उसलाई ठक्कर खानु, च्याँठ पाउनु र तैपनि एकहोरो अन्वेषणमा लागिरहनुसिवाय केही हुँदैन, यद्यपि शरीरका नसा जल्दै-दुट्दै शरीर नै चिता बनोस् ।
तर मानव-आत्माको धुन अनौठो छ । असत्यबाट शान्ति पाउँदैन । अनेक भूलहरूमा पनि सत्यकै खोजमा लागिरहेको हुन्छ । ईश्वरको इच्छाले यो प्रकृतिको जडताले सत्यका झल्का मनाइरहोस् तापनि आत्माले आफ्नो ढिपी छाड्दैन, र सत्य खोज्दाखोज्दै भूलभुलैया पसे पनि उसलाई आफ्नो ध्येयको प्राप्तिमा करोडौं अँधेरा कोठरीका उल्झनमा र ठक्करमा च्याँठ्ठिदै र सेलाउँदै हिंड्नैपर्छ ! यसकारण विचारको ठुँगाइ थाहा हुने पुरुषहरू पनि विचारको खेतीमा लाग्दछन् र विलासका सामग्रीहरू पञ्छाएर बिचरा मासु र हाडको जीवनलाई सङ्कष्ट दिन्छन् । म एक जनाकै दुःखहरू मेरा निमित्त प्रशस्त छँदै थिए, मेरा घाउ, मेरा नूकचूकहरू, अभावको ऐंडीले नूनतेल खोज्नलाई खुट्टा दौडाउनको काम प्रशस्त छँदै थियो र हजारौं कुराको क्षेत्रमा पसेर तकलीफ पाउन किन मन लाग्यो म भन्न सक्तिनँ । उसलाई अरू मनुष्यको स्वभाव, कर्म र सुखदुःख विचार गरेर गौर गर्नामा किन चाख लाग्यो, त्यसको बुझाइ छैन । संसारको स्वभाव, यसका दर्शन र आनन्द, यसका वियोग र संयोग, उल्झन र गडबड, त्यसको अतीत र भविष्य, यसका वर्तमान समस्याहरू र तिनका हल इत्यादिमा चाख लिएर अनन्त दुःखकाण्डको अध्ययन गर्न खोज्नामा के मोहनीले मेरो आत्मा अग्रसर भयो भन्न म सक्तिनँ । तर वास्तवमा क्रा त्यही छँदैछ–यो आत्मा खान चाहन्न, सुत्न चाहन्न, पढ्न चाहन्न, सहानुभूतिले डसिन चाहन्छ र अनन्तको वेदना उठाउन चाहन्छ ।
प्रख्यातिको प्रेम भनेर धेरै मनोवैज्ञानिकहरूले साहित्यप्रेमलाई बुझाउन चाहन्छन्, तर जस्तो विज्ञानले पनि वस्तुको सतहसम्म मात्र छोएर बोक्रे बुझावट दिन्छ, त्यस्तै मनोवैज्ञानिक पनि बोक्रे बोधले सन्तोष लिन्छ । मनुष्यका सम्पूर्ण आत्मा बुझाउने विद्या अहिलेसम्म निस्केको छैन, न निस्किएला, तर सूक्ष्म कलाहरू अलिकति त्यसतर्फ मद्दत गर्नेमा नाम लिइन सक्तछन् । खालि प्रध्यातिको प्रेमले मानवआत्मालाई मृत्युको पारसम्म पुर्याउन सक्तैन, न त ती जीवनका मीठा प्रलोभनहरू सबै विजय गर्नामा सामर्थ्य दिन्छन्– जसको विजय