Page:Champa.pdf/8: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
रातो मुख | रातो मुख लागाएर हेर्थे ए हामीलाई पनि ! | ||
सुब्बाबाजे उठेर टेबिलअगाडि उभिए… | सुब्बाबाजे उठेर टेबिलअगाडि उभिए… हातमा काँडे लट्ठी | ||
थियो । उनले हल्पी | थियो । उनले हल्पी ऐनाअगाडि आफ्नो चेहेरा जाँचे– मुखको | ||
गतिपति थिएन । अलिकति जिल्ल परे । मानिस आफ्नो उपहास योग्यतामा | गतिपति थिएन । अलिकति जिल्ल परे । मानिस आफ्नो उपहास योग्यतामा | ||
सचेतता राख्दैन । किन | सचेतता राख्दैन । 'किन नहाँसून नाइँ, छेपाराले चुस्या' जस्ता | ||
ढुम्म | ढुम्म मोरीहरू !' … उनको जीवन नै हँस्सी थियो … वृद्धताउपर | ||
निरादरको दृष्टि पनि स्वभाविकै हो, उनले चित्त बुझाए । हामी पनि त | निरादरको दृष्टि पनि स्वभाविकै हो, उनले चित्त बुझाए । 'हामी पनि त | ||
हाँस्यौँ नि आफ्नो जमानामा… हर्के बूढो, अरिमर्दन बूढो, | |||
सुब्बेनी माइज्यूलाई देखेर कति जिस्काइन्थ्यो तिनलाई ! उहिले, | |||
उहिले ! | उहिले !' | ||
उनको यस्तो मानसिक अवस्थामा नातिनी चम्पा भित्र पसिन् । बूढाले | उनको यस्तो मानसिक अवस्थामा नातिनी चम्पा भित्र पसिन् । बूढाले | ||
ऐना हेर्न लागेको देखेर उनलाई बडो आश्चर्य लाग्यो । त्यस्तो | ऐना हेर्न लागेको देखेर उनलाई बडो आश्चर्य लाग्यो । त्यस्तो | ||
बूढो | बूढो मान्छेले किन ऐना हेर्या होला । के मजा लाग्दो होला, | ||
छिः ! … | |||
बाजेको समीपमा पुगेर १२ वर्षकी मीठी चम्पाले बोलिन्, "हैन | बाजेको समीपमा पुगेर १२ वर्षकी मीठी चम्पाले बोलिन्, "हैन | ||
हजूरबुबा ! हजुरलाई पनि ऐना हेर्न मन लाग्छ ?" | हजूरबुबा ! हजुरलाई पनि ऐना हेर्न मन लाग्छ ?" | ||
बूढा नातिनीतिर | बूढा नातिनीतिर फर्के… दारीमा हात लगाएर भने, "आम्मै ! | ||
हाम्रो आँखा | हाम्रो आँखा हैइन र ? हाम्रो मुख होइन ? तिमीहरुको मात्र | ||
आँखा मुख हुन्छ त ?" | आँखा, मुख हुन्छ त ?" | ||
" | "हजूरबुबा ! हजूरलाई आफ्नो मुहार चौपट्ट राम्रो लाग्छ | ||
हगि ?" | |||
"चोरको खुट्टा | "चोरको खुट्टा काट् … बूढाले उत्तर दिए, "हेरन, आफ्नो | ||
मनको कुरा बकेकी । हामीलाई आफ्नै मुख हेर्न मन लाग्दैन त | मनको कुरा बकेकी । हामीलाई आफ्नै मुख हेर्न मन लाग्दैन त ! | ||
जुँघामा कति तमाखुको | जुँघामा कति तमाखुको काई लाग्यो भनेर । तिमीहरुलाई पो जुन | ||
बेला पनि सिँगार गरिरहूँ, ऐनामा | बेला पनि सिँगार गरिरहूँ, ऐनामा हेरिरहूँ जस्तो लाग्छ ।" | ||
"हजूरबुवाको मुहार मलाई | "हजूरबुवाको मुहार मलाई ता चौपट्ट हिसी भएको जस्तो | ||
मलाई अरु मान्छे चाउरी नपरेको भए पनि कत्ति पनि राम्रो | लाग्छ । मलाई अरु मान्छे चाउरी नपरेको भए पनि कत्ति पनि राम्रो | ||
लाग्दैन, बाबै !" | लाग्दैन, बाबै !" | ||
Latest revision as of 19:02, 5 June 2025
रातो मुख लागाएर हेर्थे ए हामीलाई पनि !
सुब्बाबाजे उठेर टेबिलअगाडि उभिए… हातमा काँडे लट्ठी थियो । उनले हल्पी ऐनाअगाडि आफ्नो चेहेरा जाँचे– मुखको गतिपति थिएन । अलिकति जिल्ल परे । मानिस आफ्नो उपहास योग्यतामा सचेतता राख्दैन । 'किन नहाँसून नाइँ, छेपाराले चुस्या' जस्ता ढुम्म मोरीहरू !' … उनको जीवन नै हँस्सी थियो … वृद्धताउपर निरादरको दृष्टि पनि स्वभाविकै हो, उनले चित्त बुझाए । 'हामी पनि त हाँस्यौँ नि आफ्नो जमानामा… हर्के बूढो, अरिमर्दन बूढो, सुब्बेनी माइज्यूलाई देखेर कति जिस्काइन्थ्यो तिनलाई ! उहिले, उहिले !'
उनको यस्तो मानसिक अवस्थामा नातिनी चम्पा भित्र पसिन् । बूढाले ऐना हेर्न लागेको देखेर उनलाई बडो आश्चर्य लाग्यो । त्यस्तो बूढो मान्छेले किन ऐना हेर्या होला । के मजा लाग्दो होला, छिः ! …
बाजेको समीपमा पुगेर १२ वर्षकी मीठी चम्पाले बोलिन्, "हैन हजूरबुबा ! हजुरलाई पनि ऐना हेर्न मन लाग्छ ?"
बूढा नातिनीतिर फर्के… दारीमा हात लगाएर भने, "आम्मै ! हाम्रो आँखा हैइन र ? हाम्रो मुख होइन ? तिमीहरुको मात्र आँखा, मुख हुन्छ त ?"
"हजूरबुबा ! हजूरलाई आफ्नो मुहार चौपट्ट राम्रो लाग्छ हगि ?"
"चोरको खुट्टा काट् … बूढाले उत्तर दिए, "हेरन, आफ्नो मनको कुरा बकेकी । हामीलाई आफ्नै मुख हेर्न मन लाग्दैन त ! जुँघामा कति तमाखुको काई लाग्यो भनेर । तिमीहरुलाई पो जुन बेला पनि सिँगार गरिरहूँ, ऐनामा हेरिरहूँ जस्तो लाग्छ ।"
"हजूरबुवाको मुहार मलाई ता चौपट्ट हिसी भएको जस्तो लाग्छ । मलाई अरु मान्छे चाउरी नपरेको भए पनि कत्ति पनि राम्रो लाग्दैन, बाबै !"
"कस्ती बाठी ठिटी । कागको फुल चोर्ने, हेरन । म राम्रो छु ? फटाही !"