Jump to content

Page:Laxmi nibandhasangraha.pdf/16: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "अवकाशलाई मानव संकल्पहरूले हरहमेशा धिक्कारिरहेकै छन्‌ । मैले तिनलाई शायद सोधेंसम्म, तर त्यहाँभन्दा ज्यादा आफ्नो हितैषितालाई बढाउन सक्ने । म बाटामा तरग गर्दै जान लागें । यो तुषार..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अवकाशलाई मानव संकल्पहरूले हरहमेशा धिक्कारिरहेकै छन्‌ । मैले
अवकाशलाई मानव संकल्पहरूले हरहमेशा धिक्कारिरहेकै छन्‌ । मैले
तिनलाई शायद सोधेंसम्म, तर त्यहाँभन्दा ज्यादा आफ्नो हितैषितालाई
तिनलाई शायद सोधेंसम्म, तर त्यहाँभन्दा ज्यादा आफ्नो हितैषितालाई
बढाउन सकिनँ ।


बढाउन सक्ने ।
म बाटामा तरंग गर्दै जान लागें । यो तुषाराको विशाल शासनमा
 
जहाँ मानवता नै अन्धो हुन्छ र कठाँग्रिन्छ; जहाँ जीवन धूलोमा उम्रिन्छ
म बाटामा तरग गर्दै जान लागें । यो तुषाराको विशाल शासनमा
जहाँ मानवता नै अन्धो हुन्छ र कठाँग्रिन्छ जहाँ जीवन धूलोमा उम्रिन्छ
र छोटो वसन्तभरि धूलोमा लटपटिएर फुल्दछ र आखिरमा धूलोमा
र छोटो वसन्तभरि धूलोमा लटपटिएर फुल्दछ र आखिरमा धूलोमा
मिल्दछ, जहाँ खानु, खोसनुभन्दा ठूलो समस्या छैन; जहाँ घरको नाममा
मिल्दछ, जहाँ खानु, खोस्रनुभन्दा ठूलो समस्या छैन; जहाँ घरको नाममा
चार घोचा र सुकेका झारको दुईचार महीने छत हुन्छ, जहाँ समाजको
चार घोचा र सुकेका झारको दुईचार महीने छत हुन्छ, जहाँ समाजको
नाममा चार जनाको जुटाइसिवाय अरू केही छैन, त्यस्ता ठाउँमा पनि
नाममा चार जनाको जुटाइसिवाय अरू केही छैन, त्यस्ता ठाउँमा पनि
मनुष्य सरुवा डुलुवा जीवन लिंदै घाम र न्यानो हावाको खोजमा हिंडिरहेछ ।
मनुष्य सरुवा डुलुवा जीवन लिंदै घाम र न्यानो हावाको खोजमा हिंडिरहेछ ।
उसका निमित्त संसार कञ्जूस छ, प्रकृति मख्खीचूस छिन्‌। पृथ्वीले
उसका निमित्त संसार कञ्जूस छ, प्रकृति मख्खीचूस छिन्‌। पृथ्वीले
करबलले सिस्नु र मकै दिन्छिन्‌ । यस्तो ठाउँमा मनुष्य किन आयो
करबलले सिस्नु र मकै दिन्छिन्‌ । यस्तो ठाउँमा मनुष्य किन आयो
होला ? केको मजाले ? कन आनन्द लिन ? खालि काँढा खान, खालि
होला ? केको मजाले ? कन आनन्द लिन ? खालि काँढा खान, खालि
 
