Page:Shakuntala.pdf/144: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
म त | म त अब वन बस्ने, जान्नँ प्रासादतर्फ । | ||
::प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण | ::प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण गर्व ॥ | ||
प्रचुर धन यहाँ छन्, | प्रचुर धन यहाँ छन्, रत्न-पन्ना-जुहार । | ||
::विजय बहु यहाँ छन् राज्य विस्तार सार ॥ | ::विजय बहु यहाँ छन् राज्य विस्तार सार ॥ | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
Line 9: | Line 9: | ||
हरित कुसुम हाँगा मग्मगी पत्रदार । | हरित कुसुम हाँगा मग्मगी पत्रदार । | ||
::किरण मधुर छिर्ने छन् जहाँ छत्र सार ॥ | ::किरण मधुर छिर्ने छन् जहाँ छत्र सार ॥ | ||
कुसुम रज छ लावा कीर्तिका गान- | कुसुम रज छ लावा कीर्तिका गान-पङ्खी । | ||
::पवन चमर डोल्ने हुन्छ सम्राट् अपार ॥ | ::पवन चमर डोल्ने हुन्छ सम्राट् अपार ॥ | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
Line 15: | Line 15: | ||
खलबल नमचाओ, शान्त यो वन्य छाती । | खलबल नमचाओ, शान्त यो वन्य छाती । | ||
::कलिसदृश कलीलो भावले भाँतिभाँती ॥ | ::कलिसदृश कलीलो भावले भाँतिभाँती ॥ | ||
नगर पर छिपेको पत्रले चट्ट | नगर पर छिपेको पत्रले चट्ट छाई । | ||
::समर स्वर सुनेकी बालिका झैं बनाई ॥ | ::समर स्वर सुनेकी बालिका झैं बनाई ॥ | ||
मृदु सुख सपनामा झट्ट झस्का पसाई । | मृदु सुख सपनामा झट्ट झस्का पसाई । | ||
Line 21: | Line 21: | ||
घरतिर सब जाओ सुस्तरी चूपचाप । | घरतिर सब जाओ सुस्तरी चूपचाप । | ||
::बरु हृदय भएका प्रेमले कान | ::बरु हृदय भएका प्रेमले कान थाप ॥ | ||
श्रवण | श्रवण ऋषिहरूका सुन्दछन् मञ्जरीमा । | ||
::मृदुल मृदुल वार्ता शान्त कानेखुसीमा ॥ | ::मृदुल मृदुल वार्ता शान्त कानेखुसीमा ॥ | ||
{{pcn|(२४)}} | {{pcn|(२४)}} | ||
पछिपछि | पछिपछि म त हेर्दै सुस्तरी आउनेछु । | ||
::थकित हृदय ठण्डा कीर्तिले छाउनेछु ॥ | ::थकित हृदय ठण्डा कीर्तिले छाउनेछु ॥ | ||
अलि छिन पर गर्दा | अलि छिन पर गर्दा झोँकका कामकाज । | ||
::अमर वन- | ::अमर वन-विहारी बन्छु झन् देवराज ॥" | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
अनुचर तब फर्के, रामका भक्ततुल्य् । | अनुचर तब फर्के, रामका भक्ततुल्य् । | ||
::गिरि-शिखर कुटीका | ::गिरि-शिखर कुटीका कुञ्ज छाडी अमूल्य ॥ | ||
सहृदय सुखवार्ता ज्ञान ठण्डा सुनेर । | सहृदय सुखवार्ता ज्ञान ठण्डा सुनेर । | ||
::वनभ्रमण विलासीको इरादा बुझेर ॥ | ::वनभ्रमण विलासीको इरादा बुझेर ॥ |
Latest revision as of 14:29, 29 April 2025
म त अब वन बस्ने, जान्नँ प्रासादतर्फ ।
प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण गर्व ॥
प्रचुर धन यहाँ छन्, रत्न-पन्ना-जुहार ।
विजय बहु यहाँ छन् राज्य विस्तार सार ॥
(२१)
हरित कुसुम हाँगा मग्मगी पत्रदार ।
किरण मधुर छिर्ने छन् जहाँ छत्र सार ॥
कुसुम रज छ लावा कीर्तिका गान-पङ्खी ।
पवन चमर डोल्ने हुन्छ सम्राट् अपार ॥
(२२)
खलबल नमचाओ, शान्त यो वन्य छाती ।
कलिसदृश कलीलो भावले भाँतिभाँती ॥
नगर पर छिपेको पत्रले चट्ट छाई ।
समर स्वर सुनेकी बालिका झैं बनाई ॥
मृदु सुख सपनामा झट्ट झस्का पसाई ।
(२३)
घरतिर सब जाओ सुस्तरी चूपचाप ।
बरु हृदय भएका प्रेमले कान थाप ॥
श्रवण ऋषिहरूका सुन्दछन् मञ्जरीमा ।
मृदुल मृदुल वार्ता शान्त कानेखुसीमा ॥
(२४)
पछिपछि म त हेर्दै सुस्तरी आउनेछु ।
थकित हृदय ठण्डा कीर्तिले छाउनेछु ॥
अलि छिन पर गर्दा झोँकका कामकाज ।
अमर वन-विहारी बन्छु झन् देवराज ॥"
(२५)
अनुचर तब फर्के, रामका भक्ततुल्य् ।
गिरि-शिखर कुटीका कुञ्ज छाडी अमूल्य ॥
सहृदय सुखवार्ता ज्ञान ठण्डा सुनेर ।
वनभ्रमण विलासीको इरादा बुझेर ॥
(२६)