Page:Ek chihan.pdf/117: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"हाम्रो घरमा कसैले पनि आजसम्म सिनेमा हेर्न पाएको छैन ।" अलि | "हाम्रो घरमा कसैले पनि आजसम्म सिनेमा हेर्न पाएको छैन ।" अलि | ||
अफसोसको भावमा | अफसोसको भावमा शिव नारानले भने । | ||
"बा ! यसपालि धान काटेपछि हामीले सधैं दुई छाक भात खान पाउने | "बा ! यसपालि धान काटेपछि हामीले सधैं दुई छाक भात खान पाउने | ||
Line 8: | Line 8: | ||
"लौ, लौ, तिमीलाई म भात ख्वाउँछु, त्यसैले त घाँस उखेल्ने काम गर | "लौ, लौ, तिमीलाई म भात ख्वाउँछु, त्यसैले त घाँस उखेल्ने काम गर | ||
भनेको !" सुस्केरा हाल्दै | भनेको !" सुस्केरा हाल्दै शिव नारानले भने । | ||
"म पनि सधैं भात खान्छु बा ! ई मैले पनि त घाँसै उखेलिरहेकी | "म पनि सधैं भात खान्छु बा ! ई मैले पनि त घाँसै उखेलिरहेकी | ||
Line 19: | Line 19: | ||
घाँस उखेल्ने काम रोकी कम्मरमा हात अड्याई उभिएर सुस्केराउँदै | घाँस उखेल्ने काम रोकी कम्मरमा हात अड्याई उभिएर सुस्केराउँदै | ||
शिव नारानले एक चोटि आफ्ना छोराछोरीहरूको मुख हेरे । पानी परिरहेको | |||
थियो, उनीहरू पनि काम गरिरहेका थिए । बढ्ता तोडमा पानी परेको बेला | थियो, उनीहरू पनि काम गरिरहेका थिए । बढ्ता तोडमा पानी परेको बेला | ||
छाप्रोमा गई ओत लाग्थे र पानी कम हुनासाथै फेरि खेतमा काम गर्न जुट्थे । | छाप्रोमा गई ओत लाग्थे र पानी कम हुनासाथै फेरि खेतमा काम गर्न जुट्थे । | ||
{{nop}} | {{nop}} |
Revision as of 22:12, 22 June 2025
"हाम्रो घरमा कसैले पनि आजसम्म सिनेमा हेर्न पाएको छैन ।" अलि अफसोसको भावमा शिव नारानले भने ।
"बा ! यसपालि धान काटेपछि हामीले सधैं दुई छाक भात खान पाउने छौं ? मलाई त कोदो, गहुँ, मकैको रोटी, उसिनेको आलु त खान मनै लागेन बा ! दाल तर्कारी हालेर सुरुसुरु भात मात्तै खान मन लागिरहेछ !" छोरा चाहिँले भन्यो ।
"लौ, लौ, तिमीलाई म भात ख्वाउँछु, त्यसैले त घाँस उखेल्ने काम गर भनेको !" सुस्केरा हाल्दै शिव नारानले भने ।
"म पनि सधैं भात खान्छु बा ! ई मैले पनि त घाँसै उखेलिरहेकी छु ।" छोरीले भनी ।
"लौ, लौ, तिमीलाई पनि भातै ख्वाउँछु ।" गहका आँसु पुछ्तै हाकुमायाले भनिन् ।
"तपाईंहरू पनि भातै खानोस् ।" छोरीले फेरि भनी ।
घाँस उखेल्ने काम रोकी कम्मरमा हात अड्याई उभिएर सुस्केराउँदै शिव नारानले एक चोटि आफ्ना छोराछोरीहरूको मुख हेरे । पानी परिरहेको थियो, उनीहरू पनि काम गरिरहेका थिए । बढ्ता तोडमा पानी परेको बेला छाप्रोमा गई ओत लाग्थे र पानी कम हुनासाथै फेरि खेतमा काम गर्न जुट्थे ।