Jump to content

Page:Laxmi nibandhasangraha.pdf/32: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
कवितामा, न कि आडम्बरलाई । सोझो-सच्चा-नङ्गा पहाडको महत्त्व
कवितामा, न कि आडम्बरलाई । सोझो-सच्चा-नङ्गा पहाडको महत्त्व
होस्‌ कवितामा, जसबाट नालाहरू आफसेआफ भूलुभुलाउँदै उठ्तछन्‌ ।
होस्‌ कवितामा, जसबाट नालाहरू आफसेआफ भुलुभुलाउँदै उठ्तछन्‌ ।
धेरैजसो यी कुराहरू भानुभक्तमा पाउँछु, त्यसैले मलाई यी सच्चा
धेरैजसो यी कुराहरू भानुभक्तमा पाउँछु, त्यसैले मलाई यी सच्चा
स्वदेशी कबिहरूउपर जत्तिको श्रद्धा लाग्दछ, उत्तिको अरू कम पुरुषमा
स्वदेशी कविहरूउपर जत्तिको श्रद्धा लाग्दछ, उत्तिको अरू कम पुरुषमा
लाग्ला जस्तो लाग्दछ । उनले लेखे हृदयको प्रेरणाले र नेपाली हृदयमा
लाग्ला जस्तो लाग्दछ । उनले लेखे हृदयको प्रेरणाले र नेपाली हृदयमा
प्रेरणा दिन । उनमा नेपाली साहित्यको उत्पत्ति स्वदेशी डोको र घाँससँग
प्रेरणा दिन । उनमा नेपाली साहित्यको उत्पत्ति स्वदेशी डोको र घाँससँग
Line 13: Line 13:
यात्रीहरूका निमित्त एउटा पाटीको पौवाली हुन मन लाग्यो । जुन
यात्रीहरूका निमित्त एउटा पाटीको पौवाली हुन मन लाग्यो । जुन
भावले अशोकले बाटामा वृक्ष रोपे होलान्‌, त्यही भावनाले सच्चा
भावले अशोकले बाटामा वृक्ष रोपे होलान्‌, त्यही भावनाले सच्चा
कविहरूलाई पैलो एँडी मिल्दछ । घाँसीको कथा हामी सबै नेपालीको
कविहरूलाई पैलो ऐंडी मिल्दछ । घाँसीको कथा हामी सबै नेपालीको
हृदयमा गड्दछ अनि हामी प्राकृतिक प्रेरणाहरू र मानवहृदयका प्राथमिक
हृदयमा गड्दछ अनि हामी प्राकृतिक प्रेरणाहरू र मानवहृदयका प्राथमिक
आभासहरूको मुहानतिर फर्कन्छौं !
आभासहरूको मुहानतिर फर्कन्छौं !
Line 19: Line 19:
भानुभक्तले त्यस बेला रामायण लेख्ने विचार गरे, जुन वेला
भानुभक्तले त्यस बेला रामायण लेख्ने विचार गरे, जुन वेला
नेपाली भाषा नेपालीको ओठैमा मात्र रहन्थ्यो, जब त्यसमा निश्चित
नेपाली भाषा नेपालीको ओठैमा मात्र रहन्थ्यो, जब त्यसमा निश्चित
आकारर उद्देश्य थिएन, जब व्याकरण गर्भमा थियो, जब पढेका अहंमानी
आकार उद्देश्य थिएन, जब व्याकरण गर्भमा थियो, जब पढेका अहंमानी
पण्डितहरू भाषाको नामलाई नाक चेप्राएर नफरत गर्दथे, जब उनीहरूको
पण्डितहरू भाषाको नामलाई नाक चेप्राएर नफरत गर्दथे, जब उनीहरूको
मनमा 'नेपाली साहित्य' नामक शब्दयोजना नै उपहास जस्तो लाग्यौ
मनमा 'नेपाली साहित्य' नामक शब्दयोजना नै उपहास जस्तो लाग्यो
त्यस बेला जनताको हृदयलाई पुराण भन्ने चलनमा सिवाय अरू भावुक
त्यस बेला जनताको हृदयलाई पुराण भन्ने चलनमा सिवाय अरू भावुक
पोषण लिने आश्रय थिएन । हामी लेखकका कठिनाइहरू ज्यादै कम
पोषण लिने आश्रय थिएन । हामी लेखकका कठिनाइहरू ज्यादै कम
अनुभव गर्न सक्तछौँ । तर सबै निर्माणकर्ताहरू अँधेरामा झल्का पाउँछन्‌,
अनुभव गर्न सक्तछौं । तर सबै निर्माणकर्ताहरू अँधेरामा झल्का पाउँछन्‌,
सूनसानमा आह्वान सुन्दछन्‌, गोधूलिमा सुन्दर मन्दिरमा यात्री बन्दछन्‌ ।
सूनसानमा आह्वान सुन्दछन्‌, गोधूलिमा सुन्दर मन्दिरमा यात्री बन्दछन्‌ ।
मानवात्मालाई पोल्ने भावहरू सजिलैसँग पहाड चढ्दछन्‌, किनकि उनको
मानवात्मालाई पोल्ने भावहरू सजिलैसँग पहाड चढ्दछन्‌, किनकि उनको
हृदयलाई सुनौला चुलीले भेटिसक्यो । अँधेरीमा आकार कुँद्नलाई दिइएको
हृदयलाई सुनौला चुलीले भेटिसक्यो । अँधेरीमा आकार कुँद्नलाई दिइएको
थियो । नयाँ सपनाले उनी छिनु लिएर बसे, पूर्वको स्वर्ण-प्रभात मृदुमुख
थियो । नयाँ सपनाले उनी छिनु लिएर बसे, पूर्वको स्वर्ण-प्रभात मृदुमुख
 