तुषारोले चिथोरेका थोरै पत्तीहरू झैं उभिन; हावाका दाह्राअगाडि
तुषारोले चिथोरेका थोरै पत्तीहरू झैँ उभिन; हावाका दाह्राअगाडि
ठकठकाउन; बिजोग देखाउन ! पिडौंला कहिले पनि नछोपिने शिशुहरू
ठकठकाउन; बिजोग देखाउन ! पिडौंला कहिले पनि नछोपिने शिशुहरू
निरक्षर बनेर जङ्गली जनावर झैं नाच्तछन्‌, र जीवन भन्नु खालि
निरक्षर बनेर जङ्गली जनावर झैं नाच्तछन्‌, र जीवन भन्नु खालि
कुकुल्ढुक र रातोमाटे गाँड बढाउने पानीसिवाय केही देखिन्न ।
कुकुल्ढुक र रातोमाटे गाँड बढाउने पानीसिवाय केही देखिन्न ।


मैला चिधरा चेहराहरूले बिजोग देखाइरहेछन्‌ र तिनमा सांग्राको
मैला चिधरा चेहराहरूले बिजोग देखाइरहेछन्‌ र तिनमा सांग्राको
लक्षण र न्यूनता छ । मेरो आँगमा ४० रु. को नीलो कश्मीराको कोट
लक्षण र न्यूनता छ । मेरो आँगमा ४० रु. को नीलो कश्मीराको कोट
 
थियो, ती आँगहरू झ्याङप्वाल थिए । म ३० रुपियाँको सिलिस्किनको
थियो, ती आँगहरू भ्याङप्वाल थिए । म ३० रुपियाँको सिलिस्किनको
टोपी लगाउँथे तर ती खप्परहरू टुपी देखाउने चिथरे घेरालाई शिरपोश
टोपी लगाउँथे तर ती खप्परहरू टुपी देखाउने चियरे घेरालाई शिरपोश
मनाउँथे । मलाई त्यस्तो लाग्यो कि म त्यहीं कतैतिर बसूँ । जीवनको  
 
नवीनतालाई, अध्ययनलाई, तिनका सुधारलाई, तिनका जीवन
मनाउँथे । मलाई त्यस्तो लाग्यो कि म त्यहीं कतैतिर बसूँ । जीवनको
 
नवीनतालाई,
 
अध्ययनलाई,
 
तिनका
 
सुधारलाई,
 
तिनका
 
जीवन
 
सिकाउनलाई म एक जना त्यहाँ बसे कति गर्न सक्ने थिएँ, कति अँध्यारो
सिकाउनलाई म एक जना त्यहाँ बसे कति गर्न सक्ने थिएँ, कति अँध्यारो
हृदयलाई उज्यालो पुन्याउने थिएँ । कति कुरा आफैँ थाहा पाउने थिएँ ।
हृदयलाई उज्यालो पुर्याउने थिएँ । कति कुरा आफैं थाहा पाउने थिएँ ।
त्यस्तो आत्मसमर्पणमा निष्काम प्रेम र भक्तिको विशाल आनन्द मिल्दथ्यो
त्यस्तो आत्मसमर्पणमा निष्काम प्रेम र भक्तिको विशाल आनन्द मिल्दथ्यो
र शायद यस्ता सेवाहरूद्वारा म मनुष्यजातिको हृदयनजीक पुगेर पछि
र शायद यस्ता सेवाहरूद्वारा म मनुष्यजातिको हृदयनजीक पुगेर पछि
संसारसामुन्ने केही सच्चाइले बोल्न सक्ने हुन्थेँ । शायद ईश्वरले मलाई
संसारसामुन्ने केही सच्चाइले बोल्न सक्ने हुन्थें । शायद ईश्वरले मलाई
केही अंशमा छोएर घर्मराउँदो सभ्यतालाई ठीक बाटोमा लगेर मानवजाति
केही अंशमा छोएर घर्मराउँदो सभ्यतालाई ठीक बाटोमा लगेर मानवजाति
स्थिर राख्ने तत्त्वहरू यहाँ झल्काइदिने थिए । बी० ए० पास भएर
स्थिर राख्ने तत्त्वहरू यहाँ झल्काइदिने थिए । बी० ए० पास भएर
सुधारकहरू तुरही हुन्छन्‌, योगी हुँदैनन्‌ । उनीहरू भीडअगाडि गर्जन्छन्‌,
सुधारकहरू तुरही हुन्छन्‌, योगी हुँदैनन्‌ । उनीहरू भीडअगाडि गर्जन्छन्‌,
पहाडी जीवन/७

