Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/137: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''पिँजराको सुगा'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} बालक बबुरो द्विज शुकनामा ::हूँ, म परेको छू पिँजरामा । मकन हरे ! शिव ! शान्ति र चैन ::सपनाबिच पनि रतिभर छैन । {{pcn|(२)}} मेरा बान्धव बाबु र आमा ::बस्छन्‌ व..."
 
Prty (talk | contribs)
 
Page statusPage status
-
Not proofread
+
Proofread

Latest revision as of 15:11, 25 June 2025

This page has been proofread
पिँजराको सुगा

(१)
बालक बबुरो द्विज शुकनामा
हूँ, म परेको छू पिँजरामा ।
मकन हरे ! शिव ! शान्ति र चैन
सपनाबिच पनि रतिभर छैन ।

(२)
मेरा बान्धव बाबु र आमा
बस्छन्‌ वनका एक कुनामा ।
कोसित पोखूँ मनको ताप
गरदै पिँजराबाट विलाप ॥

(३)
आँसु बगाई कहिले रुन्छु
कहिले मुर्दा-तुल्य म हुन्छु ।
कहिले पागल सरि उफ्रन्छु
केवल वनका सुख सम्झन्छु ॥