Jump to content

Page:Champa.pdf/46: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
झारतिराइ माग्नुभन्दा आत्मवचन या छाया, बोक्रो माग्नुभन्दा, त्यसको  
झारातिराइ माग्नुभन्दा आत्मवचन या छायाँ, बोक्रो माग्नुभन्दा त्यसको  
आशा छोड्नु नै मलाई ज्यादा वेश लाग्यो । किन परालको त्यान्द्रामा
आशा छाड्नु नै मलाई ज्यादा बेस लाग्यो । किन परालको त्यान्द्रोमा
झुन्डिनु जब हामी दुवै जान्दछौँ कि यो पिटिक्क चुँडिन्छ ? अफसोस !  
झुन्डिनु जब हामी दुबै जान्दछौं कि यो पिटिक्क चुँडिन्छ ? अफसोस !  
हामी ब्राह्मणवर्गमा विश्वासविच्छेद छैन ।
हामी ब्रह्माण वर्गमा विवाहविच्छेद छैन ।


म तिम्रो रूपको मनमनको पुजारी थिएँ । जीवन-पुष्प तिम्रो  
म तिम्रो रुपको मनमनको पुजारी थिएँ । जीवन–पुष्प तिम्रो  
पदमा समर्पण गर्न इच्छा राख्तथें । तर अचानक यस्तो पर्न आयो ।  
पदमा समर्पण गर्न इच्छा राख्तथें । तर अचानक यस्तो पर्न आयो ।  
यो न मेरो दोष हो न तिम्रो । मेरो रोगको सिकार अझ तिमी  
यो न मेरो दोष हो न तिम्रो । मेरो रोगको शिकार अझ तिमी  
हुन आयौ । हाम्रो जीवनमा प्रेम सुरु हुनुभन्दा अगाडि मृत्युको  
हुन आयौ । हाम्रो जीवनमा प्रेम सुरु हुनुभन्दा अगाडि मृत्युको  
आरम्भ भयो । म तिमीजस्तो प्रकृतिले सुसिज्जत सुकुमारी उर्वरा  
आरम्भ भयो । म तिमीजस्तो प्रकृतिले सुसज्जित सुकुमारी उर्वरा  
बैँसलाई स्पर्श गर्न चाहन्नँ किनकि यो अनैतिक कर्म हो । म  
बैंसलाई स्पर्श गर्न चाहन्नँ किनकि यो अनैतिक कर्म हो । म  
तिम्रो आत्मालाई दुःख दिने र धापमा गाड्ने क्रियाबाट पापको  
तिम्रो आत्मालाई दुःख दिने र धापमा गाड्ने क्रियाबाट पापको  
डरले पन्सिन्छु ।
डरले पन्सिन्छु ।


म चिरकाल जीवित रहेँ भने पनि तिम्रो रहनेछैन
म चिरकाल जीवित रहेँ भने पनि तिम्रो रहनेछैनँ


मैले तिमीलाई हृदयबाट निमिट्यान्न मेट्नका लागि यो  
मैले तिमीलाई हृदयपटबाट निमिट्यान्न मेट्नको लागि यो  
विश्वभ्रमणका निम्ति प्रस्थान गरेको हुँ । तिमी नरोए ! तर तिमी  
विश्वभ्रमणका निम्ति प्रस्थान गरेको हुँ । तिमी नरोए ! तर तिमी  
व्यक्तित्व हासिल गरेर आफ्नो जीवनको बाटो (समाज र बोक्रे  
व्यक्तित्व हासिल गरेर आफ्नो जीवनको बाटो (समाज र बोक्रे  
धर्म विरुद्धमा) ठिक गर्ने उपाय सोचे तिम्रा निमित्त पुरुष म होइन ।  
धर्मविरुद्धमा) ठिक गर्ने उपाय सोचें तिम्रो निमित्त पुरुष म होइन ।  
पुरुष अर्कै कतै जन्मिएको जरुर होला .
पुरुष आर्कै कतै जन्मिएको जरुर होला... ।


मैतीदेवीतिम्रो कोही पनि नाइँ
मैतिदेवी<br/>१ वैशाख १९२६...
{{right|तिम्रो कोही पनि नाहीं<br/>श्री रामकान्त अधिकारी"}}