र झङ्गार लिंदै आयो । उनले पहाडको नीलो मसीले लेखे । लेख्नलाई
र झङ्गार लिँदै आयो । उनले पहाडको नीलो मसीले लेखे । लेख्नलाई
आडम्बर भएन, तर प्रेम र श्रद्धाको यात्रा भयो भने नेपालको हृदयकेन्द्रतिर ।
आडम्बर भएन, तर प्रेम र श्रद्धाको यात्रा भयो भने नेपालको हृदयकेन्द्रतिर ।

Latest revision as of 14:05, 3 February 2025

This page has been proofread

कवितामा, न कि आडम्बरलाई । सोझो-सच्चा-नङ्गा पहाडको महत्त्व होस्‌ कवितामा, जसबाट नालाहरू आफसेआफ भुलुभुलाउँदै उठ्तछन्‌ । धेरैजसो यी कुराहरू भानुभक्तमा पाउँछु, त्यसैले मलाई यी सच्चा स्वदेशी कविहरूउपर जत्तिको श्रद्धा लाग्दछ, उत्तिको अरू कम पुरुषमा लाग्ला जस्तो लाग्दछ । उनले लेखे हृदयको प्रेरणाले र नेपाली हृदयमा प्रेरणा दिन । उनमा नेपाली साहित्यको उत्पत्ति स्वदेशी डोको र घाँससँग सम्बन्ध राख्तछ । भानुभक्तले ढुङ्गाको तकियामा सुतेर ब्यूँझँदा फूलको हृदय भेट्टाए । घाँसीमा उनको परमेश्वर बोल्यो, सच्चा नेपाली हृदयलाई ब्युँझाइदियो, सुन्दरको देशमा बोलाएर लग्यो । कविले त्यस वेलामा हार्दिक अनुभूति जुन श्लोकमा उद्गार गरेका छन्‌, त्यसमा भाषा र भाव सत्य झल्किने क्षणहरूको आँसुनजीक आउँदछन्‌ । भानुभक्तको आत्मालाई हृदयको देशमा धारा बनाउन मन लाग्यो । संसारका आतपम्लान यात्रीहरूका निमित्त एउटा पाटीको पौवाली हुन मन लाग्यो । जुन भावले अशोकले बाटामा वृक्ष रोपे होलान्‌, त्यही भावनाले सच्चा कविहरूलाई पैलो ऐंडी मिल्दछ । घाँसीको कथा हामी सबै नेपालीको हृदयमा गड्दछ अनि हामी प्राकृतिक प्रेरणाहरू र मानवहृदयका प्राथमिक आभासहरूको मुहानतिर फर्कन्छौं !

भानुभक्तले त्यस बेला रामायण लेख्ने विचार गरे, जुन वेला नेपाली भाषा नेपालीको ओठैमा मात्र रहन्थ्यो, जब त्यसमा निश्चित आकार उद्देश्य थिएन, जब व्याकरण गर्भमा थियो, जब पढेका अहंमानी पण्डितहरू भाषाको नामलाई नाक चेप्राएर नफरत गर्दथे, जब उनीहरूको मनमा 'नेपाली साहित्य' नामक शब्दयोजना नै उपहास जस्तो लाग्यो । त्यस बेला जनताको हृदयलाई पुराण भन्ने चलनमा सिवाय अरू भावुक पोषण लिने आश्रय थिएन । हामी लेखकका कठिनाइहरू ज्यादै कम अनुभव गर्न सक्तछौं । तर सबै निर्माणकर्ताहरू अँधेरामा झल्का पाउँछन्‌, सूनसानमा आह्वान सुन्दछन्‌, गोधूलिमा सुन्दर मन्दिरमा यात्री बन्दछन्‌ । मानवात्मालाई पोल्ने भावहरू सजिलैसँग पहाड चढ्दछन्‌, किनकि उनको हृदयलाई सुनौला चुलीले भेटिसक्यो । अँधेरीमा आकार कुँद्नलाई दिइएको थियो । नयाँ सपनाले उनी छिनु लिएर बसे, पूर्वको स्वर्ण-प्रभात मृदुमुख र झङ्गार लिंदै आयो । उनले पहाडको नीलो मसीले लेखे । लेख्नलाई आडम्बर भएन, तर प्रेम र श्रद्धाको यात्रा भयो भने नेपालको हृदयकेन्द्रतिर ।