Jump to content

Page:Shakuntala.pdf/142: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
::बकबक बतुरेको वाक्‌ बनेको बतासे ॥
::बकबक बतुरेको वाक्‌ बनेको बतासे ॥
स्वजनतिर निहारी भन्दछन्‌ छत्रधारी ।
स्वजनतिर निहारी भन्दछन्‌ छत्रधारी ।
::“वनतिर मन मेरो बन्न लाग्यो विहारी ॥”
::"वनतिर मन मेरो बन्न लाग्यो विहारी ॥"
{{pcn|(९)}}
{{pcn|(९)}}


"सुनन कति सुरीला बोल्दछन्‌ वृक्षमाथि ।
"सुनन कति सुरीला बोल्दछन्‌ वृक्षमाथि ।
::रँग बिरँग फुलेका चारु शाखा सगाती॥ '
::रँग बिरँग फुलेका चारु शाखा सगाती ॥
कसुमहरु उडे बोल पाएर नाना ।
कसुमहरु उडे झैं बोल पाएर नाना ।
::मुखरित महिमा झैं साँझ आई छुँदामा ॥
::मुखरित महिमा झैं साँझ आई छुँदामा ॥
{{pcn|(१०)}}
{{pcn|(१०)}}
Line 23: Line 23:
अनुभवहरु राम्रा फैलिँदी कल्पनामा ।
अनुभवहरु राम्रा फैलिँदी कल्पनामा ।
::स्मृतिमय क्षण झल्की शान्ति लुक्ने कुनामा ॥
::स्मृतिमय क्षण झल्की शान्ति लुक्ने कुनामा ॥
मुखरितसरि बोल्छन्‌ अर्ध नाघ्नेपनामा ।
मुखरितसरि बोल्छन्‌ अर्थ नाघ्नेपनामा ।
{{pcn|(१२)}}
{{pcn|(१२)}}


लहलह हरियोमा जिन्दगी झुल्छ रङ्गी ।
लहलह हरियोमा जिन्दगी झुल्छ रङ्गी ।
::समररहित मीठा शान्तिका भाव-भङ्नी
::समररहित मीठा शान्तिका भाव-भङ्गी
चचह चचह गर्छन्‌ फुल्छ रङ्गिन्छ फुट्छ ।
चचह चचह गर्छन्‌ फुल्छ रङ्गिन्छ फुट्छ ।
::प्रकृति हृदय, तृष्णा बन्छ आनन्द छुट्छ ॥
::प्रकृति हृदय, तृष्णा बन्छ आनन्द छुट्छ ॥

Latest revision as of 14:17, 29 April 2025

This page has been proofread

मुसुमुसु सब हाँसे आँखिभौंबाट छासे ।
बकबक बतुरेको वाक्‌ बनेको बतासे ॥
स्वजनतिर निहारी भन्दछन्‌ छत्रधारी ।
"वनतिर मन मेरो बन्न लाग्यो विहारी ॥"
(९)

"सुनन कति सुरीला बोल्दछन्‌ वृक्षमाथि ।
रँग बिरँग फुलेका चारु शाखा सगाती ॥
कसुमहरु उडे झैं बोल पाएर नाना ।
मुखरित महिमा झैं साँझ आई छुँदामा ॥
(१०)

अगणित महिमाका रङ्ग फुट्छन्‌ हजार ।
जलद-लसित ज्योत्स्ना दृश्यका छन्‌ किनार ॥
बहुल अधर हालूँ भाव भन्दो सुभाषी ।
कुसुम, विहग, लाली, प्रेममा चल्छ गाँसी ॥
(११)

सुखमय दिल जो जो बोल्न सक्तैन बोल ।
पुलकित तरु बोल्छन्‌ नीड पाली अमोल ॥
अनुभवहरु राम्रा फैलिँदी कल्पनामा ।
स्मृतिमय क्षण झल्की शान्ति लुक्ने कुनामा ॥
मुखरितसरि बोल्छन्‌ अर्थ नाघ्नेपनामा ।
(१२)

लहलह हरियोमा जिन्दगी झुल्छ रङ्गी ।
समररहित मीठा शान्तिका भाव-भङ्गी ॥
चचह चचह गर्छन्‌ फुल्छ रङ्गिन्छ फुट्छ ।
प्रकृति हृदय, तृष्णा बन्छ आनन्द छुट्छ ॥
(१३)

अतिशय मृदु राम्रा फूलका जो जरामा ।
अधर मृदुल खोज्ने बोल्नलाई धरामा ॥
किरण मधुर भज्ने मोहिनी वन्य चारु ।
पवनसँग हिलेका छन्‌ हँसीला शिकारू ॥
(१४)