Page:Champa.pdf/14: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
बूढाले आखिर | बूढाले आखिर हारे… ज्योतिषीबाजे आइपुगे… भोलिपल्ट | ||
चिना खुल्ने भए । तब चम्पालाई नाच्न लगाएर बूढीले एक सेतो | चिना खुल्ने भए । तब चम्पालाई नाच्न लगाएर बूढीले एक सेतो | ||
नयाँ डबल हातमा राखेर | नयाँ डबल हातमा राखेर उठाइन्… चम्पाको हाउभाउ अत्यन्त मनोहर | ||
थियो । | थियो । बुहारीहरूले भने, "ठिक्क सिनेमा… ।" | ||
बिचरी चम्पा बुझ्दैनथिन् राम्ररी बिहा भन्ने चीजको उत्तरदायित्व, | बिचरी चम्पा बुझ्दैनथिन् राम्ररी बिहा भन्ने चीजको उत्तरदायित्व, | ||
महत्व, खतरा । उनी बरावर बिहा गरी वनमा खेल्थिन् । मजा हुन्थ्यो | महत्व, खतरा । उनी बरावर बिहा गरी वनमा खेल्थिन् । मजा हुन्थ्यो नकली | ||
रूपमा । कुनै वस्तु, घटना कृत्रिमता या यथार्थ रूपभन्दा राम्रो र | |||
आनन्ददायक हुन्छ । वियोगात्मक घटना दुःखदायक हुन्छ तर रङ्गमञ्चमा । | आनन्ददायक हुन्छ । वियोगात्मक घटना दुःखदायक हुन्छ तर रङ्गमञ्चमा । | ||
दुनियाँ त्यसैमा आनन्द मानेर हेर्न जान्छ । बिहा भन्ने चीज भयङ्कर | दुनियाँ त्यसैमा आनन्द मानेर हेर्न जान्छ । बिहा भन्ने चीज भयङ्कर | ||
चीज हुन्छ । त्यसको भीषण नाटकमा वास्तविक | चीज हुन्छ । त्यसको भीषण नाटकमा वास्तविक स्वरूपले अभिनेत्रीको | ||
रूप धारण गर्दा दुलहीहरू रुन्छन् । यो व्यक्तित्वको स्वतन्त्रतालाई सिमित | |||
गर्ने वस्तु हो । यति गर्हुँगो, छुट्याउने, अन्धकारसँग जोड्ने, | गर्ने वस्तु हो । यति गर्हुँगो, छुट्याउने, अन्धकारसँग जोड्ने, | ||
यत्रो भीषण यात्रा र खतरा छ । यसले कलमी गर्छ बिरुवाको, जो एक | यत्रो भीषण यात्रा र खतरा छ । यसले कलमी गर्छ बिरुवाको, जो एक | ||
मृत्युको खतरा हो । | मृत्युको खतरा हो । परिर्वतनविरोधी पौधा मर्छन् । शैशवमा | ||
कोहीकोही मात्र सप्रन्छन् । धेरै चढ्दोबढ्दो उमेरमा बिग्रन्छन्, | |||
बाङ्गिन्छन्, भाँडिन्छन् । अविरोधी | बाङ्गिन्छन्, भाँडिन्छन् । अविरोधी पुतलीहरू घर भन्ने पराईजेलमा | ||
पनि उत्तिकै चल्छन्, जस्तो माइतीमा । परिवर्तनानुसारी | पनि उत्तिकै चल्छन्, जस्तो माइतीमा । परिवर्तनानुसारी मन विकाश | ||
हुने फुल्छन् । तर | हुने फुल्छन् पनि । तर बालकको जेलखानाको स्वरूपमा घर भन्ने | ||
यति भीषण वस्तु | यति भीषण वस्तु छ– यो अन्तर्दृष्टिरहित पुरुषको चैतन्यको पकडबाहिर | ||
छ । | छ । | ||
चम्पाको | चम्पाको बिहा खेल रमाइलो क्रीडा थियो । तर अब बिहा हुने | ||
रे | रे ! यसै साल । उनलाई एक किसिमको अनौठो डर लाग्न थाल्यो, मन | ||
तरङ्गिन लाग्यो । पोइले गहना, हीराका इस्टार, हजार रुपियाँको सारी | तरङ्गिन लाग्यो । "पोइले गहना, हीराका इस्टार, हजार रुपियाँको सारी | ||
इत्यादि | इत्यादि, पाउडर, सुनको किलीप, काँटा अनि त के ल्याउँछन् रे ! | ||
