Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/114: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३)}} चाहे विज्ञान पैले त्रिभुवनभरको सार सारा उतारोस्‌ ::चाहे आकाशमाथी किसिम-किसिमको सृष्टि-शोमा फिँजारोस्‌ । त्यो त्यस्को तुच्छ बोक्रे चटक-मटक हो भिन्न अर्कै..."
 
Prty (talk | contribs)
 
Page statusPage status
-
Not proofread
+
Proofread

Latest revision as of 21:09, 24 June 2025

This page has been proofread

(३)
चाहे विज्ञान पैले त्रिभुवनभरको सार सारा उतारोस्‌
चाहे आकाशमाथी किसिम-किसिमको सृष्टि-शोमा फिँजारोस्‌ ।
त्यो त्यस्को तुच्छ बोक्रे चटक-मटक हो भिन्न अर्कै छ चर्को
झर्कोलाग्दो अशान्ति-ज्वरमय सस्वा व्याधिको दीर्घ धर्को ॥

(४)
यो विद्याले सबैको हृदयबिच ठुलो उन्नति-भ्रान्ति पारी
दैवी सम्पत्ति, मैत्री शम, दम, करुणा , शान्ति, सन्तोष मारी ।
खित्का छोडेर गर्दा जटिल जहरिलो ग्याँसको अट्टहास
को हेर्ने सास फेरी उस बखत कठै !! सृष्टिको सर्वनाश ?

(५)
यै छोटो जिन्दगीमा अमृतपद दिने विश्वकल्याणकारी
उस्तो अध्यात्म-विद्याविषयक महिमा मोहले दूर सारी ।
फोस्रो विज्ञानमाथी जति जति गहिरो गर्दछौँ प्रेम हामी
रुन्छिन्‌ सम्पूर्ण पृथ्वी उति उति डरले थर्थराएर कामी ॥