Page:Luni.pdf/44: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
केलाएका | केलाएका झार भुवा | ||
::सुनका तारले | ::सुनका तारले फड्कन्छन् । | ||
सीलको छाला मारेर | सीलको छाला मारेर | ||
::गुलाफ जलले छर्कन्छन् ॥ | ::गुलाफ जलले छर्कन्छन् ॥ | ||
Line 10: | Line 10: | ||
चरी-भुवा डसनामा | चरी-भुवा डसनामा | ||
::परीका करले फर्कन्छन् ॥ | ::परीका करले फर्कन्छन् ॥ | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
तर छन् रानी | तर छन् रानी लूनीलाई | ||
::नजर भुलभुल छिनछिनमा । | ::नजर भुलभुल छिनछिनमा । | ||
कपाल दुख्यो भन्दछिन् | कपाल दुख्यो भन्दछिन् | ||
Line 19: | Line 18: | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
सम्झिन् उल्टो 'लूनी' ले | |||
::चाङना बस्ने | ::चाङना बस्ने झोपडी | ||
तारामण्डल | तारामण्डल झ्याङप्वाले | ||
::खरको छानो आलटाले | ::खरको छानो आलटाले | ||
बाङ्गोटिङ्गो कटेरो, | बाङ्गोटिङ्गो कटेरो, | ||
::स्याउलाको ओछ्यान लाएको, | ::स्याउलाको ओछ्यान लाएको, | ||
कम्बल पाखी | कम्बल पाखी झुत्राको | ||
::स्वर्ग जस्तो त्यो घडी । | ::स्वर्ग जस्तो त्यो घडी । | ||
जहाँ गुड्थ्यो विट्विना | जहाँ गुड्थ्यो विट्विना | ||
:: | ::घैँटे जलको लडिबुडी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:14, 27 May 2025
This page has been proofread
(१४)
केलाएका झार भुवा
सुनका तारले फड्कन्छन् ।
सीलको छाला मारेर
गुलाफ जलले छर्कन्छन् ॥
तकिया त्यसको लम्याई
केश ती काला लर्कन्छन् ॥
चरी-भुवा डसनामा
परीका करले फर्कन्छन् ॥
(१५)
तर छन् रानी लूनीलाई
नजर भुलभुल छिनछिनमा ।
कपाल दुख्यो भन्दछिन्
बादल हाली ती मनमा ।
(१६)
सम्झिन् उल्टो 'लूनी' ले
चाङना बस्ने झोपडी
तारामण्डल झ्याङप्वाले
खरको छानो आलटाले
बाङ्गोटिङ्गो कटेरो,
स्याउलाको ओछ्यान लाएको,
कम्बल पाखी झुत्राको
स्वर्ग जस्तो त्यो घडी ।
जहाँ गुड्थ्यो विट्विना
घैँटे जलको लडिबुडी ॥