Page:Shakuntala.pdf/311: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
बनिन् मानो कोही सुरयुवति जस्ती तल झरी । | |||
::रुझेकी लाटी | ::रुझेकी लाटी झैं गहन वनमा के गरूँसरि ॥ | ||
धरामा झर्ने जो त्रुटि सुरपुरीको महलका । | |||
::सबै बिर्सेकी ती तिमिर घनमा शून्य वनमा ॥ | ::सबै बिर्सेकी ती तिमिर घनमा शून्य वनमा ॥ | ||
{{pcn|(२०४)}} | {{pcn|(२०४)}} | ||
कठै ! कस्ती दुःखी कठिन जगको जाल | कठै ! कस्ती दुःखी कठिन जगको जाल नबुझी ! | ||
::त्यसै फुल्दै हिल्दै | ::त्यसै फुल्दै हिल्दै सरलहृदया स्वर्गृह रची ॥ | ||
सुनौला स्वप्नाका सुखसित फिरिन् हाय | सुनौला स्वप्नाका सुखसित फिरिन् हाय बबुरी । | ||
::यहाँ | ::यहाँ बज्रै चड्केसरि हुन गइन् कोमल परी ॥ | ||
{{pcn|(२०५)}} | {{pcn|(२०५)}} | ||
"चिनो के | "चिनो के रे तिम्रो ?"" नृपति तब बोले उनतिर । | ||
::"यही औंठी" भन्दी विरहरह ती झिक्न त्वरित ॥ | ::"यही औंठी" भन्दी विरहरह ती झिक्न त्वरित ॥ | ||
दुवै दायाँ औंला चकित अब पारी गजब छन् । | दुवै दायाँ औंला चकित अब पारी गजब छन् । | ||
::"कहाँ गो | ::"कहाँ गो औंठी त्यो ?"" भनिकन पुकारा नजरकी ॥ | ||
{{pcn|(२०६)}} | {{pcn|(२०६)}} | ||
"नबस्ने हामी ता कपटदिलका यी निकटमा । | "नबस्ने हामी ता कपटदिलका यी निकटमा । | ||
:: | ::हिंडौं आमा ! हामी अब लुछिरहून् मासु यिनको ॥ | ||
अमीलो बास्नाले सुख हुदयमा | अमीलो बास्नाले सुख हुदयमा हुन्छ नृपते ! | ||
:: | ::उसिन्दै खाए है, मृदुलवदनीलाइ सुखले ॥" | ||
{{pcn|(२०७)}} | {{pcn|(२०७)}} | ||
भनी तर्दै आँखा रिससित चले बाहिरतिर । | भनी तर्दै आँखा रिससित चले बाहिरतिर । | ||
::बसे ढोकामा ती "जननि | ::बसे ढोकामा ती "जननि हिंड" भन्दै कर गरी ॥ | ||
"कहाँ गो | "कहाँ गो औंठी त्यो ?" वरपर छ सोद्धा नि नजर । | ||
::"हरे ! खै | ::"हरे ! खै त्यो आमा ! न त विधि भयो चोर प्रखर ॥ | ||
{{pcn|(२०८)}} | {{pcn|(२०८)}} | ||
अहो ! मैले औंठी सरनिर कतै स्नान" यतिमा । | अहो ! मैले औंठी सरनिर कतै स्नान" यतिमा । | ||
:: | ::उडूँ झैं हुन्छिन् ती तर अब निराशा छ गतिमा ॥ | ||
"हरे ! औंठी तिम्रो नियतिसरि खोटो खसिगयो । | "हरे ! औंठी तिम्रो नियतिसरि खोटो खसिगयो । | ||
::जरूरै चीसो त्यो सरतिर | ::जरूरै चीसो त्यो सरतिर निठूरी हरि ! हरि !" | ||
{{pcn|(२०९)}} | {{pcn|(२०९)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 23:08, 28 May 2025
बनिन् मानो कोही सुरयुवति जस्ती तल झरी ।
रुझेकी लाटी झैं गहन वनमा के गरूँसरि ॥
धरामा झर्ने जो त्रुटि सुरपुरीको महलका ।
सबै बिर्सेकी ती तिमिर घनमा शून्य वनमा ॥
(२०४)
कठै ! कस्ती दुःखी कठिन जगको जाल नबुझी !
त्यसै फुल्दै हिल्दै सरलहृदया स्वर्गृह रची ॥
सुनौला स्वप्नाका सुखसित फिरिन् हाय बबुरी ।
यहाँ बज्रै चड्केसरि हुन गइन् कोमल परी ॥
(२०५)
"चिनो के रे तिम्रो ?"" नृपति तब बोले उनतिर ।
"यही औंठी" भन्दी विरहरह ती झिक्न त्वरित ॥
दुवै दायाँ औंला चकित अब पारी गजब छन् ।
"कहाँ गो औंठी त्यो ?"" भनिकन पुकारा नजरकी ॥
(२०६)
"नबस्ने हामी ता कपटदिलका यी निकटमा ।
हिंडौं आमा ! हामी अब लुछिरहून् मासु यिनको ॥
अमीलो बास्नाले सुख हुदयमा हुन्छ नृपते !
उसिन्दै खाए है, मृदुलवदनीलाइ सुखले ॥"
(२०७)
भनी तर्दै आँखा रिससित चले बाहिरतिर ।
बसे ढोकामा ती "जननि हिंड" भन्दै कर गरी ॥
"कहाँ गो औंठी त्यो ?" वरपर छ सोद्धा नि नजर ।
"हरे ! खै त्यो आमा ! न त विधि भयो चोर प्रखर ॥
(२०८)
अहो ! मैले औंठी सरनिर कतै स्नान" यतिमा ।
उडूँ झैं हुन्छिन् ती तर अब निराशा छ गतिमा ॥
"हरे ! औंठी तिम्रो नियतिसरि खोटो खसिगयो ।
जरूरै चीसो त्यो सरतिर निठूरी हरि ! हरि !"
(२०९)