Page:Bhanubhaktako ramayan.pdf/27: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> भार्या गौतमकी समान गुणकी भक्तै अहल्या थिइन् । ब्रह्माकी ति त पुत्रि हुन् गुणि हुँदा सब् खुस् गराई लिइन् ॥ गौतम् कार्य निमित्त दुर् जब गया रुप् गौतमैको सरी । धार..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 11: | Line 11: | ||
सोध्या होस् तँ कउन् बता नतर ता हेर् भस्म गर्छू भनी ॥९१॥ | सोध्या होस् तँ कउन् बता नतर ता हेर् भस्म गर्छू भनी ॥९१॥ | ||
ब्राह्मण् इन्द्र म हूँ भनेर डरले बिन्ती | ब्राह्मण् ! इन्द्र म हूँ भनेर डरले बिन्ती गर्याथ्या जसै । | ||
गौतम्ले पनि रीसमा परि दिया यस्तो सराप् पो तसै ॥ | |||
योनीमा अति लुब्ध आज भइछस् यत्रो बडो भै पनी । | योनीमा अति लुब्ध आज भइछस् यत्रो बडो भै पनी । | ||
तेरा येहि शरीरमा अब हुनन् हज्जार योनी भनी ॥९२॥ | तेरा येहि शरीरमा अब हुनन् हज्जार योनी भनी ॥९२॥ | ||
Line 21: | Line 21: | ||
जैले ता रघुनाथ् चरण् धरि दिनन् तैले तँ मुक्तै भयास् ॥९३॥ | जैले ता रघुनाथ् चरण् धरि दिनन् तैले तँ मुक्तै भयास् ॥९३॥ | ||
यस्तो सत्य सराप् पर्यो र पतिको ताहीं अहल्या पनी । | |||
पृथ्वीमा गिरि गै गइन् अचल एक् पत्थर् | पृथ्वीमा गिरि गै गइन् अचल एक् पत्थर् स्वरुप्की बनी ॥ | ||
पादस्पर्श ति खोज्दथिन् हजुरको पाप् मुक्त होला भनी । | पादस्पर्श ति खोज्दथिन् हजुरको पाप् मुक्त होला भनी । | ||
तिन्लाई करुणा गरी हजुरले कुल्ची दिन्या हो भनी ॥९४॥ | |||
यस्तो बिन्ति सुन्या जसै ति ऋषिका श्रीराम् तुरुन्तै गया । | |||
देख्या पत्थर एक् ठूलो र | देख्या पत्थर एक् ठूलो र रघुनाथ्ले कुल्चि दींदा भया ॥ | ||
सुन्दर् मूर्ति भइ खडा भइ गइन् ताहाँ अहल्या पनी । | सुन्दर् मूर्ति भइ खडा भइ गइन् ताहाँ अहल्या पनी । | ||
श्रीराम्चन्द्रजिले प्रणाम् पनि गर्या ई ब्राह्मणी हुन् भनी ॥९५॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:39, 19 June 2025
भार्या गौतमकी समान गुणकी भक्तै अहल्या थिइन् ।
ब्रह्माकी ति त पुत्रि हुन् गुणि हुँदा सब् खुस् गराई लिइन् ॥
गौतम् कार्य निमित्त दुर् जब गया रुप् गौतमैको सरी ।
धारी गौतमपत्निका नजिकमा इन्द्रै अगाडी सरी ॥९०॥
आई भोग विलास् गरेर खुसि भै फर्की गयाथ्या जसै ।
देख्या गौतमलाई गौतमजिले आश्चर्य मान्या तसै ॥
आफ्नू रूप दुरुस्त देखि कन खुप् गौतम् रिसाया पनी ।
सोध्या होस् तँ कउन् बता नतर ता हेर् भस्म गर्छू भनी ॥९१॥
ब्राह्मण् ! इन्द्र म हूँ भनेर डरले बिन्ती गर्याथ्या जसै ।
गौतम्ले पनि रीसमा परि दिया यस्तो सराप् पो तसै ॥
योनीमा अति लुब्ध आज भइछस् यत्रो बडो भै पनी ।
तेरा येहि शरीरमा अब हुनन् हज्जार योनी भनी ॥९२॥
दीया येति सराप् र इन्द्र पनि फेर् आफ्ना स्थलैमा गया ।
पत्नीलाइ सराप् दियेर ऋषिले पत्थर् बनाईदिया ॥
जन्तू कुछ् नहुनन् यहाँ अब उपर् पत्थर् भई तैं रह्यास् ।
जैले ता रघुनाथ् चरण् धरि दिनन् तैले तँ मुक्तै भयास् ॥९३॥
यस्तो सत्य सराप् पर्यो र पतिको ताहीं अहल्या पनी ।
पृथ्वीमा गिरि गै गइन् अचल एक् पत्थर् स्वरुप्की बनी ॥
पादस्पर्श ति खोज्दथिन् हजुरको पाप् मुक्त होला भनी ।
तिन्लाई करुणा गरी हजुरले कुल्ची दिन्या हो भनी ॥९४॥
यस्तो बिन्ति सुन्या जसै ति ऋषिका श्रीराम् तुरुन्तै गया ।
देख्या पत्थर एक् ठूलो र रघुनाथ्ले कुल्चि दींदा भया ॥
सुन्दर् मूर्ति भइ खडा भइ गइन् ताहाँ अहल्या पनी ।
श्रीराम्चन्द्रजिले प्रणाम् पनि गर्या ई ब्राह्मणी हुन् भनी ॥९५॥