Jump to content

Page:Champa.pdf/11: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बूढाको आवाज सुनेर उनले निधार छामेको देखेर  
बूढाको आवाज सुनेर, उनले निधार छामेको देखेर  
सुब्बेनी बज्यै आफ्नो अढाई हत्ते गद्दीको माथितिरको सेतो  
सुब्बेनीवज्यै आफ्नो अढाईहाते गद्दीको मुनितिरको सेतो  
लंपटबाट उडिन्
लम्पटबाट उठिन्


"के भयो ? के भयो ? ठोकियो कि बेसरी ? के भयो ?"
"के भयो ? के भयो ? ठोकियो कि बेसरी ? के भयो ?"


"केही भएन……….. अलिकति ठक्कर मात्रै लाग्यो ।"
"केही भएन… अलिकति ठक्कर मात्रै लाग्यो ।"


"दुख्यो कि साह्रै ?"
"दुख्यो कि सार्‍है ?"


"होइन ……. केही भएन……….. ।"
"होइन केही भएन… ।"


सुब्बाबाजेको आँखा कोठावरिपरि घुमेर सुब्बेनीबज्यैको कोठा सव
सुब्बाबाजेको आँखा कोठावरिपरि घुमे, सुब्बेनीबज्यैको कोठा सव
सिँगारदार, रङ्रगीलो थियो । वालपेपरले सजेको………. पालिसदार दराजहरुले
सिँगारदार, रङ्गिलो थियो । वालपेपरले सजेको… पालिसदार दराजहरूले
सुसज्जित…….. दराज, झ्यालउपर माटाका सिँगारेका उड्दा परीहरु ठाँटेको,  
सुसज्जित… दराज, झ्यालउपर माटाका सिँगारेका उड्दा परीहरू ठाँटेको,  
कार्पेट नयाँ, सत्रञ्जाउपर गलैँचा । सब चीज फरेस देखिन्थे । टेबिलमा ऐना,  
कार्पेट नयाँ, सत्रन्जाउपर गलैँचा । सब चीज फरेस देखिन्थे । टेबिलमा ऐना,  
साबुन, फूलदान, काँचका पुतली, आधा दर्जन प्लेटहरुको खात, आधा दर्जन  
साबुन, फूलदान, काँचका पुतली, आधा दर्जन प्लेटहरूको खात, आधा दर्जन  
चियाका प्यालाहरु ………… थिए । अढाइहत्ते गद्दीउपर साटिनदार झूलको  
चियाका प्यालाहरू … थिए । अढाइहाते गद्दीउपर साटिनदार झूलको  
बारलेटको नीलो रङ्गाएको जाली उचालिएर नागबेली दोलाईंको कलादार  
बाबरलेटको नीलो रङ्गाएको जाली उचालिएर नागबेली दोलाईंको कलादार  
गुँडुल्का स्पष्ट प्रदर्शन गर्दथ्यो……… दुइटा चकडीमा बसेर बुलु र  
गुँडुल्का स्पष्ट प्रदर्शन गर्दथ्यो… दुइटा चकटीमा बसेर बुलु र  
चुनु बुहारी फूलको माला गाँसिरहेका थिए । भोलिको दिन  
चुनु बुहारी फूलको माला गाँसिरहेका थिए । भोलिको दिन  
कृष्णाष्टमी छ ।
कृष्णाष्टमी छ ।


सुब्बाले सुब्बेनीलाई छेड हानेर भने, "सुब्बाभन्दा त सुब्बेनीकै दर्जा  
सुब्बाले सुब्बेनीलाई छेड हानेर भने, "सुब्बाभन्दा त सुब्बेनीकै दर्जा  
पो ज्यादै ठूलो देखिन्छ त ? खूब फरेसमा छौ, ए तिमी त !
पो ज्यादै ठूलो देखिन्छ त ? खूब फरेसमा छ्यौ, ए तिमी त !
अझ उमेर पनि त ताजै छ नि "
अझ उमेर पनि त ताजै छ नि !"


"ऊँ ! कसरी मर्जी भा होला ….. अचम्म ! अर्काको केश  
"उँ ! कसरी मर्जी भा होला … अचम्म ! अर्काको केश  
काँस भैसक्यो ह्वा ! के छ र यहाँ त्यस्तो विघ्न ? म त बिलकुल सादा  
काँस भैसक्यो वाँ ! के छ र यहाँ त्यस्तो विघ्न ? म त बिलकुल सादा  
भन्थेँ ! तर छोराहरु छन् नि हजूरका …….. टेबिल भएन रे, फूलदान  
भन्थेँ ! तर छोराहरू छन् नि हजूरका टेबिल भएन रे, फूलदान  
भएन रे ……. ज्येठाले कलकत्ताबाट ल्याइलिएका प्लेट र प्यालाहरु सब । म  
भएन रे ज्येठाले कलकत्ताबाट ल्याइदिएका प्लेट र प्यालाहरू सब । म  
बूढी कहाँ चिया पिउँथेँ र ? यी कलकत्ताबाजको करले मात्र ।"
बूढी कहाँ चिया पिउँथेँ र ? यी कलकत्ताबाजको करले मात्र ।"


