Jump to content

Page:Shakuntala.pdf/347: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
मुस्मुसे सम्झना बस्छे पन्लवाधरमा मिही ।
मुस्मुसे सम्झना बस्छे पल्लवाधरमा मिही ।
कपोलै पुष्ट हँसिलो ज्योत्स्नासित प्रसन्न छ ॥
कपोलै पुष्ट हँसिलो ज्योत्स्नासित प्रसन्न छ ॥
रत्न-झल्मल चाञ्चल्य शीतका कणले दिए ।
रत्न-झल्मल चाञ्चल्य शीतका कणले दिए ।
Line 7: Line 7:
दिँदा चपत हावाले फूल-गालाविषे अलि ।
दिँदा चपत हावाले फूल-गालाविषे अलि ।
लाल वर्ण भई लज्जा मस्त हुन्थी त्यहाँ खुली ॥
लाल वर्ण भई लज्जा मस्त हुन्थी त्यहाँ खुली ॥
साफल्य बेसको भर्दो मीठो स्पन्दित आकृति ।
साफल्य बैंसको भर्दो मीठो स्पन्दित आकृति ।
अली अली चले जस्तो भावले उछलिँदा उर ॥
अली अली चले जस्तो भावले उछ्‌लिँदा उर ॥
मीठो कृत्कृति लागेर, पन्सिइन्थे बराबर ।
मीठो कुत्कुति लागेर, पन्सिइन्थे बराबर ।
दुराक्रमण हावाको बेशर्मी भै बढीकन ॥
दुराक्रमण हावाको बेशर्मी भै बढीकन ॥
पन्सिएरए यमो केही अर्का ढलक सुन्दर ।
पन्सिएर यसो केही अर्को ढलक सुन्दर ।
लिन्थे 'नाइँ' भने जस्तो मुस्कुरे ओठले त्यहाँ ॥
लिन्थे 'नाइँ' भने जस्तो मुस्कुरे ओठले त्यहाँ ॥
मीठो लज्जत झल्किन्छ सुख जस्तो निषेधको ।
मीठो लज्जत झल्किन्छ सुख जस्तो निषेधको ।
त्यस्ता बैंसे थिए वल्ली मस्त हल्ली मनोहर ॥
त्यस्ता बैंसे थिए वल्ली मस्त हल्ली मनोहर ॥
प्रेमका दिलको इच्छा सिँगार अब षोडशा
प्रेमका दिलको इच्छा सिँगार अब षोडश
साथ पूर्ण गर्दै भन्ने कामना झैं लजाउँथे ॥
साथ पूर्ण गरूँ भन्ने कामना झैं लजाउँथे ॥
नटी झैं ती प्रतीक्षाले सिँगारी मुख उज्ज्वल ।
नटी झैं ती प्रतीक्षाले सिँगारी मुख उज्ज्वल ।
मानौ ढल्केर खोज्दा छन्‌ जूनमा कामदेव नै ॥
मानो ढल्केर खोज्दा छन्‌ जूनमा कामदेव नै ॥
मृद्केशी रागवैशी चिन्तालेशी तिनीहरू ।
मृदुकेशी रागवेशी चिन्तालेशी तिनीहरू ।
मन्द चाञ्चल्यले चारु बनी वल्ली तथा तरु ॥
मन्द चाञ्चल्यले चारु बनी वल्ली तथा तरु ॥
त्यहाँ रहे झै देखिन्थे बागमा सूरर्गका
त्यहाँ रहे झैं देखिन्थे बागमा सूरवर्गका
तपस्वीहरु देखिन्थे त्यहाँ पनि समज्ज्वल
तपस्वीहरु देखिन्थे त्यहाँ पनि समुज्ज्वल
जूनभित्र शिलातृल्य ध्यानी कोमलभावका ।
जूनभित्र शिलातुल्य ध्यानी कोमलभावका ।
रत्नदार शिलामाथि बसेको मेरुदण्डका ।
रत्नदार शिलामाथि बसेको मेरुदण्डका ।
सोझा ब्रह्मा विचारेर, स्वर्गका परको करा
सोझा ब्रह्मा विचारेर, स्वर्गका परको कुरा
{{pcn|(१६०)}}
{{pcn|(१६०)}}


सोधै दुष्यन्तले इन्द्रसाथ "यी क्रषिवर्गले
सोधे दुष्यन्तले इन्द्रसाथ "यी ऋषिवर्गले
तपस्या किन गर्दा छन्‌ पुगेन अझ स्वर्गले ?"
तपस्या किन गर्दा छन्‌ पुगेन अझ स्वर्गले ?"
{{pcn|(१६१)}}
{{pcn|(१६१)}}


ड्न्द्र भन्छन्‌ "स्वर्गलाई पनि राख्नै कनै कुरा ।
इन्द्र भन्छन्‌ "स्वर्गलाई पनि राख्ने कुनै कुरा ।
अनन्त अमृतानन्द भण्डार र अनन्तता ॥
अनन्त अमृतानन्द भण्डार र अनन्तता ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 07:18, 31 May 2025

This page has been proofread

मुस्मुसे सम्झना बस्छे पल्लवाधरमा मिही ।
कपोलै पुष्ट हँसिलो ज्योत्स्नासित प्रसन्न छ ॥
रत्न-झल्मल चाञ्चल्य शीतका कणले दिए ।
हल्लियो सर्सराएर हरा पोशाक रेशमी ॥
दिँदा चपत हावाले फूल-गालाविषे अलि ।
लाल वर्ण भई लज्जा मस्त हुन्थी त्यहाँ खुली ॥
साफल्य बैंसको भर्दो मीठो स्पन्दित आकृति ।
अली अली चले जस्तो भावले उछ्‌लिँदा उर ॥
मीठो कुत्कुति लागेर, पन्सिइन्थे बराबर ।
दुराक्रमण हावाको बेशर्मी भै बढीकन ॥
पन्सिएर यसो केही अर्को ढलक सुन्दर ।
लिन्थे 'नाइँ' भने जस्तो मुस्कुरे ओठले त्यहाँ ॥
मीठो लज्जत झल्किन्छ सुख जस्तो निषेधको ।
त्यस्ता बैंसे थिए वल्ली मस्त हल्ली मनोहर ॥
प्रेमका दिलको इच्छा सिँगार अब षोडश ।
साथ पूर्ण गरूँ भन्ने कामना झैं लजाउँथे ॥
नटी झैं ती प्रतीक्षाले सिँगारी मुख उज्ज्वल ।
मानो ढल्केर खोज्दा छन्‌ जूनमा कामदेव नै ॥
मृदुकेशी रागवेशी चिन्तालेशी तिनीहरू ।
मन्द चाञ्चल्यले चारु बनी वल्ली तथा तरु ॥
त्यहाँ रहे झैं देखिन्थे बागमा सूरवर्गका ।
तपस्वीहरु देखिन्थे त्यहाँ पनि समुज्ज्वल ॥
जूनभित्र शिलातुल्य ध्यानी कोमलभावका ।
रत्नदार शिलामाथि बसेको मेरुदण्डका ।
सोझा ब्रह्मा विचारेर, स्वर्गका परको कुरा ॥
(१६०)

सोधे दुष्यन्तले इन्द्रसाथ "यी ऋषिवर्गले ।
तपस्या किन गर्दा छन्‌ पुगेन अझ स्वर्गले ?"
(१६१)

इन्द्र भन्छन्‌ "स्वर्गलाई पनि राख्ने कुनै कुरा ।
अनन्त अमृतानन्द भण्डार र अनन्तता ॥