Page:Shakuntala.pdf/149: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
::अलि बिउँझिन लाग्दा प्रात-चारी प्रवात ॥ | ::अलि बिउँझिन लाग्दा प्रात-चारी प्रवात ॥ | ||
किरणसँग सुनौला सूर्य बन्ने दिशामा । | किरणसँग सुनौला सूर्य बन्ने दिशामा । | ||
::कति | ::कति सरस उज्याला हास्यका चालदार ॥ | ||
मदनवनकुरङ्गी लच्किए अङ्गदार । | मदनवनकुरङ्गी लच्किए अङ्गदार । | ||
{{pcn|(४९)}} | {{pcn|(४९)}} | ||
प्रथम छवि उषाको बाल झैं वारिवाह । | प्रथम छवि उषाको बाल झैं वारिवाह । | ||
::उदय-नभ सँघारे टुक्रिएको अथाह ॥ | ::उदय-नभ सँघारे टुक्रिएको अथाह ॥ | ||
लघु मधुर बुनेको | लघु मधुर बुनेको माकुरो-जालतुल्य । | ||
::कवि- | ::कवि-दिल सपनाको सूत जस्तो अमूल्य ॥ | ||
{{pcn|(५०)}} | {{pcn|(५०)}} | ||
लसित मधुर ज्योत्स्ना स्वर्णलाली मिलेर । | लसित मधुर ज्योत्स्ना स्वर्णलाली मिलेर । | ||
:: | ::जब मुसुमुसु बन्दै जिन्दगी लिन्छ हेर ॥ | ||
जब पट सपनाको देश झैँ खुल्छ धेर । | जब पट सपनाको देश झैँ खुल्छ धेर । | ||
::प्रथम विहग बोल्दा स्वर्णको गर्भनेर ॥ | ::प्रथम विहग बोल्दा स्वर्णको गर्भनेर ॥ | ||
Line 26: | Line 25: | ||
मदन वनविहारी पुष्पको वाणधारी । | मदन वनविहारी पुष्पको वाणधारी । | ||
::अतिशय | ::अतिशय सकुमारी नग्न शोभाधिकारी ॥ | ||
मधुर मधु | मधुर मधु नशाले बैंसको वन्य मस्त । | ||
::कर-धृत कलिप्याला | ::कर-धृत कलिप्याला कुञ्जमा चारु लस्त ॥ | ||
{{pcn|(५२)}} | {{pcn|(५२)}} | ||
तर सब तिनमध्ये एक ती छन् पहीली । | तर सब तिनमध्ये एक ती छन् पहीली । | ||
::प्रकृत सरलताको पानी-आँखे | ::प्रकृत सरलताको पानी-आँखे छबीली ॥ | ||
अलक मृदु शिरीषी जो झुकेका परेला । | अलक मृदु शिरीषी जो झुकेका परेला । | ||
::लघु तवर उचाल्छिन् पर्खदै | ::लघु तवर उचाल्छिन् पर्खदै हेर्न वेला ॥ | ||
{{pcn|(५३)}} | {{pcn|(५३)}} | ||
Line 40: | Line 39: | ||
::सुरवन सुषमाकी रत्नरूपी खजाना ॥ | ::सुरवन सुषमाकी रत्नरूपी खजाना ॥ | ||
मधुर विधिकलाकी शिल्पको स्वर्ण पाना । | मधुर विधिकलाकी शिल्पको स्वर्ण पाना । | ||
::अमर तरु फुलेकी | ::अमर तरु फुलेकी बैंस लावण्य नाना ॥ | ||
{{pcn|(५४)}} | {{pcn|(५४)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 14:57, 29 April 2025
तदनुसरण गर्ने चालका प्रेरणामा ।
मुकुलित वन-वल्ली हल्लिँदा झैं नशामा ॥
प्रकृत मृदु कलामा नृत्य खुल्दो दशामा ।
अलि बिउँझिन लाग्दा प्रात-चारी प्रवात ॥
किरणसँग सुनौला सूर्य बन्ने दिशामा ।
कति सरस उज्याला हास्यका चालदार ॥
मदनवनकुरङ्गी लच्किए अङ्गदार ।
(४९)
प्रथम छवि उषाको बाल झैं वारिवाह ।
उदय-नभ सँघारे टुक्रिएको अथाह ॥
लघु मधुर बुनेको माकुरो-जालतुल्य ।
कवि-दिल सपनाको सूत जस्तो अमूल्य ॥
(५०)
लसित मधुर ज्योत्स्ना स्वर्णलाली मिलेर ।
जब मुसुमुसु बन्दै जिन्दगी लिन्छ हेर ॥
जब पट सपनाको देश झैँ खुल्छ धेर ।
प्रथम विहग बोल्दा स्वर्णको गर्भनेर ॥
त्यस रँग मधुरोले छोइएका कपोल ।
विपिन कुसुमवाला देखिए क्या अमोल !!
(५१)
मदन वनविहारी पुष्पको वाणधारी ।
अतिशय सकुमारी नग्न शोभाधिकारी ॥
मधुर मधु नशाले बैंसको वन्य मस्त ।
कर-धृत कलिप्याला कुञ्जमा चारु लस्त ॥
(५२)
तर सब तिनमध्ये एक ती छन् पहीली ।
प्रकृत सरलताको पानी-आँखे छबीली ॥
अलक मृदु शिरीषी जो झुकेका परेला ।
लघु तवर उचाल्छिन् पर्खदै हेर्न वेला ॥
(५३)
कुसुमउपरका ती मिष्ट छन् स्वर्णदाना ।
सुरवन सुषमाकी रत्नरूपी खजाना ॥
मधुर विधिकलाकी शिल्पको स्वर्ण पाना ।
अमर तरु फुलेकी बैंस लावण्य नाना ॥
(५४)