Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/115

From Nepali Proofreaders
This page has been proofread
सत्य-सन्देश

भर्दाभर्दै हजारौँ विषय-सुख-घडा देह लम्तन्न पर्दा
झर्दा सम्पूर्ण सेखी, तुजुक, पवनले निस्कने जोड गर्दा ।
सर्दा आपस्त डर्दै पर पर धमिलो नाचको अन्त्य पर्दा
गिर्दामा साथ जाने कुन कुन चिज हुन्‌ ? सम्झ ती काम गर्दा ॥