत्ता भएपछि स्वर्ग छैन भन्नु अन्धता र अविवेक हुन्छ । मूर्ति भएपछि स्थान हुन्छ, ईश्वरको स्थान स्वर्ग या वैकुण्ठ हो।

मनुष्यमा आत्मा छ भन्ने सजिलो विश्वास छ । रासायनिक संमिश्रणहरूको काकताली क्रियाले मानव सन्तुष्ट हुँदैन । मनुष्य अभिप्रायसंपन्न छ । मृत्युभन्दा पारिका कुराहरू हामी थाहा पाउन सक्छौं ।