जस्तो फलानीको बिहामा | जस्तो फलानीको बिहामा बेस । तर सित्तै ल्या होला त ? उसको पनि त | ||
मतलब होला नि ? | मतलब होला नि, हामीलाई किन्या होला कि के हँ ? हामी दासी रे उँ ? | ||
हो ? हामी कमारी हो र ? अनि सासू हुन्छ रे ! हाम्री आमा त असल | हो ? हामी कमारी हो र ? अनि सासू हुन्छ रे ! हाम्री आमा त असल, | ||
चौपट्ट असल । आँखामा हाले पनि नबिझाउने, ब्यारे ! तर अर्काकी | चौपट्ट असल । आँखामा हाले पनि नबिझाउने, ब्यारे ! तर अर्काकी | ||
आमा ? | आमा ? छिः माक परी भने नि ? कसै कसैकी आमा एकदम राम्री हुन्न | ||
बा ! यति बाक्लो आँखीभौँ बाबै ? अनि कोही कति दुच्छर हुन्छन् ! |
Latest revision as of 16:08, 11 June 2025
बूढाले आखिर हारे… ज्योतिषीबाजे आइपुगे… भोलिपल्ट चिना खुल्ने भए । तब चम्पालाई नाच्न लगाएर बूढीले एक सेतो नयाँ डबल हातमा राखेर उठाइन्… चम्पाको हाउभाउ अत्यन्त मनोहर थियो । बुहारीहरूले भने, "ठिक्क सिनेमा… ।"
बिचरी चम्पा बुझ्दैनथिन् राम्ररी बिहा भन्ने चीजको उत्तरदायित्व, महत्व, खतरा । उनी बरावर बिहा गरी वनमा खेल्थिन् । मजा हुन्थ्यो नकली रूपमा । कुनै वस्तु, घटना कृत्रिमता या यथार्थ रूपभन्दा राम्रो र आनन्ददायक हुन्छ । वियोगात्मक घटना दुःखदायक हुन्छ तर रङ्गमञ्चमा । दुनियाँ त्यसैमा आनन्द मानेर हेर्न जान्छ । बिहा भन्ने चीज भयङ्कर चीज हुन्छ । त्यसको भीषण नाटकमा वास्तविक स्वरूपले अभिनेत्रीको रूप धारण गर्दा दुलहीहरू रुन्छन् । यो व्यक्तित्वको स्वतन्त्रतालाई सिमित गर्ने वस्तु हो । यति गर्हुँगो, छुट्याउने, अन्धकारसँग जोड्ने, यत्रो भीषण यात्रा र खतरा छ । यसले कलमी गर्छ बिरुवाको, जो एक मृत्युको खतरा हो । परिर्वतनविरोधी पौधा मर्छन् । शैशवमा कोहीकोही मात्र सप्रन्छन् । धेरै चढ्दोबढ्दो उमेरमा बिग्रन्छन्, बाङ्गिन्छन्, भाँडिन्छन् । अविरोधी पुतलीहरू घर भन्ने पराईजेलमा पनि उत्तिकै चल्छन्, जस्तो माइतीमा । परिवर्तनानुसारी मन विकाश हुने फुल्छन् पनि । तर बालकको जेलखानाको स्वरूपमा घर भन्ने यति भीषण वस्तु छ– यो अन्तर्दृष्टिरहित पुरुषको चैतन्यको पकडबाहिर छ ।
चम्पाको बिहा खेल रमाइलो क्रीडा थियो । तर अब बिहा हुने रे ! यसै साल । उनलाई एक किसिमको अनौठो डर लाग्न थाल्यो, मन तरङ्गिन लाग्यो । "पोइले गहना, हीराका इस्टार, हजार रुपियाँको सारी इत्यादि, पाउडर, सुनको किलीप, काँटा अनि त के ल्याउँछन् रे ! जस्तो फलानीको बिहामा बेस । तर सित्तै ल्या होला त ? उसको पनि त मतलब होला नि, हामीलाई किन्या होला कि के हँ ? हामी दासी रे उँ ? हो ? हामी कमारी हो र ? अनि सासू हुन्छ रे ! हाम्री आमा त असल, चौपट्ट असल । आँखामा हाले पनि नबिझाउने, ब्यारे ! तर अर्काकी आमा ? छिः माक परी भने नि ? कसै कसैकी आमा एकदम राम्री हुन्न बा ! यति बाक्लो आँखीभौँ बाबै ? अनि कोही कति दुच्छर हुन्छन् !