Jump to content

Page:Laxmi nibandhasangraha.pdf/28: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "लेख्ने बानी मलाई गरीब हुनाको तिक्तताले बराबर सताए पनि आत्मसम्मानलाई कल्पनासँग विवाह गरिदिन्थेँ र अभावको उपयोगिता त दरिद्रताको मोहनीमा रङ्गिला लहडहरू निकालेर जीवनको कतुवाला..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
लेख्ने बानी
{{Right|{{x-larger'''लेख्ने बानी'''}}}}
मलाई
 
गरीब
 
हुनाको
 
तिक्तताले
 
बराबर
 
सताए
 
पनि


मलाई गरीब हुनाको तिक्तताले बराबर सताए पनि
आत्मसम्मानलाई कल्पनासँग विवाह गरिदिन्थेँ र अभावको उपयोगिता
आत्मसम्मानलाई कल्पनासँग विवाह गरिदिन्थेँ र अभावको उपयोगिता
त दरिद्रताको मोहनीमा रङ्गिला लहडहरू निकालेर जीवनको कतुवालाई
त दरिद्रताको मोहनीमा रङ्गिला लहडहरू निकालेर जीवनको कतुवालाई
सपनाका दुनियाँमा डुबाउँथैं ।
सपनाका दुनियाँमा डुबाउँथैं ।
तैपनि मलाई बराबर लाग्दथ्यो कि यो पापको फलिफापी दुनियाँमा
तैपनि मलाई बराबर लाग्दथ्यो कि यो पापको फलिफापी दुनियाँमा
म पापी हुनामा के बेफाइदा होला र ? कलिको राज्यमा बेइमानी र
म पापी हुनामा के बेफाइदा होला र ? कलिको राज्यमा बेइमानी र
छक्का-पञ्जाहरूपछि लाग्नु के नोक्सान होला ? खान, पिउन, मोज
छक्का-पञ्जाहरूपछि लाग्नु के नोक्सान होला ? खान, पिउन, मोज
उडाउनको मौका पाउँदापाउँदैको हाड घोट्ने आत्मध्येयी एकलोपनामा
उडाउनको मौका पाउँदापाउँदैको हाड घोट्ने आत्मध्येयी एकलोपनामा
Line 27: Line 13:
झूटोको मोल ज्यादा भएको जीवनमा साँचो बोलेर नाक फुलाउनुभन्दा
झूटोको मोल ज्यादा भएको जीवनमा साँचो बोलेर नाक फुलाउनुभन्दा
झूटो बोलेर नाक बचाउनुमा धेरै बुद्धिमानी होओइन ? असत्यद्वारा
झूटो बोलेर नाक बचाउनुमा धेरै बुद्धिमानी होओइन ? असत्यद्वारा
अरूहरू ईश्वरप्राप्ति गर्दै दुनियाँलाई देखाइरहेछन्‌ र उनको जीवन
अरूहरू ईश्वरप्राप्ति गर्दै दुनियाँलाई देखाइरहेछन्‌ र उनको जीवन
सफल हुँदो छ। म किन सत्यको सती जाउँ जब सत्यलाई दुनियाँ
सफल हुँदो छ। म किन सत्यको सती जाउँ जब सत्यलाई दुनियाँ
आगो हुन्छ र असत्यलाई पानी ?
आगो हुन्छ र असत्यलाई पानी ?


