Page:Shakuntala.pdf/214: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
नाचूँ नार्चू भन्दछन् छाल छम्छम् । | नाचूँ नार्चू भन्दछन् छाल छम्छम् । | ||
झल्का झिल्का झल्झलाएर झल्झल् ॥ | ::झल्का झिल्का झल्झलाएर झल्झल् ॥ | ||
धप्कँ धप्कैँ भन्दछन् रौलसङ्ग । | धप्कँ धप्कैँ भन्दछन् रौलसङ्ग । | ||
भन्छन् खोला गाउँदै जाउँ कल्कल् ॥ | ::भन्छन् खोला गाउँदै जाउँ कल्कल् ॥ | ||
{{pcn|(४१)}} | {{pcn|(४१)}} | ||
ढुङ्ग्री लाई स्वर्गका जाइ हाँसी । | ढुङ्ग्री लाई स्वर्गका जाइ हाँसी । | ||
लाली झुम्का लाउने चट्ट कल्की ॥ | ::लाली झुम्का लाउने चट्ट कल्की ॥ | ||
बेली बन्छ प्रेमको युग्म छाती । | बेली बन्छ प्रेमको युग्म छाती । | ||
नाला राम्रा फुल्न लागे गिलाँस ॥ | ::नाला राम्रा फुल्न लागे गिलाँस ॥ | ||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
जूँघा लाग्यो पुष्पले हेर जूँघे । | जूँघा लाग्यो पुष्पले हेर जूँघे । | ||
ठद्टा गर्दै आजको यो बनिहामा ॥ | ::ठद्टा गर्दै आजको यो बनिहामा ॥ | ||
बोल्थे सारा जिन्दगी जिन्दगी नै । | बोल्थे सारा जिन्दगी जिन्दगी नै । | ||
स्वप्ना पस्थी जिन्दगीको सँघार ॥ | ::स्वप्ना पस्थी जिन्दगीको सँघार ॥ | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} | ||
फुल्दो बन्दो जिन्दगी आज खुल्दो । | फुल्दो बन्दो जिन्दगी आज खुल्दो । | ||
हावा बास्ना चित्तको भन्छ चोर ॥ | ::हावा बास्ना चित्तको भन्छ चोर ॥ | ||
आधी छिप्ने आधि खुल्ने प्रभाव । | आधी छिप्ने आधि खुल्ने प्रभाव । | ||
लज्जा भारी बैंसको हो स्वभाव ॥ | ::लज्जा भारी बैंसको हो स्वभाव ॥ | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
गाला राम्रा फूलका हेर आज । | गाला राम्रा फूलका हेर आज । | ||
लाली लाली छन् कहीले सुनौला ॥ | ::लाली लाली छन् कहीले सुनौला ॥ | ||
बोले गाभा मन्जरी चारु नाचे । | बोले गाभा मन्जरी चारु नाचे । | ||
नीला राता शब्दले अब्ग भाँचे ॥ | ::नीला राता शब्दले अब्ग भाँचे ॥ | ||
{{pcn|(४५)}} | {{pcn|(४५)}} | ||
भित्री आशा बीच काँढा छिचोली । | भित्री आशा बीच काँढा छिचोली । | ||
आज पाई प्रकाश ॥ | ::आज पाई प्रकाश ॥ | ||
इन्द्रेणीका रङ्ग वर्लेर छिर्निर् । | इन्द्रेणीका रङ्ग वर्लेर छिर्निर् । | ||
नन्दा जस्तो हर्ष भो आज तिर्मिर् ॥ | ::नन्दा जस्तो हर्ष भो आज तिर्मिर् ॥ | ||
{{pcn|(४६)}} | {{pcn|(४६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 15:33, 15 May 2025
नाचूँ नार्चू भन्दछन् छाल छम्छम् ।
झल्का झिल्का झल्झलाएर झल्झल् ॥
धप्कँ धप्कैँ भन्दछन् रौलसङ्ग ।
भन्छन् खोला गाउँदै जाउँ कल्कल् ॥
(४१)
ढुङ्ग्री लाई स्वर्गका जाइ हाँसी ।
लाली झुम्का लाउने चट्ट कल्की ॥
बेली बन्छ प्रेमको युग्म छाती ।
नाला राम्रा फुल्न लागे गिलाँस ॥
(४२)
जूँघा लाग्यो पुष्पले हेर जूँघे ।
ठद्टा गर्दै आजको यो बनिहामा ॥
बोल्थे सारा जिन्दगी जिन्दगी नै ।
स्वप्ना पस्थी जिन्दगीको सँघार ॥
(४३)
फुल्दो बन्दो जिन्दगी आज खुल्दो ।
हावा बास्ना चित्तको भन्छ चोर ॥
आधी छिप्ने आधि खुल्ने प्रभाव ।
लज्जा भारी बैंसको हो स्वभाव ॥
(४४)
गाला राम्रा फूलका हेर आज ।
लाली लाली छन् कहीले सुनौला ॥
बोले गाभा मन्जरी चारु नाचे ।
नीला राता शब्दले अब्ग भाँचे ॥
(४५)
भित्री आशा बीच काँढा छिचोली ।
आज पाई प्रकाश ॥
इन्द्रेणीका रङ्ग वर्लेर छिर्निर् ।
नन्दा जस्तो हर्ष भो आज तिर्मिर् ॥
(४६)