Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/116: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|''' गौँथलीको चिरिबिरी'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} म बस्ने कोठाकै दलिन-बिचमा गौँथली बस्यो ::पिटाएको तन्ना-उपर फिर मैला पनि खस्यो । मलाई त्यो देखी हृदय-बिच लाग्यो किरिकिरी ::चरी बोल्यो मेरो..."
 
Prty (talk | contribs)
 
Page statusPage status
-
Not proofread
+
Proofread

Latest revision as of 21:11, 24 June 2025

This page has been proofread
गौँथलीको चिरिबिरी

(१)
म बस्ने कोठाकै दलिन-बिचमा गौँथली बस्यो
पिटाएको तन्ना-उपर फिर मैला पनि खस्यो ।
मलाई त्यो देखी हृदय-बिच लाग्यो किरिकिरी
चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ॥

(२)
अहो !! त्यस्ता ताता नजर अति राता विष सरि
तरी तात्यौ बाबा ! किन मनमनै त्यो रिस गरी ।
तिमी धर्मात्मा छौ घर-बिच म छू आज अतिथि
तिथी माघे औँसी शहरभर भूकम्प-फजिति ॥

(३)
जहाँ बस्थ्यौँ हामी भवन उहि पातालमय भो
चल्यो भारी हा हा नसहिसकनू नै प्रलय भो ।
कहाँ पाऊँ ठाडो घर, कसरि ओतौँ शिर भनी
दुवै भाले-पोथी फनफनि घुम्यौँ व्याकुल बनी ॥