Jump to content

Page:Ek chihan.pdf/89: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
भइसकी । फेरि डाक्टर गोदत्तप्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात  
भइसकी । फेरि डाक्टर गोदत्त प्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात  
चौगुना बढ्दै छ ।"
चौगुना बढ्दै छ ।"


लतमायाका यी कुरा सुनेर शिवनारानले अलि गौर गरेर भने- "हामी
लतमायाका यी कुरा सुनेर शिव नारानले अलि गौर गरेर भने– "हामी
जस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नुपर्ला, बरु फोने गरेर पनि  
जस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नुपर्ला, बरु फोने गरेर पनि  
लायक व्यक्तिलाई दिनुपर्छ । म त भन्छु, भरसक अऊ नानीथकुं आफैँ नै  
लायक व्यक्तिलाई दिनुपर्छ । म त भन्छु, भरसक अऊ नानीथकुँ आफैँ नै  
त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।"
त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।"


लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस रामबहादुर  
लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस रामबहादुर  
टुप्लुक्क आइपुगे । आउँदाआउँदै रामबहादुर बोल्दै आए- "अहो, शिव
टुप्लुक्क आइपुगे । आउँदाआउँदै रामबहादुर बोल्दै आए– "अहो, शिव
नारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा  
नारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा  
मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत  
मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत  
नगईकन घरै बसिराखेका रहेछौ ।"
नगईकन घरै बसिराखेका रहेछौ ।"


शिवनारान सभ्यताको मर्यादा राख्न खुब जान्दथे । आफ्नो घरमा  
शिव नारान सभ्यताको मर्यादा राख्न खुब जान्दथे । आफ्नो घरमा  
आउने बस्ने मानिसलाई स्वागतसत्कार गर्ने बानी पनि भएको हुनाले शिव
आउने बस्ने मानिसलाई स्वागतसत्कार गर्ने बानी पनि भएको हुनाले शिव
नारानले रामबहादुरलाई खुब सत्कार गरे । रामबहादुरलाई बसाइसकेपछि  
नारानले रामबहादुरलाई खुब सत्कार गरे । रामबहादुरलाई बसाइसकेपछि  
शिवनारानले उनीसित आउनाको कारण बडो नम्रताका साथ सोधे । राम
शिव नारानले उनीसित आउनाको कारण बडो नम्रताका साथ सोधे । राम
बहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास  
बहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास  
कारण नबताई अर्कै कारण बताउने चलाखी गर्दै भने- "रोपाइँको बेला  
कारण नबताई अर्कै कारण बताउने चलाखी गर्दै भने– "रोपाइँको बेला  
भएको हुनाले सुब्बासाहेबले पठाउनुभएको । उहाँलाई किसानहरूको  
भएको हुनाले सुब्बासाहेबले पठाउनुभएको । उहाँलाई किसानहरूको  
मर्का खुब थाहा छ, रोपाइँको बेला रुपियाँ-पैसा नभएर वा नपुगेर किसानहरूलाई  
मर्का खुब थाहा छ, रोपाइँको बेला रुपियाँ–पैसा नभएर वा नपुगेर किसानहरूलाई  
हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले ‘एक चोटि हेरेर आऊ’ भनी  
हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले 'एक चोटि हेरेर आऊ' भनी  
उहाँले मलाई पठाउनुभएको । भन, कदाचित् तिमीलाई कुनै कुराको मद्दत  
उहाँले मलाई पठाउनुभएको । भन, कदाचित् तिमीलाई कुनै कुराको मद्दत  
चाहिएमा उहाँ दिन तयार हुनुहुन्छ ।"
चाहिएमा उहाँ दिन तयार हुनुहुन्छ ।"
Line 29: Line 29:
रामबहादुरजी ! हिजो मात्रै रोपाइँ सकियो । आशा छ, यसपालि त  
रामबहादुरजी ! हिजो मात्रै रोपाइँ सकियो । आशा छ, यसपालि त  
सुब्बासाहेबको पोहोरको बाँकी तिरोसमेत तिर्न सकुँला, सुब्बासाहेबको  
सुब्बासाहेबको पोहोरको बाँकी तिरोसमेत तिर्न सकुँला, सुब्बासाहेबको  
अनुग्रह देखेर साह्रै खुसी भयो भनी सुनाइदिनुहोला ।" शिवनारानले हाँसेर  
अनुग्रह देखेर साह्रै खुसी भयो भनी सुनाइदिनुहोला ।" शिव नारानले हाँसेर  
सोमतसाथ भने ।
सोमतसाथ भने ।
{{nop}}
{{nop}}

Revision as of 21:59, 22 June 2025

This page has not been proofread

भइसकी । फेरि डाक्टर गोदत्त प्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात चौगुना बढ्दै छ ।"

लतमायाका यी कुरा सुनेर शिव नारानले अलि गौर गरेर भने– "हामी जस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नुपर्ला, बरु फोने गरेर पनि लायक व्यक्तिलाई दिनुपर्छ । म त भन्छु, भरसक अऊ नानीथकुँ आफैँ नै त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।"

लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस रामबहादुर टुप्लुक्क आइपुगे । आउँदाआउँदै रामबहादुर बोल्दै आए– "अहो, शिव नारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत नगईकन घरै बसिराखेका रहेछौ ।"

शिव नारान सभ्यताको मर्यादा राख्न खुब जान्दथे । आफ्नो घरमा आउने बस्ने मानिसलाई स्वागतसत्कार गर्ने बानी पनि भएको हुनाले शिव नारानले रामबहादुरलाई खुब सत्कार गरे । रामबहादुरलाई बसाइसकेपछि शिव नारानले उनीसित आउनाको कारण बडो नम्रताका साथ सोधे । राम बहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास कारण नबताई अर्कै कारण बताउने चलाखी गर्दै भने– "रोपाइँको बेला भएको हुनाले सुब्बासाहेबले पठाउनुभएको । उहाँलाई किसानहरूको मर्का खुब थाहा छ, रोपाइँको बेला रुपियाँ–पैसा नभएर वा नपुगेर किसानहरूलाई हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले 'एक चोटि हेरेर आऊ' भनी उहाँले मलाई पठाउनुभएको । भन, कदाचित् तिमीलाई कुनै कुराको मद्दत चाहिएमा उहाँ दिन तयार हुनुहुन्छ ।"

"उहाँको दिललाई मेरो धन्यवाद छ । उहाँको दयालाई म पनि सराहना गर्छु । किसानहरूको मर्का थाहा पाउने उहाँको भावना सधैँ ताजा रहोस् । तर रामबहादुरजी ! हिजो मात्रै रोपाइँ सकियो । आशा छ, यसपालि त सुब्बासाहेबको पोहोरको बाँकी तिरोसमेत तिर्न सकुँला, सुब्बासाहेबको अनुग्रह देखेर साह्रै खुसी भयो भनी सुनाइदिनुहोला ।" शिव नारानले हाँसेर सोमतसाथ भने ।