Page:Shakuntala.pdf/336: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
तपस्वीले यस्ता नव नव कुरामा यदि अन । | तपस्वीले यस्ता नव नव कुरामा यदि अन । | ||
थपेदेखी आध्यात्मिक बल बढे युद्धविभव ॥ | ::थपेदेखी आध्यात्मिक बल बढे युद्धविभव ॥ | ||
डरै लाग्दा हुन्छन् अनि असुरले जित्छ कि भनी । | डरै लाग्दा हुन्छन् अनि असुरले जित्छ कि भनी । | ||
डराएका द्यौता खलबल थिए के गहेँ भनी ॥ | ::डराएका द्यौता खलबल थिए के गहेँ भनी ॥ | ||
{{pcn|(५९)}} | {{pcn|(५९)}} | ||
यसैमा सल्लाहा नृपसँग लिए बेस छ भनी । | यसैमा सल्लाहा नृपसँग लिए बेस छ भनी । | ||
बताए मन्त्रीले, सुरविमल भै राज्य अवनि ॥ | ::बताए मन्त्रीले, सुरविमल भै राज्य अवनि ॥ | ||
सिपालु स्वाध्यायी अवनितलमा क्वै अझ पनि । | सिपालु स्वाध्यायी अवनितलमा क्वै अझ पनि । | ||
नछन् प्यारा मेरा नृपवर सखा झै कुन भनी ॥ | ::नछन् प्यारा मेरा नृपवर सखा झै कुन भनी ॥ | ||
{{pcn|(६०)}} | {{pcn|(६०)}} | ||
"यता विज्ञानी भै उसतिर भई ज्ञानसहित । | "यता विज्ञानी भै उसतिर भई ज्ञानसहित । | ||
दुवैतर्फी तेजी प्रबल नृप झै कल्करहित ॥ | ::दुवैतर्फी तेजी प्रबल नृप झै कल्करहित ॥ | ||
अरू कोही छैनन् मकन पनि थाहा यति थियो । | अरू कोही छैनन् मकन पनि थाहा यति थियो । | ||
सवारी भो राजा अन सकल चिन्ता पनि गयो ॥" | ::सवारी भो राजा अन सकल चिन्ता पनि गयो ॥" | ||
{{pcn|(६१)}} | {{pcn|(६१)}} | ||
भनी बज्जी थप्छन् "असुरगुरु झै एक मनको । | भनी बज्जी थप्छन् "असुरगुरु झै एक मनको । | ||
तपस्वी क्वै छैनन् त्रिभुवनभरी देवगणको ॥ | ::तपस्वी क्वै छैनन् त्रिभुवनभरी देवगणको ॥ | ||
उनैले जित्नेछन् सकल सुरलाई सहजले । | उनैले जित्नेछन् सकल सुरलाई सहजले । | ||
भनी कोही भन्छन् डर मकन भो ती लवजले ॥ | ::भनी कोही भन्छन् डर मकन भो ती लवजले ॥ | ||
{{pcn|(६२)}} | {{pcn|(६२)}} | ||
कसो गर्ने भन्दा नृपवर सवारी हन गयो । | कसो गर्ने भन्दा नृपवर सवारी हन गयो । | ||
छ सल्लाहा-प्रार्थी सुरपति यहाँ आज नूृपको ॥" | ::छ सल्लाहा-प्रार्थी सुरपति यहाँ आज नूृपको ॥" | ||
भनी बोली बज्री अन रथ पसे पार्श्व नृपको । | भनी बोली बज्री अन रथ पसे पार्श्व नृपको । | ||
बसे राजा साह्रै खुशा हुन गए साथ उनको ॥ | ::बसे राजा साह्रै खुशा हुन गए साथ उनको ॥ | ||
{{pcn|(६३)}} | {{pcn|(६३)}} | ||
भयो यो सल्लाहा असुरहरु हार्छन् पछि पछि । | भयो यो सल्लाहा असुरहरु हार्छन् पछि पछि । | ||
पहीले ता निक्कै गडगड हुनन् आँधिहरु झैं ॥ | ::पहीले ता निक्कै गडगड हुनन् आँधिहरु झैं ॥ | ||
घमण्डी फूर्तिला घननन सबै शन्दमय ती । | घमण्डी फूर्तिला घननन सबै शन्दमय ती । | ||
जरूरै हार्नेखन् पछि तर, नटिक्छन् सुरपते ॥ | ::जरूरै हार्नेखन् पछि तर, नटिक्छन् सुरपते ॥ | ||
{{pcn|(६४)}} | {{pcn|(६४)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 11:57, 26 May 2025
तपस्वीले यस्ता नव नव कुरामा यदि अन ।
थपेदेखी आध्यात्मिक बल बढे युद्धविभव ॥
डरै लाग्दा हुन्छन् अनि असुरले जित्छ कि भनी ।
डराएका द्यौता खलबल थिए के गहेँ भनी ॥
(५९)
यसैमा सल्लाहा नृपसँग लिए बेस छ भनी ।
बताए मन्त्रीले, सुरविमल भै राज्य अवनि ॥
सिपालु स्वाध्यायी अवनितलमा क्वै अझ पनि ।
नछन् प्यारा मेरा नृपवर सखा झै कुन भनी ॥
(६०)
"यता विज्ञानी भै उसतिर भई ज्ञानसहित ।
दुवैतर्फी तेजी प्रबल नृप झै कल्करहित ॥
अरू कोही छैनन् मकन पनि थाहा यति थियो ।
सवारी भो राजा अन सकल चिन्ता पनि गयो ॥"
(६१)
भनी बज्जी थप्छन् "असुरगुरु झै एक मनको ।
तपस्वी क्वै छैनन् त्रिभुवनभरी देवगणको ॥
उनैले जित्नेछन् सकल सुरलाई सहजले ।
भनी कोही भन्छन् डर मकन भो ती लवजले ॥
(६२)
कसो गर्ने भन्दा नृपवर सवारी हन गयो ।
छ सल्लाहा-प्रार्थी सुरपति यहाँ आज नूृपको ॥"
भनी बोली बज्री अन रथ पसे पार्श्व नृपको ।
बसे राजा साह्रै खुशा हुन गए साथ उनको ॥
(६३)
भयो यो सल्लाहा असुरहरु हार्छन् पछि पछि ।
पहीले ता निक्कै गडगड हुनन् आँधिहरु झैं ॥
घमण्डी फूर्तिला घननन सबै शन्दमय ती ।
जरूरै हार्नेखन् पछि तर, नटिक्छन् सुरपते ॥
(६४)