Page:Shakuntala.pdf/330: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
चीसो झन् बढ्न लाग्यो ' | चीसो झन् बढ्न लाग्यो 'हृदनल' खिचिँदा सूर्यका तेज आई । | ||
::देख्दा सारा उज्यालो तर गगन थियो | ::देख्दा सारा उज्यालो तर गगन थियो उष्णताहीनतुल्य ॥ | ||
हावा भै पातलो झैं अलि कठिन हुँदा खास ती भूपबाट । | हावा भै पातलो झैं अलि कठिन हुँदा खास ती भूपबाट । | ||
::अर्को अस्त्र-प्रयुक्तै हुन गइ बढिगो भै बलीयो प्रवात ॥ | ::अर्को अस्त्र-प्रयुक्तै हुन गइ बढिगो भै बलीयो प्रवात ॥ | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
"खै क्यै देखिन्न याहाँ गगन सब निलो शून्य देखिन्छ सारा | "खै क्यै देखिन्न याहाँ गगन सब निलो शून्य देखिन्छ सारा । | ||
::रित्तो ठूलो उज्यालो ! रवि पनि उसमा स्वावलम्बी-समान ॥ | ::रित्तो ठूलो उज्यालो ! रवि पनि उसमा स्वावलम्बी-समान ॥ | ||
बाटो देखिन्न केही न छ वरपर क्यै दिव्य | बाटो देखिन्न केही न छ वरपर क्यै दिव्य सङ्केत मानो । | ||
::स्वर्गै होला नहोलासरि सब नभको शून्यताले गिज्यायो ॥" | ::स्वर्गै होला नहोलासरि सब नभको शून्यताले गिज्यायो ॥" | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
हाँसेका याननेता मुसुमुसु नृपमा विन्ति यो गर्न लागे । | हाँसेका याननेता मुसुमुसु नृपमा विन्ति यो गर्न लागे । | ||
:: | ::"यस्तै शङ्का लिनाले युगयुग जनले मार्ग नै देखिएन ॥ | ||
सस्तो बाटो गराए सब सुरपुरमा पुग्दछन् रे भनेर । | सस्तो बाटो गराए सब सुरपुरमा पुग्दछन् रे भनेर । | ||
::यस्तो आच्छन्न जस्तो नजरअघि भयो स्वर्ग संसारको रे ! | ::यस्तो आच्छन्न जस्तो नजरअघि भयो स्वर्ग संसारको रे ! | ||
Line 20: | Line 20: | ||
चाहन्छौं देव शान्ति प्रथम सब कुरा त्याग गर्ने बनेर । | चाहन्छौं देव शान्ति प्रथम सब कुरा त्याग गर्ने बनेर । | ||
::स्पर्धाको त्यो सुनौला गजुर | ::स्पर्धाको त्यो सुनौला गजुर ऋषिहरू मात्र बुझ्छन् गुनेर ॥ | ||
छोटाले भेटिएका गडबड हुन गै बिग्रिएला अशान्त । | छोटाले भेटिएका गडबड हुन गै बिग्रिएला अशान्त । | ||
::भन्ने सम्झी छ | ::भन्ने सम्झी छ ऊँचा नजरपर सबै दिव्य सर्वस्वतुल्य ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
बाटो देखिन्न केही जुन हृदयविषे भावना छैन दिव्य । | बाटो देखिन्न केही जुन हृदयविषे भावना छैन दिव्य । | ||
::त्यस्ताको यत्न लामो शिखरतिर पुगी हुन्न त्यो स्वर्ग लभ्य ॥ | ::त्यस्ताको यत्न लामो शिखरतिर पुगी हुन्न त्यो स्वर्ग लभ्य ॥ | ||
विश्वासैमा अडेको | विश्वासैमा अडेको सुविमल दिलले खोज गर्ला अवश्य । | ||
:: | ::चुत्थो ठानी जगत् जो त्यसपछि रहला चारु खुल्दै रहस्य ॥ | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
Line 34: | Line 34: | ||
::सम्मन् सारा नराखी हुदयबिच हुने भित्रको गन्ध चेत- | ::सम्मन् सारा नराखी हुदयबिच हुने भित्रको गन्ध चेत- | ||
बाटै फेला परोस् यो प्रकृति सब जिती यो गरेको विचार । | बाटै फेला परोस् यो प्रकृति सब जिती यो गरेको विचार । | ||
::श्री स्वामीले बनाए सुरपुर | ::श्री स्वामीले बनाए सुरपुर दृगको दूर झैं शून्यतामा ॥ | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:45, 30 May 2025
चीसो झन् बढ्न लाग्यो 'हृदनल' खिचिँदा सूर्यका तेज आई ।
देख्दा सारा उज्यालो तर गगन थियो उष्णताहीनतुल्य ॥
हावा भै पातलो झैं अलि कठिन हुँदा खास ती भूपबाट ।
अर्को अस्त्र-प्रयुक्तै हुन गइ बढिगो भै बलीयो प्रवात ॥
(२३)
"खै क्यै देखिन्न याहाँ गगन सब निलो शून्य देखिन्छ सारा ।
रित्तो ठूलो उज्यालो ! रवि पनि उसमा स्वावलम्बी-समान ॥
बाटो देखिन्न केही न छ वरपर क्यै दिव्य सङ्केत मानो ।
स्वर्गै होला नहोलासरि सब नभको शून्यताले गिज्यायो ॥"
(२४)
हाँसेका याननेता मुसुमुसु नृपमा विन्ति यो गर्न लागे ।
"यस्तै शङ्का लिनाले युगयुग जनले मार्ग नै देखिएन ॥
सस्तो बाटो गराए सब सुरपुरमा पुग्दछन् रे भनेर ।
यस्तो आच्छन्न जस्तो नजरअघि भयो स्वर्ग संसारको रे !
(२५)
चाहन्छौं देव शान्ति प्रथम सब कुरा त्याग गर्ने बनेर ।
स्पर्धाको त्यो सुनौला गजुर ऋषिहरू मात्र बुझ्छन् गुनेर ॥
छोटाले भेटिएका गडबड हुन गै बिग्रिएला अशान्त ।
भन्ने सम्झी छ ऊँचा नजरपर सबै दिव्य सर्वस्वतुल्य ॥
(२६)
बाटो देखिन्न केही जुन हृदयविषे भावना छैन दिव्य ।
त्यस्ताको यत्न लामो शिखरतिर पुगी हुन्न त्यो स्वर्ग लभ्य ॥
विश्वासैमा अडेको सुविमल दिलले खोज गर्ला अवश्य ।
चुत्थो ठानी जगत् जो त्यसपछि रहला चारु खुल्दै रहस्य ॥
(२७)
भन्ने सम्झी यसैले अमर नियतिले मार्ग मेटेर रेखा-
सम्मन् सारा नराखी हुदयबिच हुने भित्रको गन्ध चेत-
बाटै फेला परोस् यो प्रकृति सब जिती यो गरेको विचार ।
श्री स्वामीले बनाए सुरपुर दृगको दूर झैं शून्यतामा ॥
(२८)