Page:Prometheus.pdf/85: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ए स्वर्गले थिचिएको भुसुनो ! तँ गर् जप, | |||
युग, युग अन जिउसको नाम, नत-शीर्ष । | |||
काकहरू गिज्याउलान् भुर्र पंखमा हाँसेफेँ | |||
उडी-उडी तँलाई युग-युग ! ए अमोच्य | |||
अनन्तको कालो कैदी । तँ गती गती तलड्लास् | |||
लाखार महामरुमा डशाङरचांग एक सीनु झैँ महान् | |||
खीसा तारा, नकली आँस् जस्ता, स्वर्ग भर् भर् | |||
हेर्नेछन् हाँसी चमचम अलग बनी तेरो क्लेश ! | |||
चीलहरूको स्वतंत्र उडानको डाहाड गरी | |||
तँ सलिलेक्षण बन्लास् पंखहीन पुरुष | |||
ए दुर्भाग्यको दुर्भाग्य ! उपहास्य ए प्रमिथस !" | |||
{{pcn|(२२)}} | |||
रातो रंग चढेसरि भो प्रमियसको कपोलमा | |||
बारबार ! यिन कु शब्दका जहरिला आक्षेप | |||
घुट्को, घुद्को निले तर ती महाधीरले, | |||
आखिर आतट्मदमतले ओजस्वी, महाप्रशान्त | |||
बोलेनन् ती, जसरी बोल्दैन महाकाशको | |||
समुच्छित नक्षत्र, स्यालहरूका उपहासमा प्रसन्न, | |||
हेय नदीको तीर, सडल-पडलमा प्रसन्न । | |||
{{pcn|(२३)}} | |||
क्राटोसका क्रर ध्वनिहरू आफैँ भए विलीन, | |||
बराबर शब्द त्यो मरुमा बनस्पति देवता | |||
रोए तरतर त्यस निष्ठुर उच्चारणमा | |||
क्षणभर प्रमिधसले चिम्ले विपुल लोचन; | |||
जस्तो ढुक्कुरहरू चिम्लन्छन् व्याधाका करमा | |||
अति- निर्दोषिताले सहन नसके छै क्रुर | |||
यथार्थको चोट, संसारको मुख देख्न नपर्ने | |||
_ गरी ईष्याहीन निमीलन युगल दुगको । | |||
{{pcn|(२४)}} | |||
तर जब ती कर्मचारीहरू गए दूर, | |||
तब खोले उनले लोचन ककेससका | |||
उच्चा;चलहरू समृद्र किनारनिर | |||
छायादार थिए अपराष्टनमा, गरल-दष्ट ! | |||
युग युगका आँधी, मरीले थिए चाउरीदार | |||
ती अचल रेखाहरू, दु:ःखसुखका अनुभवी | |||
तिनउपर नजर डाले अभागी प्रमिथसले । | |||
{{pcn|(२५)}} | |||
ती अचलहरू । स्वर्ग उडानको आशा कुंठित | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:21, 6 June 2025
ए स्वर्गले थिचिएको भुसुनो ! तँ गर् जप,
युग, युग अन जिउसको नाम, नत-शीर्ष ।
काकहरू गिज्याउलान् भुर्र पंखमा हाँसेफेँ
उडी-उडी तँलाई युग-युग ! ए अमोच्य
अनन्तको कालो कैदी । तँ गती गती तलड्लास्
लाखार महामरुमा डशाङरचांग एक सीनु झैँ महान्
खीसा तारा, नकली आँस् जस्ता, स्वर्ग भर् भर्
हेर्नेछन् हाँसी चमचम अलग बनी तेरो क्लेश !
चीलहरूको स्वतंत्र उडानको डाहाड गरी
तँ सलिलेक्षण बन्लास् पंखहीन पुरुष
ए दुर्भाग्यको दुर्भाग्य ! उपहास्य ए प्रमिथस !"
(२२)
रातो रंग चढेसरि भो प्रमियसको कपोलमा
बारबार ! यिन कु शब्दका जहरिला आक्षेप
घुट्को, घुद्को निले तर ती महाधीरले,
आखिर आतट्मदमतले ओजस्वी, महाप्रशान्त
बोलेनन् ती, जसरी बोल्दैन महाकाशको
समुच्छित नक्षत्र, स्यालहरूका उपहासमा प्रसन्न,
हेय नदीको तीर, सडल-पडलमा प्रसन्न ।
(२३)
क्राटोसका क्रर ध्वनिहरू आफैँ भए विलीन,
बराबर शब्द त्यो मरुमा बनस्पति देवता
रोए तरतर त्यस निष्ठुर उच्चारणमा
क्षणभर प्रमिधसले चिम्ले विपुल लोचन;
जस्तो ढुक्कुरहरू चिम्लन्छन् व्याधाका करमा
अति- निर्दोषिताले सहन नसके छै क्रुर
यथार्थको चोट, संसारको मुख देख्न नपर्ने
_ गरी ईष्याहीन निमीलन युगल दुगको ।
(२४)
तर जब ती कर्मचारीहरू गए दूर,
तब खोले उनले लोचन ककेससका
उच्चा;चलहरू समृद्र किनारनिर
छायादार थिए अपराष्टनमा, गरल-दष्ट !
युग युगका आँधी, मरीले थिए चाउरीदार
ती अचल रेखाहरू, दु:ःखसुखका अनुभवी
तिनउपर नजर डाले अभागी प्रमिथसले ।
(२५)
ती अचलहरू । स्वर्ग उडानको आशा कुंठित