Jump to content

Page:Laxmi nibandhasangraha.pdf/180: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
शीत सुँघ्न चाहन्छु । शब्दमा ती चित्र बन्दैनन्‌ जो मैले खुला घाममा
शीत सुँघ्न चाहन्छु । शब्दमा ती चित्र बन्दैनन् जो मैले खुला घाममा  
देखिरहेछु तिम्रो सभ्यता यत्तिकै न हो ? मैले यसमा केही मोहनी
देखिरहेछु; तिम्रो सभ्यता यत्तिकै न हो ? मैले यसमा केही मोहनी  
पाइनँ ।
पाइनँ ।


तर पद्धतिपुजारीहरू भन्दछन्‌, 'त्यो सिद्धान्त त चरा र पशुलाई
तर पद्धति पुजारीहरु भन्दछन्, 'त्यो सिद्धान्त त चरा र पशुलाई  
शायद बिरुवालाई पो काम लाग्छ । विवेकशील मानिस क्रमिक बिकासद्वारा
सायद विरुवालाई पो काम लाग्छ । विवेकशील मानिस क्रमिक विकासद्वारा
परिपक्व हुन्छ । युग-युगका औताली किन खेर फाल्ने ? तिनमा अनन्त
परिपक्व हुन्छ । युग–युगका औताली किन खेर फाल्ने ? तिनमा अनन्त  
परिश्रमले छाने-बिनेका चीजहरू छन्‌ । हामी पहिलेदेखिन्‌ शुरू गर्न
परिश्रमले छाने–बिनेका चिजहरु छन् । हामी पहिलेदेखिन् सुरु गर्न  
सक्तैनौं । जीवन छोटो छ, मार्गप्रदर्शक नभई विश्वको विशालता त्यस्तै
सक्तैनौं । जीवन छोटो छ, मार्गप्रदर्शक नभई विश्लको विशालता त्यस्तै  
अतर्स्याउने भूलभुलैया बन्दछ । तत्त्वान्वेषक वेदनाशील छ र अरूहरूको
अतर्स्याउने भुलभुलैया बन्दछ । तत्वान्वेषक वेदनाशील छ र अरुहरुको
दुःखद्वारा आफूले दुःखनिवारणका आविष्कृत उपायहरू हात लगाउनु नै
दुःखद्वारा आफूले दुःख निवारणका आविष्कृत उपायहरु हात लगाउनु नै  
बुद्धिमानी हो । मानिस अनुभवले सिक्छ र जङ्गली अवरोधहीनतामा
बुद्धिमानी हो । मानिस अनुभवले सिक्छ र जङ्गली अवरोधहीनतामा  
मानिसको साम्यदार मानवताको विकासशील सौन्दर्य नियत रेखामा
मानिसको साम्यदार मानवताको विकासशील सौन्दर्य नियत रेखामा  
स्पष्टीकृत हुन सक्तैन । मानव-संस्थाहरूमा शिक्षाक्रमहरूमा पूर्णता
स्पष्टीकृत हुन सक्तैन । मानव–संस्थाहरुमा शिक्षाक्रमहरुमा पूर्णता  
नरहनु साधारणै कुरा हो, तर शिक्षा पनि एक कला हो, जसको हामी
नरहनु साधारणै कुरा हो, तर शिक्षा पनि एक कला हो, जसको हामी  
बेपर्वाह राख्न सक्तैनौं ।
बेपर्वाह राख्न सक्तैनौं ।'


तिनीहरूको सबै कुरा काट्न सक्तिनँ तर मेरो मत धेरै कुरामा
तिनीहरुको सबै कुरा काट्न सक्तिनँ तर मेरो मत धेरै कुरामा  
शिक्षाप्रणालीको विरोधी छ । मलाई शिक्षा भनेको त्यस्तो केही कुरा
शिक्षाप्रणालीको विरोधी छ । मलाई शिक्षा भनेको त्यस्तो केही कुरा  
हुनुपर्दछ जस्तो लाग्दछ जसले किसानको आदत लेओस्‌, माटो खनोस्‌,
हुनु पर्दछ जस्तो लाग्दछ जसले किसानको आदत लेओस्, माटो खनोस्,  
मलिलो बनाओस्‌ जमीन तयार गरोस्‌ तर प्रकृतिलाई सहायता दिनका
मलिलो बनाओस् जमिन तयार गरोस् तर प्रकृतिलाई सहायता दिनका  
निमित्त मात्र, बीउलाई खुला हावा र उज्यालो दिनका निमित्त मात्र,
निमित्त मात्र, बिउलाई खुला हावा र उज्यालो दिनका निमित्त मात्र,  
बिरुवालाई स्वर्गको किरणबाट पोषण लिने मौका दिनका निमित्त मात्र ।
विरुवालाई स्वर्गको किरणबाट पोषण लिने मौका दिनका निमित्त मात्र ।  
मानिस कृत्रिम छैन भन्न म सक्तिनँ । त्यो त बाबा आदमउपरको सरापै
मानिस कृत्रिम छैन भन्न म सक्तिनँ । त्यो त बाबा आदमउपरको सरापै  
हो ।नाङ्गै जन्मिनमा बुन्नु, तान बनाउनाको सङ्झेत रहेझैँ विवेकसम्पन्न
हो । नाङ्गै जन्मिनमा बुन्नु, तान बनाउनाको सङ्केत रहे झैं विवेकसम्पन्न  
हुनुमा कानून-स्थिति र बन्धनशील विकासहरू अन्तर्गत छन्‌ । तर
हुनुमा कानुनी स्थिति र बन्धनशील विकासहरु अन्तर्गत छन् । तर  
प्रकृतिको नियम छाडेर एक पाइलाभन्दा पनि मनुष्यतामा सफलता
प्रकृतिको नियम छाडेर एक पाइलाभन्दा पनि मनुष्यतामा सफलता  
मिल्न सक्तैन भाव र विचारको जगत्मा हामी कतिसम्म प्रकृतिको
मिल्न सक्तैन भाव र विचारको जगत्मा हामी कतिसम्म प्रकृतिको  
अनुसार चल्दछौं, अथवा अरूहरूलाई क्रमिक विकास दिनामा हामी
अनुसार चल्दछौं, अथवा अरुहरुलाई क्रमिक विकास दिनामा हामी  
कहाँनेर भूल-चूकमा पर्दछौँ । जीवनको क्षेत्रमा कुनै रेखागणित छैन ।
कहाँनेर भुल–चुकमा पर्दछौं । जीवनको क्षेत्रमा कुनै रखागणित छैन ।  
त्यहाँ पूर्णबाट पूर्ण निकाले पनि पूर्ण नै बाँकी रहन्छ । एकभित्र परार्ध छ,
त्यहाँ पूर्णबाट पूर्ण निकाले पनि पूर्ण नै बाँकी रहन्छ । एकभित्र परार्ध छ,  
अणुभित्र विश्व । विज्ञानले सबै कुरा भेट्टाउन सक्तैनर हाम्रा मनोवैज्ञानिक
अणूभित्र विश्व । विज्ञानले सबै कुरा भेट्टाउन सक्तैन र हाम्रा मनोवैज्ञानिक  
अध्ययनहरू विवेकको अँध्यारो भित्रभित्रै टुङ्िन्छन्‌ । यसकारणले कुनै
अध्ययनहरु विवेकको अँध्यारो भित्रभित्रै टुङ्गिन्छन् । यसकारणले कुनै

