Page:Shakuntala.pdf/220: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
कोही भन्थे तब रणकथा हास्यका ढक्ष्साथ । | |||
सुन्थिन् आधा तर विरहले झन् तरङ्गी छ माथ ॥ | |||
कस्तो होला समर कसरी युद्ध गर्छन् भनेर । | |||
सोच्थिन् लाग्थ्यो डर मनमनै बोल्नु लज्जा बनेर ॥ | |||
{{pcn|(१७)}} | |||
नस्थिन् सोची प्रथम सुखको दृश्यलाई जगाई । | |||
शोभा सम्झी मधुर मुखको, त्यो बिहाको मिठास ॥ | |||
स्वर्ग जस्तो वरिपरि थियौ दिव्य आनन्दभित्र । | |||
पन्छी बोल्ने सुखमय लता झ्ुल्दथे क्या विचित्र ॥ | |||
{{pcn|(१८)}} | |||
ज्यादा बढ्दा विरह मरु झै शून्य संसार बन्दा । | |||
आत्मा खोज्यो मधुर मुखको सम्झनाको मिठास ॥ | |||
निरस भन्थ्यो प्रकतपनले दुःखको बाह्य दृश्य । | |||
आफ्ना प्रेमी परतिर हुँदा शून्य जस्तो जगत्मा ॥ | |||
{{pcn|(१९)}} | |||
जो पाइ्टश्नन् निकट सुखका चीज सोन्दर्यवाला । | |||
फोस्रो बन्दा मरुसरि जगत् झल्किँदा तापज्वाला ॥ | |||
सो सो पाञन् हृदयतिर नै यो दयाको विधान । | |||
जादूगर्नी मधुर सृजना कल्पनाको छ जान ॥ | |||
{{pcn|(२०)}} | |||
बन्दै आयो मन मन जगत् सौख्यको रङ्गशाला । | |||
रानी देखिन् महल रसिलोमा रहेकी उज्याली ॥ | |||
आफैंलाई भनि टहलमा धेर राम्रा सुसारे ! | |||
राम्रा राम्रा युवतिहरुले वस्त्रलाई सिँगारे ॥ | |||
{{pcn|(२१)}} | |||
'आजै फिर्छन् विजय सुखमा भूप' भन्थे मुसुक्क । | |||
हाँसी कोरी मृदुल उनका केश, बैंसे सुसारे ॥ | |||
ऐना हैरिन् विजय महिमा चित्तमा झल्ल झल्क्यो । | |||
आँखा चम्के मुख अलि पुखछिन् लाल केही बनाई ॥ | |||
{{pcn|(२२)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 14:50, 15 May 2025
कोही भन्थे तब रणकथा हास्यका ढक्ष्साथ ।
सुन्थिन् आधा तर विरहले झन् तरङ्गी छ माथ ॥
कस्तो होला समर कसरी युद्ध गर्छन् भनेर ।
सोच्थिन् लाग्थ्यो डर मनमनै बोल्नु लज्जा बनेर ॥
(१७)
नस्थिन् सोची प्रथम सुखको दृश्यलाई जगाई ।
शोभा सम्झी मधुर मुखको, त्यो बिहाको मिठास ॥
स्वर्ग जस्तो वरिपरि थियौ दिव्य आनन्दभित्र ।
पन्छी बोल्ने सुखमय लता झ्ुल्दथे क्या विचित्र ॥
(१८)
ज्यादा बढ्दा विरह मरु झै शून्य संसार बन्दा ।
आत्मा खोज्यो मधुर मुखको सम्झनाको मिठास ॥
निरस भन्थ्यो प्रकतपनले दुःखको बाह्य दृश्य ।
आफ्ना प्रेमी परतिर हुँदा शून्य जस्तो जगत्मा ॥
(१९)
जो पाइ्टश्नन् निकट सुखका चीज सोन्दर्यवाला ।
फोस्रो बन्दा मरुसरि जगत् झल्किँदा तापज्वाला ॥
सो सो पाञन् हृदयतिर नै यो दयाको विधान ।
जादूगर्नी मधुर सृजना कल्पनाको छ जान ॥
(२०)
बन्दै आयो मन मन जगत् सौख्यको रङ्गशाला ।
रानी देखिन् महल रसिलोमा रहेकी उज्याली ॥
आफैंलाई भनि टहलमा धेर राम्रा सुसारे !
राम्रा राम्रा युवतिहरुले वस्त्रलाई सिँगारे ॥
(२१)
'आजै फिर्छन् विजय सुखमा भूप' भन्थे मुसुक्क ।
हाँसी कोरी मृदुल उनका केश, बैंसे सुसारे ॥
ऐना हैरिन् विजय महिमा चित्तमा झल्ल झल्क्यो ।
आँखा चम्के मुख अलि पुखछिन् लाल केही बनाई ॥
(२२)