Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/118: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८)}} तिमी जान्ने सुन्ने मनुज चतुर, हामि बिचरा ::चरा साह्रै साना अबुझ, वनका केवल किरा । तथापि श्रद्धाले झुकि विनति गर्छु म सरस ::वृथा मेरो भन्ने जटिल ममता-ग्रन्थि न..."
 
Prty (talk | contribs)
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 23: Line 23:
::यहाँ यो डण्डीमा बसि बसि म चिम्लन्छु नयन ।
::यहाँ यो डण्डीमा बसि बसि म चिम्लन्छु नयन ।
अरू सेरोफेरो सब मुफत मेरो छ नभन
अरू सेरोफेरो सब मुफत मेरो छ नभन
::अघी मेरो भन्ने कति कति- गए ती सब गन ॥
::अघी मेरो भन्ने कति कति गए ती सब गन ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:14, 24 June 2025

This page has been proofread

(८)
तिमी जान्ने सुन्ने मनुज चतुर, हामि बिचरा
चरा साह्रै साना अबुझ, वनका केवल किरा ।
तथापि श्रद्धाले झुकि विनति गर्छु म सरस
वृथा मेरो भन्ने जटिल ममता-ग्रन्थि नकस ॥

(९)
खुला पारी राम्रोसँग नयनको भित्र नयन
विचारी यो सारा गृह-विभवको चञ्चलपन ।
दयालू भै रोऊ मिलिजुलि सबै बान्धवसित
भलो होला जाऊ, रिस नगर रन्केर मसित ॥

(१०)
कुनै पल्टेका छन्‌ मलिन मुख लाई रुखमनि
कुनै रुन्छन्‌ बाटो-बिच नमिलि सानू रुख पनि ।
कुनै भोका शोकाऽऽकुल मरिरहेछन्‌ नगरमा
हरे ! तिम्रो यस्तो कुन तुजुक यो तुच्छ घरमा ॥

(११)
त्यहाँ त्यो शय्यामा गर तिमि खुशीसाथ शयन
यहाँ यो डण्डीमा बसि बसि म चिम्लन्छु नयन ।
अरू सेरोफेरो सब मुफत मेरो छ नभन
अघी मेरो भन्ने कति कति गए ती सब गन ॥