Latest revision as of 22:04, 20 June 2025

This page has not been proofread

शीत सुँघ्न चाहन्छु । शब्दमा ती चित्र बन्दैनन् जो मैले खुला घाममा देखिरहेछु; तिम्रो सभ्यता यत्तिकै न हो ? मैले यसमा केही मोहनी पाइनँ ।

तर पद्धति पुजारीहरु भन्दछन्, 'त्यो सिद्धान्त त चरा र पशुलाई सायद विरुवालाई पो काम लाग्छ । विवेकशील मानिस क्रमिक विकासद्वारा परिपक्व हुन्छ । युग–युगका औताली किन खेर फाल्ने ? तिनमा अनन्त परिश्रमले छाने–बिनेका चिजहरु छन् । हामी पहिलेदेखिन् सुरु गर्न सक्तैनौं । जीवन छोटो छ, मार्गप्रदर्शक नभई विश्लको विशालता त्यस्तै अतर्स्याउने भुलभुलैया बन्दछ । तत्वान्वेषक वेदनाशील छ र अरुहरुको दुःखद्वारा आफूले दुःख निवारणका आविष्कृत उपायहरु हात लगाउनु नै बुद्धिमानी हो । मानिस अनुभवले सिक्छ र जङ्गली अवरोधहीनतामा मानिसको साम्यदार मानवताको विकासशील सौन्दर्य नियत रेखामा स्पष्टीकृत हुन सक्तैन । मानव–संस्थाहरुमा र शिक्षाक्रमहरुमा पूर्णता नरहनु साधारणै कुरा हो, तर शिक्षा पनि एक कला हो, जसको हामी बेपर्वाह राख्न सक्तैनौं ।'

म तिनीहरुको सबै कुरा काट्न सक्तिनँ तर मेरो मत धेरै कुरामा शिक्षाप्रणालीको विरोधी छ । मलाई शिक्षा भनेको त्यस्तो केही कुरा हुनु पर्दछ जस्तो लाग्दछ जसले किसानको आदत लेओस्, माटो खनोस्, मलिलो बनाओस् । जमिन तयार गरोस् तर प्रकृतिलाई सहायता दिनका निमित्त मात्र, बिउलाई खुला हावा र उज्यालो दिनका निमित्त मात्र, विरुवालाई स्वर्गको किरणबाट पोषण लिने मौका दिनका निमित्त मात्र । मानिस कृत्रिम छैन भन्न म सक्तिनँ । त्यो त बाबा आदमउपरको सरापै हो । नाङ्गै जन्मिनमा बुन्नु, तान बनाउनाको सङ्केत रहे झैं विवेकसम्पन्न हुनुमा कानुनी स्थिति र बन्धनशील विकासहरु अन्तर्गत छन् । तर प्रकृतिको नियम छाडेर एक पाइलाभन्दा पनि मनुष्यतामा सफलता मिल्न सक्तैन भाव र विचारको जगत्मा हामी कतिसम्म प्रकृतिको अनुसार चल्दछौं, अथवा अरुहरुलाई क्रमिक विकास दिनामा हामी कहाँनेर भुल–चुकमा पर्दछौं । जीवनको क्षेत्रमा कुनै रखागणित छैन । त्यहाँ पूर्णबाट पूर्ण निकाले पनि पूर्ण नै बाँकी रहन्छ । एकभित्र परार्ध छ, अणूभित्र विश्व । विज्ञानले सबै कुरा भेट्टाउन सक्तैन र हाम्रा मनोवैज्ञानिक अध्ययनहरु विवेकको अँध्यारो भित्रभित्रै टुङ्गिन्छन् । यसकारणले कुनै