Page:Ek chihan.pdf/30: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
सुब्बा सुरमानका मानिस | सुब्बा सुरमानका मानिस राम बहादुर टुप्लुक्क आइ पुगे । राम बहादुर सुब्बा | ||
अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस । सुरमानको | सुरमानका अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस । सुरमानको | ||
घरमा | घरमा परि आएका काम गर्ने पनि उनी नै हुन् । मोहीहरूकहाँ बाली उठाउन | ||
जाने काम पनि | जाने काम पनि राम बहादुर नै गर्दथे । राम बहादुरलाई लतमाया पनि राम्ररी | ||
बहादुरले | चिन्थिन् । हाँस्तै आई कोठाको ढोकाको सँघारमा थचक्क बसेर राम | ||
कपडा बुन्न बिघ्नै सजिलो, दिनभरिमा | बहादुरले भने– "आजकल देशी तान आइ रहेको छ, ज्यादै नयाँ किसिमको, | ||
कपडा बुन्न बिघ्नै सजिलो, दिनभरिमा कैयन् गज बुन्न सकिन्छ, त्यही किन | |||
न ।" | न ।" | ||
Line 10: | Line 11: | ||
"इच्छा भए रुपियाँ कुन ठुलो कुरो हो ! दलिनबाट पनि झर्न सक्छ ।" | "इच्छा भए रुपियाँ कुन ठुलो कुरो हो ! दलिनबाट पनि झर्न सक्छ ।" | ||
राम बहादुरले मुसुमुसु हाँस्तै भने । | |||
"त्यो पनि धनीहरूकै | "त्यो पनि धनीहरूकै निम्तिको कुरा हो, गरिबका लागि त घाउमाथि | ||
नुनचुक मात्र हो । धनीको जीवनमा इच्छाले सुखलाई निम्तो दिन्छ तर | नुनचुक मात्र हो । धनीको जीवनमा इच्छाले सुखलाई निम्तो दिन्छ तर | ||
गरिबको जिन्दगीमा त्यही इच्छाले आँखामा आँसु बोलाउँछ । त्यसैले कुनै | गरिबको जिन्दगीमा त्यही इच्छाले आँखामा आँसु बोलाउँछ । त्यसैले कुनै | ||
कुराको इच्छा पनि गर्न मैले | कुराको इच्छा पनि गर्न मैले छाडि सकेँ ।" अलि मलिन भावमा | ||
लतमायाले भनिन् । | लतमायाले भनिन् । | ||
"भन, तिम्रो इच्छा भए भोलि नै म यहाँ | "भन, तिम्रो इच्छा भए भोलि नै म यहाँ पुऱ्याइ दिन सक्तछु । सुब्बा | ||
साहेबसँग ऋण | साहेबसँग ऋण मागि दिउँला, त्यसैबाट कमाएर तिरि देऊ ।" | ||
" | "सुब्बा साहेबलाई पोहोर सालको बाली तिर्न नै बाँकी छ, त्यो त | ||
कहिले कसरी तिर्ने | कहिले कसरी तिर्ने भइ रहेछ, कुन मुखले फेरि रुपियाँ पैँचो माग्ने ?" | ||
"म | "म लिइ दिउँला पैंचो, मेरो जिम्मा भयो; तिमी खालि इच्छा मात्र गर ।" | ||
राम बहादुरको आश्वासन लतमायालाई मिठो लाग्यो । त्यसबाट | |||
फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना पनि देख्न थालिन् । तर | फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना पनि देख्न थालिन् । तर | ||
'हुन्छ' भनेर लतमायाले सर्म पचाउन सकिनन् किनभने लतमाया सुब्बा | |||
सुरमानकी पटके ऋणी थिइन् । | सुरमानकी पटके ऋणी थिइन् । | ||
सफलताको छाया देखेर | सफलताको छाया देखेर राम बहादुरले भने– "म सुब्बा साहेबलाई | ||
आजै भन्नेछु र भोलि नै किन्न लगाई यहाँ पुऱ्याउन | आजै भन्नेछु र भोलि नै किन्न लगाई यहाँ पुऱ्याउन लगाइ दिने छु । बडो | ||
गजबको सजिलो तान छ, | गजबको सजिलो तान छ, मेसिन जस्तै छिटो चल्छ र कपडा धेरै बुन्छ; |
Latest revision as of 19:03, 21 June 2025
सुब्बा सुरमानका मानिस राम बहादुर टुप्लुक्क आइ पुगे । राम बहादुर सुब्बा सुरमानका अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस । सुरमानको घरमा परि आएका काम गर्ने पनि उनी नै हुन् । मोहीहरूकहाँ बाली उठाउन जाने काम पनि राम बहादुर नै गर्दथे । राम बहादुरलाई लतमाया पनि राम्ररी चिन्थिन् । हाँस्तै आई कोठाको ढोकाको सँघारमा थचक्क बसेर राम बहादुरले भने– "आजकल देशी तान आइ रहेको छ, ज्यादै नयाँ किसिमको, कपडा बुन्न बिघ्नै सजिलो, दिनभरिमा कैयन् गज बुन्न सकिन्छ, त्यही किन न ।"
"कहाँ पाऊँ रुपियाँ ?" लतमायाले अलिकति हाँसेर भनिन् ।
"इच्छा भए रुपियाँ कुन ठुलो कुरो हो ! दलिनबाट पनि झर्न सक्छ ।" राम बहादुरले मुसुमुसु हाँस्तै भने ।
"त्यो पनि धनीहरूकै निम्तिको कुरा हो, गरिबका लागि त घाउमाथि नुनचुक मात्र हो । धनीको जीवनमा इच्छाले सुखलाई निम्तो दिन्छ तर गरिबको जिन्दगीमा त्यही इच्छाले आँखामा आँसु बोलाउँछ । त्यसैले कुनै कुराको इच्छा पनि गर्न मैले छाडि सकेँ ।" अलि मलिन भावमा लतमायाले भनिन् ।
"भन, तिम्रो इच्छा भए भोलि नै म यहाँ पुऱ्याइ दिन सक्तछु । सुब्बा साहेबसँग ऋण मागि दिउँला, त्यसैबाट कमाएर तिरि देऊ ।"
"सुब्बा साहेबलाई पोहोर सालको बाली तिर्न नै बाँकी छ, त्यो त कहिले कसरी तिर्ने भइ रहेछ, कुन मुखले फेरि रुपियाँ पैँचो माग्ने ?"
"म लिइ दिउँला पैंचो, मेरो जिम्मा भयो; तिमी खालि इच्छा मात्र गर ।" राम बहादुरको आश्वासन लतमायालाई मिठो लाग्यो । त्यसबाट फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना पनि देख्न थालिन् । तर 'हुन्छ' भनेर लतमायाले सर्म पचाउन सकिनन् किनभने लतमाया सुब्बा सुरमानकी पटके ऋणी थिइन् ।
सफलताको छाया देखेर राम बहादुरले भने– "म सुब्बा साहेबलाई आजै भन्नेछु र भोलि नै किन्न लगाई यहाँ पुऱ्याउन लगाइ दिने छु । बडो गजबको सजिलो तान छ, मेसिन जस्तै छिटो चल्छ र कपडा धेरै बुन्छ;