१ वैशाख १९२६श्री रामकान्त अधिकारी"
यस पत्र पढेर चम्पालाई किसिमको अनौठो जिल्म  
 
जिल्ला भएजस्तो लाग्यो जस्तो विदेशी मुलुकमा हराएकी अबलालाई  
यस पत्रलाई पढेर चम्पालाई एक किसिमको अनौठा जिल्म
लाग्छ । अब उनी बुझ्न सक्तिनथिन् बिहा गरेर दिएको घर आफ्नो थियो  
-जिल्ला भएजस्तो लाग्यो जस्तो विदेशी मुलुकमा हराएको अबलालाई  
लाग्छ । अब उनी बुझ्न सक्तिन थिइन् बिहे गरेर दिएको घर आफ्नो थियो  
कि थिएन ? ती स्वामीदेवले आफूलाई त्याग गरेका थिए ? उनी यहाँ  
कि थिएन ? ती स्वामीदेवले आफूलाई त्याग गरेका थिए ? उनी यहाँ  
बस्नु उचित थियो कि थिएन ? उनको यसमा अधिकार थियो कि थिएन ?  
बस्नु उचित थियो कि थिएन ? उनको यसमा अधिकार थियो कि थिएन ?  
उनलाई एकछिन बेसरी रुन मन लाग्यो आफ्नो लाचारीउपर आफ्नो  
उनलाई एकछिन बेसरी रुन मन लाग्यो आफ्नो लाचारीउपर, आफ्नो  
कुइरोमय भविष्यउपर । आफ्नो यता न उताउपर । के उनी कसैकी  
कुइरोमय भविष्यउपर । आफ्नो यता न उताउपर । के उनी कसैकी  
थिइनन् त ? के उनी विश्वद्वारा निन्दित व्यक्त वस्तु थिइन् ?
थिइनन् त ? के उनी विश्वद्वारा निन्दित व्यक्त वस्तु थिइन् ?


उनले पत्रका सब कुराहरूको स्पष्ट अर्थ बुझ्न सकिनन् ।
उनले पत्रका सब कुराहरुको स्पष्ट अर्थ बुझ्न सकिनन् ।

Revision as of 10:42, 20 June 2025

This page has not been proofread

झारातिराइ माग्नुभन्दा आत्मवचन या छायाँ, बोक्रो माग्नुभन्दा त्यसको आशा छाड्नु नै मलाई ज्यादा बेस लाग्यो । किन परालको त्यान्द्रोमा झुन्डिनु जब हामी दुबै जान्दछौं कि यो पिटिक्क चुँडिन्छ ? अफसोस ! हामी ब्रह्माण वर्गमा विवाहविच्छेद छैन ।

म तिम्रो रुपको मनमनको पुजारी थिएँ । जीवन–पुष्प तिम्रो पदमा समर्पण गर्न इच्छा राख्तथें । तर अचानक यस्तो पर्न आयो । यो न मेरो दोष हो न तिम्रो । मेरो रोगको शिकार अझ तिमी हुन आयौ । हाम्रो जीवनमा प्रेम सुरु हुनुभन्दा अगाडि मृत्युको आरम्भ भयो । म तिमीजस्तो प्रकृतिले सुसज्जित सुकुमारी उर्वरा बैंसलाई स्पर्श गर्न चाहन्नँ किनकि यो अनैतिक कर्म हो । म तिम्रो आत्मालाई दुःख दिने र धापमा गाड्ने क्रियाबाट पापको डरले पन्सिन्छु ।

म चिरकाल जीवित रहेँ भने पनि तिम्रो रहनेछैनँ ।

मैले तिमीलाई हृदयपटबाट निमिट्यान्न मेट्नको लागि यो विश्वभ्रमणका निम्ति प्रस्थान गरेको हुँ । तिमी नरोए ! तर तिमी व्यक्तित्व हासिल गरेर आफ्नो जीवनको बाटो (समाज र बोक्रे धर्मविरुद्धमा) ठिक गर्ने उपाय सोचें । तिम्रो निमित्त पुरुष म होइन । पुरुष आर्कै कतै जन्मिएको जरुर होला... ।

मैतिदेवी
१ वैशाख १९२६...

तिम्रो कोही पनि नाहीं
श्री रामकान्त अधिकारी"

यस पत्र पढेर चम्पालाई किसिमको अनौठो जिल्म जिल्ला भएजस्तो लाग्यो जस्तो विदेशी मुलुकमा हराएकी अबलालाई लाग्छ । अब उनी बुझ्न सक्तिनथिन् बिहा गरेर दिएको घर आफ्नो थियो कि थिएन ? ती स्वामीदेवले आफूलाई त्याग गरेका थिए ? उनी यहाँ बस्नु उचित थियो कि थिएन ? उनको यसमा अधिकार थियो कि थिएन ? उनलाई एकछिन बेसरी रुन मन लाग्यो आफ्नो लाचारीउपर, आफ्नो कुइरोमय भविष्यउपर । आफ्नो यता न उताउपर । के उनी कसैकी थिइनन् त ? के उनी विश्वद्वारा निन्दित व्यक्त वस्तु थिइन् ?

उनले पत्रका सब कुराहरुको स्पष्ट अर्थ बुझ्न सकिनन् ।