Jump to content

Page:Laxmi nibandhasangraha.pdf/202: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
पहिले जुँघाकै आधार लिन्छ र ओठमाथिको स्पष्ट, निःसन्देह निश्चित
पहिले जुँघाकै आधार लिन्छ र ओठमाथिको स्पष्ट, निःसन्देह निश्चित  
रूपको मर्दको चिह्न मुसारेर तपाइंको ध्यानको टड्कारै प्रदर्शन गर्दछ ।
रुपको मर्दको चिह्न मुसारेर तपाईंको ध्यानको टड्कारै प्रदर्शन गर्दछ ।  
यो आत्म-आश्वासनको सरल उपाय दिने प्रकृतिलाई हामी धन्यवाद
यो आत्म–आश्वासनको सरल उपाय दिने प्रकृतिलाई हामी धन्यवाद  
चढाउँछौँ !- किनकि जब जुँघा छुन्छ तब तब उसलाई एक किसिमको
चढाउँछौं ! किनकि जब जुँघा छुन्छ तब तब उसलाई एक किसिमको  
नबीन स्फूर्ति, नवोत्साह र नयाँ जोश पैदा हुन्छ ! जुँघाका दुप्पा-टुप्पाबाट
नवीन स्फूर्ति, नवोत्साह र नयाँ जोश पैदा हुन्छ जुँघाका टुप्पा–टुप्पाबाट
एक किसिमको बिजुली निस्कन्छ, जस्तो बिजुली मेशीनका काइयाँले
एक किसिमको बिजुली निस्कन्छ, जस्तो बिजुली मेसिनका काइयाँले  
जम्मा गर्देछन्‌ । त्यही विचारले होला मेरा औंला जुँघाको ताउ लाउन पुगे,
जम्मा गर्दछन् । त्यही विचारले होला मेरो औंला जुँघाको ताउ लाउन पुगे,  
जब मैले आफ्नो लेखन-शक्तिमा धिक्कार दिन आँटेको थिएँ ।
जब मैले आफ्नो लेखन–शक्तिमा धिक्कार दिन आँटेको थिएँ ।


वास्तवमा विचारीहरू जुँघा नभए दाह्री नभएका बोके जस्ता
वास्तवमा विचारीहरु जुँघा नभए दाह्री नभएका बोके जस्ता  
हुन्छन्‌ । गौर गर्नेलाई सबभन्दा सजिलो उपाय हन्छ- जुँघा वटार्नु,
हुन्छन् । गौर गर्नलाई सबभन्दा सजिलो उपाय हुन्छ– जुँघा बटार्नु,  
निमोठ्नु या ताउ लाउनु । कोही-कोही आँखा पल्टाएर जुँघाका टुप्पालाई
निमोठ्नु या ताउ लाउनु । कोही–कोही आँखा पल्टाएर जुँघाको टुप्पालाई  
बटारबुदुरको सास्ती दिंदा-दिंदा आखिर आफ्ना समस्याका हलमा
बटारबुटुरको सास्ती दिंदा–दिंदा आखिर आफ्ना समस्याका हलमा  
आइपुष्छन्‌ कसैको बानी हुन्छ- जुँघा उखेल्ने । मैले कसैकसैले जुँघा
आइपुग्छन्, कसैको बानी हुन्छ– जुँघा उखेल्ने । मैले कसैकसैले जुँघा  
टोक्दैसम्म गरेको पनि देखेको छु । कोही खालि ताउ लाइरहन्छन्‌
उखेल्दै टोक्दैसम्म गरेको पनि देखेको छु । कोही खालि ताउ लाइरहन्छन्
मानौं त्यस क्रियाबाट हरेक पटक उनीहरूलाई एकै किसिमका आत्म-
मानौं त्यस क्रियाबाट हरेक पटक उनीहरुलाई एकै किसिमका आत्म–
सूचनशक्ति मिल्छ । यो कुरा घेरैबाट सिद्ध हुन्छ कि जतिजति जुँघालाई
सूचनशक्ति मिल्छ । यो कुरा धेरैबाट सिद्ध हुन्छ कि जतिजति जुँघालाई  
सास्ती दियो उति पुरुषको स्फूर्ति र जाँगर बढ्दो रहेछ । तर हाय ! ती
सास्ती दियो उति पुरुषको स्फूर्ति र जाँगर बढ्दो रहेछ । तर हाय ! ती  
असल-असल मगरहरू- जसका नास्ति जुँघा न दाह्री ।
असल–असल मगरहरु– जसका नास्ति जुँघा न दाह्री ।


