Page:Lalitya bhag 1 ra 2.pdf/304: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
साहित्याऽऽकाश हाम्रो उस बखत थियो शून्य निष्पट्ट कालो | साहित्याऽऽकाश हाम्रो उस बखत थियो शून्य निष्पट्ट कालो | ||
::मानू हाली-रहेथ्यो फगत विजयको जोशले नै अँगालो | ::मानू हाली-रहेथ्यो फगत विजयको जोशले नै अँगालो । | ||
त्यै वेला दैवगत्या उदय शिखरमा भानु झैँ भानु हाम्रो | त्यै वेला दैवगत्या उदय शिखरमा भानु झैँ भानु हाम्रो | ||
::आए यता उदाए सबतिर भरदै चेतना-ज्योति राम्रो | ::आए यता उदाए सबतिर भरदै चेतना-ज्योति राम्रो ॥ | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
तिखो सान सुरीलो कलम-किरणले त्यो तमोजाल सारा | तिखो सान सुरीलो कलम-किरणले त्यो तमोजाल सारा | ||
::हेर्दै सर्वत्र भर्दै मधुर अरुणिमा-पूर्ण आलोक धारा | ::हेर्दै सर्वत्र भर्दै मधुर अरुणिमा-पूर्ण आलोक धारा । | ||
भो भाषा रूप हाम्रो मुकुलित नलिनी-कोषलाई फुकाए | भो भाषा रूप हाम्रो मुकुलित नलिनी-कोषलाई फुकाए | ||
::कामैले नाम आफ्नु प्रिय कविवरले सार्थतामा पुर्याए | ::कामैले नाम आफ्नु प्रिय कविवरले सार्थतामा पुर्याए ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
नेपाली कोटि हामीहरु सब जुन यो बोल्दछौँ मातृभाषा | नेपाली कोटि हामीहरु सब जुन यो बोल्दछौँ मातृभाषा | ||
::जस्मा राष्ट्रीयताका विविध विषयको नित्य उर्लन्छ आशा | ::जस्मा राष्ट्रीयताका विविध विषयको नित्य उर्लन्छ आशा । | ||
त्यस्को आराधनामा तन मन धनले व्यग्र पैला पुजारी | त्यस्को आराधनामा तन मन धनले व्यग्र पैला पुजारी | ||
::धन्याऽत्मा भानुभक्त प्रथम कवि अहा !! राष्ट्रकल्याणकारी | ::धन्याऽत्मा भानुभक्त प्रथम कवि अहा !! राष्ट्रकल्याणकारी ॥ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
हाम्रा शास्त्रीय राम्रा किसिम-किसिमका छन्दमा टक्कटक्क | हाम्रा शास्त्रीय राम्रा किसिम-किसिमका छन्दमा टक्कटक्क | ||
::नेपाली भावशाली पदमय रसिला पुष्प उन्दै थपक्क | ::नेपाली भावशाली पदमय रसिला पुष्प उन्दै थपक्क । | ||
जस्ले माला बनाई रघुपति चरिताऽऽमोदले पूर्ण खास | जस्ले माला बनाई रघुपति चरिताऽऽमोदले पूर्ण खास | ||
::पैह्राए राष्ट्रलाई खुसिसित, तिनको धन्य हो त्यो प्रयास | ::पैह्राए राष्ट्रलाई खुसिसित, तिनको धन्य हो त्यो प्रयास ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:58, 18 May 2025
(३)
साहित्याऽऽकाश हाम्रो उस बखत थियो शून्य निष्पट्ट कालो
मानू हाली-रहेथ्यो फगत विजयको जोशले नै अँगालो ।
त्यै वेला दैवगत्या उदय शिखरमा भानु झैँ भानु हाम्रो
आए यता उदाए सबतिर भरदै चेतना-ज्योति राम्रो ॥
(४)
तिखो सान सुरीलो कलम-किरणले त्यो तमोजाल सारा
हेर्दै सर्वत्र भर्दै मधुर अरुणिमा-पूर्ण आलोक धारा ।
भो भाषा रूप हाम्रो मुकुलित नलिनी-कोषलाई फुकाए
कामैले नाम आफ्नु प्रिय कविवरले सार्थतामा पुर्याए ॥
(५)
नेपाली कोटि हामीहरु सब जुन यो बोल्दछौँ मातृभाषा
जस्मा राष्ट्रीयताका विविध विषयको नित्य उर्लन्छ आशा ।
त्यस्को आराधनामा तन मन धनले व्यग्र पैला पुजारी
धन्याऽत्मा भानुभक्त प्रथम कवि अहा !! राष्ट्रकल्याणकारी ॥
(६)
हाम्रा शास्त्रीय राम्रा किसिम-किसिमका छन्दमा टक्कटक्क
नेपाली भावशाली पदमय रसिला पुष्प उन्दै थपक्क ।
जस्ले माला बनाई रघुपति चरिताऽऽमोदले पूर्ण खास
पैह्राए राष्ट्रलाई खुसिसित, तिनको धन्य हो त्यो प्रयास ॥