Jump to content

Page:Laxmi nibandhasangraha.pdf/34: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "भाषा नेपालीको जिभ्रोनजीकै आउँछ, उनी व्याकरणबद्ध थिएनन्‌, उनको व्याकरण नैसर्गिक बुद्धिको नियम थियो, उनका छन्द हाम्रो जिञ्रोमा सजिलोसँग बग्दछन्‌ । उनका झल्का हाम्रा आँखामा साजलोस..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
व्याकरण नैसर्गिक बुद्धिको नियम थियो, उनका छन्द हाम्रो जिञ्रोमा
व्याकरण नैसर्गिक बुद्धिको नियम थियो, उनका छन्द हाम्रो जिञ्रोमा
सजिलोसँग बग्दछन्‌ । उनका झल्का हाम्रा आँखामा साजलोसंग खुल्दछन्‌ ।
सजिलोसँग बग्दछन्‌ । उनका झल्का हाम्रा आँखामा साजलोसंग खुल्दछन्‌ ।
उनी हृदयलाई आह्वान गर्दछन्‌ । एउटा अज्ञात मोहनी हामीलाई उनको
उनी हृदयलाई आह्वान गर्दछन्‌ । एउटा अज्ञात मोहनी हामीलाई उनको
पंक्तितर्फ डाक्तछ । हामीलाई प्राचीन कालमा घुसेजस्तो लाग्दछ, जहाँ
पंक्तितर्फ डाक्तछ । हामीलाई प्राचीन कालमा घुसेजस्तो लाग्दछ, जहाँ
रामराज्य छ, जहाँ रामका प्रजा सत्यलाई नै जीवन भन्दछन्‌ ।मान्छे
रामराज्य छ, जहाँ रामका प्रजा सत्यलाई नै जीवन भन्दछन्‌ ।मान्छे
उनलाई अनुवाद तुल्याउँछन्‌, तर हामी अनुवादन देख्तछौं-पुराना
उनलाई अनुवाद तुल्याउँछन्‌, तर हामी अनुवादन देख्तछौं-पुराना
त्राषिहरूका प्रतिध्वनि । उनी भाषा त्यहाँ लैजान्छन्‌ जहाँ बालकहरू
त्राषिहरूका प्रतिध्वनि । उनी भाषा त्यहाँ लैजान्छन्‌ जहाँ बालकहरू
रमाउँछन्‌, जहाँ नेपाली निख्खरा हुन्छ, जहाँ जननीहरू पुराना कथा
रमाउँछन्‌, जहाँ नेपाली निख्खरा हुन्छ, जहाँ जननीहरू पुराना कथा
सुनाउँछन्‌ । उनमा क्लिष्टता छैन, न कृत्रिमता; उनी शब्द बटार्दैनन्‌,
सुनाउँछन्‌ । उनमा क्लिष्टता छैन, न कृत्रिमता; उनी शब्द बटार्दैनन्‌,
उद्धत दृष्टिकोणको प्रदर्शनी उनी जान्दै-जान्दैनथे; उनको कलम सजिलोसँग
उद्धत दृष्टिकोणको प्रदर्शनी उनी जान्दै-जान्दैनथे; उनको कलम सजिलोसँग
चल्दछ, कविता नेपाली पहाड नाघेर कहिल्यै उड्दैनन्‌ । उनको भाषा
चल्दछ, कविता नेपाली पहाड नाघेर कहिल्यै उड्दैनन्‌ । उनको भाषा
नलेख्ने कविहरूको भाषा जस्तो छ । हामी भानुभक्त पढेर शिक्षा शुरू
नलेख्ने कविहरूको भाषा जस्तो छ । हामी भानुभक्त पढेर शिक्षा शुरू
गर्दछौं र उनलाई हेला गरेर समाप्त गर्ने गर्दछौं, तर बुभ्नेहरू आफ्नो
गर्दछौं र उनलाई हेला गरेर समाप्त गर्ने गर्दछौं, तर बुभ्नेहरू आफ्नो
Line 24: Line 16:


नेपाली साहित्यिक क्षेत्रमा अरू कसैको त्यत्तिको प्रभाव परेको
नेपाली साहित्यिक क्षेत्रमा अरू कसैको त्यत्तिको प्रभाव परेको
छैन, न त जीवनमा । उनी अतुलनीय छन्‌ । धेरैले समग्र नेपालीको
छैन, न त जीवनमा । उनी अतुलनीय छन्‌ । धेरैले समग्र नेपालीको
हृत्केन्द्र छुन खोजे उनकै अनुकरणमा, तर सकेनन्‌ । उनी एक्ला छन्‌ ।
हृत्केन्द्र छुन खोजे उनकै अनुकरणमा, तर सकेनन्‌ । उनी एक्ला छन्‌ ।
अरूमा ज्यादा विभिन्नता पाउन सकिन्छ-ज्यादा रङ, ज्यादा प्रश्न,
अरूमा ज्यादा विभिन्नता पाउन सकिन्छ-ज्यादा रङ, ज्यादा प्रश्न,
ज्यादा शङ्डा, तर उनी आफू जस्तै छन्‌-एकै किसिमका निर्मल । उनले
ज्यादा शङ्डा, तर उनी आफू जस्तै छन्‌-एकै किसिमका निर्मल । उनले
सब समस्या सरल तवरले हल गरिसकेका छन्‌ । उनको भविष्यलाई
सब समस्या सरल तवरले हल गरिसकेका छन्‌ । उनको भविष्यलाई
सन्देश यही छ-सत्यको श्रद्धा र नेपाली हृदयको समीपवर्तित्व नै कविको
सन्देश यही छ-सत्यको श्रद्धा र नेपाली हृदयको समीपवर्तित्व नै कविको
Line 39: Line 27:
धरणीधर कोइरालाको आत्मासँग मिलेर हामीहरू आजकलको युगमा
धरणीधर कोइरालाको आत्मासँग मिलेर हामीहरू आजकलको युगमा
आह्वान गर्न चाहन्छौं । उनी रामायणले मात्रै जाँचिन्नन्‌, यद्यपि त्यही
आह्वान गर्न चाहन्छौं । उनी रामायणले मात्रै जाँचिन्नन्‌, यद्यपि त्यही
उनको सर्वोत्तम रचना हो । उनकै फुटकर कविताहरू आफैँ बोल्दछन्‌ ।
उनको सर्वोत्तम रचना हो । उनकै फुटकर कविताहरू आफैँ बोल्दछन्‌ ।
तिनमा सरल माधुर्य र सहृदयताको चमत्कार पाइन्छ । तिनमा
तिनमा सरल माधुर्य र सहृदयताको चमत्कार पाइन्छ । तिनमा
पाण्डित्यप्रदर्शनी छैन, लबजहरू दिललाई सोधी-सोधी निस्कन्छन्‌ । उनको
पाण्डित्यप्रदर्शनी छैन, लबजहरू दिललाई सोधी-सोधी निस्कन्छन्‌ । उनको
'बालाजू' मा सुरले नर्तन छैन, खालि हृदयको भुलभुलावट-सानो
'बालाजू' मा सुरले नर्तन छैन, खालि हृदयको भुलभुलावट-सानो
शीतल स्वर्ग
शीतल स्वर्ग देख, हावामा अमृत थियो, लहरा र फूल परी झै नाच्ये ।
देख, हावामा अमृत थियो, लहरा र फूल परी झै नाच्ये ।
नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुष/ २४

Revision as of 14:01, 30 January 2025

This page has not been proofread

भाषा नेपालीको जिभ्रोनजीकै आउँछ, उनी व्याकरणबद्ध थिएनन्‌, उनको व्याकरण नैसर्गिक बुद्धिको नियम थियो, उनका छन्द हाम्रो जिञ्रोमा सजिलोसँग बग्दछन्‌ । उनका झल्का हाम्रा आँखामा साजलोसंग खुल्दछन्‌ । उनी हृदयलाई आह्वान गर्दछन्‌ । एउटा अज्ञात मोहनी हामीलाई उनको पंक्तितर्फ डाक्तछ । हामीलाई प्राचीन कालमा घुसेजस्तो लाग्दछ, जहाँ रामराज्य छ, जहाँ रामका प्रजा सत्यलाई नै जीवन भन्दछन्‌ ।मान्छे उनलाई अनुवाद तुल्याउँछन्‌, तर हामी अनुवादन देख्तछौं-पुराना त्राषिहरूका प्रतिध्वनि । उनी भाषा त्यहाँ लैजान्छन्‌ जहाँ बालकहरू रमाउँछन्‌, जहाँ नेपाली निख्खरा हुन्छ, जहाँ जननीहरू पुराना कथा सुनाउँछन्‌ । उनमा क्लिष्टता छैन, न कृत्रिमता; उनी शब्द बटार्दैनन्‌, उद्धत दृष्टिकोणको प्रदर्शनी उनी जान्दै-जान्दैनथे; उनको कलम सजिलोसँग चल्दछ, कविता नेपाली पहाड नाघेर कहिल्यै उड्दैनन्‌ । उनको भाषा नलेख्ने कविहरूको भाषा जस्तो छ । हामी भानुभक्त पढेर शिक्षा शुरू गर्दछौं र उनलाई हेला गरेर समाप्त गर्ने गर्दछौं, तर बुभ्नेहरू आफ्नो घरको बत्तीमा अर्कै मोहनी देख्नछन्‌ ।

नेपाली साहित्यिक क्षेत्रमा अरू कसैको त्यत्तिको प्रभाव परेको छैन, न त जीवनमा । उनी अतुलनीय छन्‌ । धेरैले समग्र नेपालीको हृत्केन्द्र छुन खोजे उनकै अनुकरणमा, तर सकेनन्‌ । उनी एक्ला छन्‌ । अरूमा ज्यादा विभिन्नता पाउन सकिन्छ-ज्यादा रङ, ज्यादा प्रश्न, ज्यादा शङ्डा, तर उनी आफू जस्तै छन्‌-एकै किसिमका निर्मल । उनले सब समस्या सरल तवरले हल गरिसकेका छन्‌ । उनको भविष्यलाई सन्देश यही छ-सत्यको श्रद्धा र नेपाली हृदयको समीपवर्तित्व नै कविको पहिलो पानी हो ।

उनी हाम्रा आदर्श छन्‌ । मिल्टनलाई वर्डस्‌वर्थले बोलाएझौं धरणीधर कोइरालाको आत्मासँग मिलेर हामीहरू आजकलको युगमा आह्वान गर्न चाहन्छौं । उनी रामायणले मात्रै जाँचिन्नन्‌, यद्यपि त्यही उनको सर्वोत्तम रचना हो । उनकै फुटकर कविताहरू आफैँ बोल्दछन्‌ । तिनमा सरल माधुर्य र सहृदयताको चमत्कार पाइन्छ । तिनमा पाण्डित्यप्रदर्शनी छैन, लबजहरू दिललाई सोधी-सोधी निस्कन्छन्‌ । उनको 'बालाजू' मा सुरले नर्तन छैन, खालि हृदयको भुलभुलावट-सानो शीतल स्वर्ग देख, हावामा अमृत थियो, लहरा र फूल परी झै नाच्ये ।