Latest revision as of 16:39, 29 January 2025

This page has been proofread

अवकाशलाई मानव संकल्पहरूले हरहमेशा धिक्कारिरहेकै छन्‌ । मैले तिनलाई शायद सोधेंसम्म, तर त्यहाँभन्दा ज्यादा आफ्नो हितैषितालाई बढाउन सकिनँ ।

म बाटामा तरंग गर्दै जान लागें । यो तुषाराको विशाल शासनमा जहाँ मानवता नै अन्धो हुन्छ र कठाँग्रिन्छ; जहाँ जीवन धूलोमा उम्रिन्छ र छोटो वसन्तभरि धूलोमा लटपटिएर फुल्दछ र आखिरमा धूलोमा मिल्दछ, जहाँ खानु, खोस्रनुभन्दा ठूलो समस्या छैन; जहाँ घरको नाममा चार घोचा र सुकेका झारको दुईचार महीने छत हुन्छ, जहाँ समाजको नाममा चार जनाको जुटाइसिवाय अरू केही छैन, त्यस्ता ठाउँमा पनि मनुष्य सरुवा डुलुवा जीवन लिंदै घाम र न्यानो हावाको खोजमा हिंडिरहेछ । उसका निमित्त संसार कञ्जूस छ, प्रकृति मख्खीचूस छिन्‌। पृथ्वीले करबलले सिस्नु र मकै दिन्छिन्‌ । यस्तो ठाउँमा मनुष्य किन आयो होला ? केको मजाले ? कन आनन्द लिन ? खालि काँढा खान, खालि तुषारोले चिथोरेका थोरै पत्तीहरू झैं उभिन; हावाका दाह्राअगाडि ठकठकाउन; बिजोग देखाउन ! पिडौंला कहिले पनि नछोपिने शिशुहरू निरक्षर बनेर जङ्गली जनावर झैं नाच्तछन्‌, र जीवन भन्नु खालि कुकुल्ढुक र रातोमाटे गाँड बढाउने पानीसिवाय केही देखिन्न ।

मैला चिधरा चेहराहरूले बिजोग देखाइरहेछन्‌ र तिनमा सांग्राको लक्षण र न्यूनता छ । मेरो आँगमा ४० रु. को नीलो कश्मीराको कोट थियो, ती आँगहरू झ्याङप्वाल थिए । म ३० रुपियाँको सिलिस्किनको टोपी लगाउँथे तर ती खप्परहरू टुपी देखाउने चिथरे घेरालाई शिरपोश मनाउँथे । मलाई त्यस्तो लाग्यो कि म त्यहीं कतैतिर बसूँ । जीवनको नवीनतालाई, अध्ययनलाई, तिनका सुधारलाई, तिनका जीवन सिकाउनलाई म एक जना त्यहाँ बसे कति गर्न सक्ने थिएँ, कति अँध्यारो हृदयलाई उज्यालो पुर्याउने थिएँ । कति कुरा आफैं थाहा पाउने थिएँ । त्यस्तो आत्मसमर्पणमा निष्काम प्रेम र भक्तिको विशाल आनन्द मिल्दथ्यो र शायद यस्ता सेवाहरूद्वारा म मनुष्यजातिको हृदयनजीक पुगेर पछि संसारसामुन्ने केही सच्चाइले बोल्न सक्ने हुन्थें । शायद ईश्वरले मलाई केही अंशमा छोएर घर्मराउँदो सभ्यतालाई ठीक बाटोमा लगेर मानवजाति स्थिर राख्ने तत्त्वहरू यहाँ झल्काइदिने थिए । बी० ए० पास भएर सुधारकहरू तुरही हुन्छन्‌, योगी हुँदैनन्‌ । उनीहरू भीडअगाडि गर्जन्छन्‌,