जुँघा भनेको मर्दको सौन्दर्य हो, पुरुषार्थको चिह्न हो, ओठमाथिको
जुँघा भनेको मर्दको सौन्दर्य हो, पुरुषार्थको चिह्न हो, ओठमाथिको  
आभूषण हो, पूर्णवयस्कताको टड्कारो छापा हो, पराक्रमको झुप्पा हो,
आभूषण हो, पूर्णवयस्कताको टड्कारो छापा हो, पराक्रमको झुप्पा हो,  
स्फूर्तिको बिजुलीकाइँयो हो, निराशपनाको आधार हो, भालेको कल्की हो
स्फूर्तिको बिजुलीकाइँयो हो, निराशपनाको आधार हो, भालेको कल्की हो  
र यही कालो गुच्छादार रेखीमा संसारका मर्दको मर्यादा र रवाफ रहेको
र यही कालो गुच्छादार रेखीमा संसारका मर्दको मर्यादा र रवाफ रहेको  
रहेछ । जतिजति बल बढ्दै गयो उति-उति माथिल्लो ओठमा कालो
रहेछ । जतिजति बल बढ्दै गयो उति–उति माथिल्लो ओठमा कालो  
रेखी बस्तै जान्छ । जतिर्जात मर्दले संसार बुभ्दै गयो उतिउति त्यो
रेखी बस्तै जान्छ । जतिजति मर्दले संसार बुझ्दै गयो उतिउति त्यो  
लम्बिदै जान्छ र जतिजति पुरुषार्थ गर्दै गयो उतिउति त्यो सम्मिदै
लम्बिंदै जान्छ र जतिजति पुरुषर्थ गर्दै गयो उतिउति त्यो सम्मिंदै
जान्छ । 'ओठमाथि जुँघा छ भने तेरो पाइन हेरै त' भन्ने दुश्मनको हाँक
जान्छ । 'ओठमाथि जुँघा छ भने तेरो पाइन हुरुँ त' भन्ने दुश्मनको हाँक  
हुन्छ । स्यालका 'जँघा नउखेली !' भनेर रिसाएको मर्द बुर्लुक्क उफन्छ
हुन्छ । स्यालका 'जुँघा नउखेली !' भनेर रिसाएको मर्द बुर्लक्क उफ्रन्छ ।  
बाघका जुँघा उखेलेर शिकारीले बहादुरी देखाउँछ । संसारमा जता हेर
बाघका जुँघा उखेलेर शिकारीले बहादुरी देखाउँछ । संसारमा जता हेर  
जुँघाको महत्त्व घामको उज्यालोमा झल्किरहेछ । मकै जस्तो जड चीजले
जुँघाको महत्व घामको उज्यालोमा झल्किरहेछ । मकै जस्तो जड चिजले
पनि जुँघाको महत्त्व पहिचानेको छ । बिरालो जस्तो चोर जन्तुलाई पनि
पनि जुँघाको महत्व पहिचानेको छ । बिरालो जस्तो चोर जन्तुलाई पनि  
जुँघाको उपयोगिता याद छ।
जुँघाको उपयोगिता याद छ ।
{{nop}}
{{nop}}

Latest revision as of 11:06, 21 June 2025

This page has not been proofread

पहिले जुँघाकै आधार लिन्छ र ओठमाथिको स्पष्ट, निःसन्देह निश्चित रुपको मर्दको चिह्न मुसारेर तपाईंको ध्यानको टड्कारै प्रदर्शन गर्दछ । यो आत्म–आश्वासनको सरल उपाय दिने प्रकृतिलाई हामी धन्यवाद चढाउँछौं ! किनकि जब जुँघा छुन्छ तब तब उसलाई एक किसिमको नवीन स्फूर्ति, नवोत्साह र नयाँ जोश पैदा हुन्छ । जुँघाका टुप्पा–टुप्पाबाट एक किसिमको बिजुली निस्कन्छ, जस्तो बिजुली मेसिनका काइयाँले जम्मा गर्दछन् । त्यही विचारले होला मेरो औंला जुँघाको ताउ लाउन पुगे, जब मैले आफ्नो लेखन–शक्तिमा धिक्कार दिन आँटेको थिएँ ।

वास्तवमा विचारीहरु जुँघा नभए दाह्री नभएका बोके जस्ता हुन्छन् । गौर गर्नलाई सबभन्दा सजिलो उपाय हुन्छ– जुँघा बटार्नु, निमोठ्नु या ताउ लाउनु । कोही–कोही आँखा पल्टाएर जुँघाको टुप्पालाई बटारबुटुरको सास्ती दिंदा–दिंदा आखिर आफ्ना समस्याका हलमा आइपुग्छन्, कसैको बानी हुन्छ– जुँघा उखेल्ने । मैले कसैकसैले जुँघा उखेल्दै टोक्दैसम्म गरेको पनि देखेको छु । कोही खालि ताउ लाइरहन्छन् मानौं त्यस क्रियाबाट हरेक पटक उनीहरुलाई एकै किसिमका आत्म– सूचनशक्ति मिल्छ । यो कुरा धेरैबाट सिद्ध हुन्छ कि जतिजति जुँघालाई सास्ती दियो उति पुरुषको स्फूर्ति र जाँगर बढ्दो रहेछ । तर हाय ! ती असल–असल मगरहरु– जसका नास्ति जुँघा न दाह्री ।

जुँघा भनेको मर्दको सौन्दर्य हो, पुरुषार्थको चिह्न हो, ओठमाथिको आभूषण हो, पूर्णवयस्कताको टड्कारो छापा हो, पराक्रमको झुप्पा हो, स्फूर्तिको बिजुलीकाइँयो हो, निराशपनाको आधार हो, भालेको कल्की हो र यही कालो गुच्छादार रेखीमा संसारका मर्दको मर्यादा र रवाफ रहेको रहेछ । जतिजति बल बढ्दै गयो उति–उति माथिल्लो ओठमा कालो रेखी बस्तै जान्छ । जतिजति मर्दले संसार बुझ्दै गयो उतिउति त्यो लम्बिंदै जान्छ र जतिजति पुरुषर्थ गर्दै गयो उतिउति त्यो सम्मिंदै जान्छ । 'ओठमाथि जुँघा छ भने तेरो पाइन हुरुँ त' भन्ने दुश्मनको हाँक हुन्छ । स्यालका 'जुँघा नउखेली !' भनेर रिसाएको मर्द बुर्लक्क उफ्रन्छ । बाघका जुँघा उखेलेर शिकारीले बहादुरी देखाउँछ । संसारमा जता हेर जुँघाको महत्व घामको उज्यालोमा झल्किरहेछ । मकै जस्तो जड चिजले पनि जुँघाको महत्व पहिचानेको छ । बिरालो जस्तो चोर जन्तुलाई पनि जुँघाको उपयोगिता याद छ ।