Jump to content

Page:Ek chihan.pdf/117: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""हाम्रो घरमा कसैले पनि आजसम्म सिनेमा हेर्न पाएको छैन ।" अलि अफसोसको भावमा शिवनारानले भने । "बा ! यसपालि धान काटेपछि हामीले सधैं दुई छाक भात खान पाउने छौं ? मलाई त कोदो, गहुँ, मकैको रोटी,..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"हाम्रो घरमा कसैले पनि आजसम्म सिनेमा हेर्न पाएको छैन ।" अलि अफसोसको भावमा शिवनारानले भने ।
"हाम्रो घरमा कसैले पनि आजसम्म सिनेमा हेर्न पाएको छैन ।" अलि  
अफसोसको भावमा शिवनारानले भने ।

"बा ! यसपालि धान काटेपछि हामीले सधैं दुई छाक भात खान पाउने छौं ? मलाई त कोदो, गहुँ, मकैको रोटी, उसिनेको आलु त खान मनै लागेन बा ! दाल तर्कारी हालेर सुरुसुरु भात मात्तै खान मन लागिरहेछ !" छोराचाहिँले भन्यो ।
"बा ! यसपालि धान काटेपछि हामीले सधैं दुई छाक भात खान पाउने  
छौं ? मलाई त कोदो, गहुँ, मकैको रोटी, उसिनेको आलु त खान मनै लागेन  
बा ! दाल तर्कारी हालेर सुरुसुरु भात मात्तै खान मन लागिरहेछ !" छोरा
चाहिँले भन्यो ।

"लौ, लौ, तिमीलाई म भात ख्वाउँछु, त्यसैले त घाँस उखेल्ने काम गर भनेको !" सुस्केरा हाल्दै शिवनारानले भने ।
"लौ, लौ, तिमीलाई म भात ख्वाउँछु, त्यसैले त घाँस उखेल्ने काम गर  
भनेको !" सुस्केरा हाल्दै शिवनारानले भने ।

"म पनि सधैं भात खान्छु बा ! ई मैले पनि त घाँसै उखेलिरहेकी छु ।" छोरीले भनी ।
"म पनि सधैं भात खान्छु बा ! ई मैले पनि त घाँसै उखेलिरहेकी  
छु ।" छोरीले भनी ।

"लौ, लौ, तिमीलाई पनि भातै ख्वाउँछु ।" गहका आँसु पुछ्‌तै हाकुमायाले भनिन् ।
"लौ, लौ, तिमीलाई पनि भातै ख्वाउँछु ।" गहका आँसु पुछ्‌तै हाकुमायाले  
भनिन् ।

"तपाईंहरू पनि भातै खानोस् ।" छोरीले फेरि भनी ।
"तपाईंहरू पनि भातै खानोस् ।" छोरीले फेरि भनी ।

घाँस उखेल्ने काम रोकी कम्मरमा हात अड्याई उभिएर सुस्केराउँदै शिवनारानले एक चोटि आफ्ना छोराछोरीहरूको मुख हेरे । पानी परिरहेको थियो, उनीहरू पनि काम गरिरहेका थिए । बढ्ता तोडमा पानी परेको बेला छाप्रोमा गई ओत लाग्थे र पानी कम हुनासाथै फेरि खेतमा काम गर्न जुट्थे ।
घाँस उखेल्ने काम रोकी कम्मरमा हात अड्याई उभिएर सुस्केराउँदै  
शिवनारानले एक चोटि आफ्ना छोराछोरीहरूको मुख हेरे । पानी परिरहेको  
थियो, उनीहरू पनि काम गरिरहेका थिए । बढ्ता तोडमा पानी परेको बेला  
छाप्रोमा गई ओत लाग्थे र पानी कम हुनासाथै फेरि खेतमा काम गर्न जुट्थे ।
{{nop}}

Revision as of 22:04, 20 April 2025

This page has not been proofread

"हाम्रो घरमा कसैले पनि आजसम्म सिनेमा हेर्न पाएको छैन ।" अलि अफसोसको भावमा शिवनारानले भने ।

"बा ! यसपालि धान काटेपछि हामीले सधैं दुई छाक भात खान पाउने छौं ? मलाई त कोदो, गहुँ, मकैको रोटी, उसिनेको आलु त खान मनै लागेन बा ! दाल तर्कारी हालेर सुरुसुरु भात मात्तै खान मन लागिरहेछ !" छोरा चाहिँले भन्यो ।