तर यस्ता विचार आए पनि प्रकृतिले मान्दैनथिन्‌ । मैले झूटो
तर यस्ता विचार आए पनि प्रकृतिले मान्दैनथिन्‌ । मैले झूटो
बोल्न खोजेँ भने त्यसै ओठ लर्बरिन्थ्यो, मिथ्या ओर्लनुअगाडि साँचो कुरा
बोल्न खोजेँ भने त्यसै ओठ लर्बरिन्थ्यो, मिथ्या ओर्लनुअगाडि साँचो कुरा
टप्किहाल्दथ्यो । मैले छकाउन खोजेँ भने छकाउनको इच्छा त्यसै शर्माएर
टप्किहाल्दथ्यो । मैले छकाउन खोजेँ भने छकाउनको इच्छा त्यसै शर्माएर
भित्रभित्रै लुक्तथ्यो, मैले मोजमजा गर्न खोजेँ भने दुई दिनको लहडबाजीपछि
भित्रभित्रै लुक्तथ्यो, मैले मोजमजा गर्न खोजेँ भने दुई दिनको लहडबाजीपछि
दुई वर्ष लामा तरंगहरू निकाल्दथें । आत्माले ढाँट्तथ्यो र भित्रभित्रै म
दुई वर्ष लामा तरंगहरू निकाल्दथें । आत्माले ढाँट्तथ्यो र भित्रभित्रै म
लज्जित हुन्थें । मेरी प्रकृति फेरि अन्वेषण र विश्लेषणको हाडघोटाइमा
लज्जित हुन्थें । मेरी प्रकृति फेरि अन्वेषण र विश्लेषणको हाडघोटाइमा
लाग्दथिन्‌, तर सत्यको मुहार देख्नासाथ यमकातर जस्ता भएर इन्द्रियहरू
लाग्दथिन्‌, तर सत्यको मुहार देख्नासाथ यमकातर जस्ता भएर इन्द्रियहरू
शिथिलाउँथे ।
शिथिलाउँथे ।


यस्तो प्रकृतिलाई आत्मवेदना, सत्य र सौन्दर्यको असफल
यस्तो प्रकृतिलाई आत्मवेदना, सत्य र सौन्दर्यको असफल
खोजसिवाय ईश्वरले केही अरू दिएको बुभझिन्न । यो विशाल विश्वमा
खोजसिवाय ईश्वरले केही अरू दिएको बुभझिन्न । यो विशाल विश्वमा
लेख्ने बानी/१९

Revision as of 13:54, 30 January 2025

This page has not been proofread

मलाई गरीब हुनाको तिक्तताले बराबर सताए पनि आत्मसम्मानलाई कल्पनासँग विवाह गरिदिन्थेँ र अभावको उपयोगिता त दरिद्रताको मोहनीमा रङ्गिला लहडहरू निकालेर जीवनको कतुवालाई सपनाका दुनियाँमा डुबाउँथैं ।

तैपनि मलाई बराबर लाग्दथ्यो कि यो पापको फलिफापी दुनियाँमा म पापी हुनामा के बेफाइदा होला र ? कलिको राज्यमा बेइमानी र छक्का-पञ्जाहरूपछि लाग्नु के नोक्सान होला ? खान, पिउन, मोज उडाउनको मौका पाउँदापाउँदैको हाड घोट्ने आत्मध्येयी एकलोपनामा शायद फोस्रो मृगतृष्णासिवाय केही हुन सक्ला र ? सत्यको भन्दा झूटोको मोल ज्यादा भएको जीवनमा साँचो बोलेर नाक फुलाउनुभन्दा झूटो बोलेर नाक बचाउनुमा धेरै बुद्धिमानी होओइन ? असत्यद्वारा अरूहरू ईश्वरप्राप्ति गर्दै दुनियाँलाई देखाइरहेछन्‌ र उनको जीवन सफल हुँदो छ। म किन सत्यको सती जाउँ जब सत्यलाई दुनियाँ आगो हुन्छ र असत्यलाई पानी ?

तर यस्ता विचार आए पनि प्रकृतिले मान्दैनथिन्‌ । मैले झूटो बोल्न खोजेँ भने त्यसै ओठ लर्बरिन्थ्यो, मिथ्या ओर्लनुअगाडि साँचो कुरा टप्किहाल्दथ्यो । मैले छकाउन खोजेँ भने छकाउनको इच्छा त्यसै शर्माएर भित्रभित्रै लुक्तथ्यो, मैले मोजमजा गर्न खोजेँ भने दुई दिनको लहडबाजीपछि दुई वर्ष लामा तरंगहरू निकाल्दथें । आत्माले ढाँट्तथ्यो र भित्रभित्रै म लज्जित हुन्थें । मेरी प्रकृति फेरि अन्वेषण र विश्लेषणको हाडघोटाइमा लाग्दथिन्‌, तर सत्यको मुहार देख्नासाथ यमकातर जस्ता भएर इन्द्रियहरू शिथिलाउँथे ।

यस्तो प्रकृतिलाई आत्मवेदना, सत्य र सौन्दर्यको असफल खोजसिवाय ईश्वरले केही अरू दिएको बुभझिन्न । यो विशाल विश्वमा