बूढा तस्बिर जाँच्दैहिँडे……. कृष्ण र विष्णु…….. जरीदार, मालादार,  
बूढा तस्वीर जाँच्दै हिँडे… कृष्ण र विष्णु… जरीदार, मालादार,  
सिँगारदार……….. तस्बिरमनि साना तख्ता, तिनउपर एक एक ढलौटे पाला ।  
सिँगारदार… तस्वीरमुनि साना तख्ता, तिनउपर एक-एक ढलौटे पाला ।  
तेल टम्म । बूढाले विचार गरे बूढीको कोठामा रातभर कृष्णजी  
तेल टम्म । बूढाले विचार गरे – "बूढीको कोठामा रातभर कृष्णजी  
चमचम ज्वालाको तारिलो मोहनीले जरुर रासलीला खेल्न आउँदा  
चमचम ज्वालाको तारिलो मोहनीले जरुर रासलीला खेल्न आउँदा  
होलान् स्त्रीजातिलाई यथार्थ स्वामीले पुग्दैन । एक काल्पनिक स्वामी
होलान् ! स्त्रीजातिलाई यथार्थ स्वामीले पुग्दैन । एक काल्पनिक स्वामी

Latest revision as of 15:22, 11 June 2025

This page has been proofread

बूढाको आवाज सुनेर, उनले निधार छामेको देखेर सुब्बेनीवज्यै आफ्नो अढाईहाते गद्दीको मुनितिरको सेतो लम्पटबाट उठिन् ।

"के भयो ? के भयो ? ठोकियो कि बेसरी ? के भयो ?"

"केही भएन… अलिकति ठक्कर मात्रै लाग्यो ।"

"दुख्यो कि सार्‍है ?"

"होइन … केही भएन… ।"

सुब्बाबाजेको आँखा कोठावरिपरि घुमे, सुब्बेनीबज्यैको कोठा सव सिँगारदार, रङ्गिलो थियो । वालपेपरले सजेको… पालिसदार दराजहरूले सुसज्जित… दराज, झ्यालउपर माटाका सिँगारेका उड्दा परीहरू ठाँटेको, कार्पेट नयाँ, सत्रन्जाउपर गलैँचा । सब चीज फरेस देखिन्थे । टेबिलमा ऐना, साबुन, फूलदान, काँचका पुतली, आधा दर्जन प्लेटहरूको खात, आधा दर्जन चियाका प्यालाहरू … थिए । अढाइहाते गद्दीउपर साटिनदार झूलको बाबरलेटको नीलो रङ्गाएको जाली उचालिएर नागबेली दोलाईंको कलादार गुँडुल्का स्पष्ट प्रदर्शन गर्दथ्यो… दुइटा चकटीमा बसेर बुलु र चुनु बुहारी फूलको माला गाँसिरहेका थिए । भोलिको दिन कृष्णाष्टमी छ ।

सुब्बाले सुब्बेनीलाई छेड हानेर भने, "सुब्बाभन्दा त सुब्बेनीकै दर्जा पो ज्यादै ठूलो देखिन्छ त ? खूब फरेसमा छ्यौ, ए तिमी त ! अझ उमेर पनि त ताजै छ नि !"

"उँ ! कसरी मर्जी भा होला … अचम्म ! अर्काको केश काँस भैसक्यो वाँ ! के छ र यहाँ त्यस्तो विघ्न ? म त बिलकुल सादा भन्थेँ ! तर छोराहरू छन् नि हजूरका … टेबिल भएन रे, फूलदान भएन रे … ज्येठाले कलकत्ताबाट ल्याइदिएका प्लेट र प्यालाहरू सब । म बूढी कहाँ चिया पिउँथेँ र ? यी कलकत्ताबाजको करले मात्र ।"

बूढा तस्वीर जाँच्दै हिँडे… कृष्ण र विष्णु… जरीदार, मालादार, सिँगारदार… तस्वीरमुनि साना तख्ता, तिनउपर एक-एक ढलौटे पाला । तेल टम्म । बूढाले विचार गरे – "बूढीको कोठामा रातभर कृष्णजी चमचम ज्वालाको तारिलो मोहनीले जरुर रासलीला खेल्न आउँदा होलान् ! स्त्रीजातिलाई यथार्थ स्वामीले पुग्दैन । एक काल्पनिक स्वामी