Page:Ek chihan.pdf/115: Difference between revisions
→Not proofread: Created page with "तिस भाइबहिनीहरूको व्यवहार सिद्धिई हलौं भएको साथसाथै असार पनि यस पालि राम्रो भएको हुनाले शिवनारान अत्यधिक खुसी छन् । रोपाइँ सिद्धिएदेखि शिवनारान अहर्निश खेतैमा रहेका थिए । खेतमा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
तिस | {{left|{{larger|'''तिस'''}}}} | ||
शिवनारान | भाइबहिनीहरूको व्यवहार सिद्धिई हलौं भएको साथसाथै असार | ||
पनि यस पालि राम्रो भएको हुनाले शिवनारान अत्यधिक खुसी छन् । रोपाइँ | |||
सिद्धिएदेखि शिवनारान अहर्निश खेतैमा रहेका थिए । खेतमा मिहिनेत र धावा | |||
गरेअनुसार सफलताका चिह्नहरू पनि देखा पर्न थालिसकेका छन् । धानका | |||
बिरुवाहरू निकै सप्रिएका छन्, यहाँसम्म कि बिरुवाहरूमा धानका बालाहरू | |||
मुजुराउन पनि थालिसकेका हुन् कि जस्तो लक्षण देखा परिसकेको छ । | |||
"तपाईं त मलाई सधैं सुतेर खाइरहेकी छ जस्तो कुरा गर्नुहुन्छ, के त्यस्तो आराम लिइरहेकी छु मैले ?" एक दिन हाकुमायाले फर्केर भनिन् । "लौन त आराम लिएकी छैनौ भने जाऔं न काम गर्न ।" अलि ठट्टाको भावमा शिवनारानले भने । | शिवनारान निथ्रुक्क पानीमा रुजेर पनि खेतमा काम गरिरहन्थे । | ||
किसानकी छोरी भए पनि उनकी स्वास्नी हाकुमाया अलि अल्छी प्रकृतिकी | |||
छिन् । शिवनारान हाकुमायालाई बराबर आफूले जस्तै खेतमा तपस्या नै गरि | |||
रहन आह्वान गरिरहन्थे । उनी हाकुमायालाई भन्थे- "हाकुमाया ! तिमी अलि | |||
अल्छी छ्यौ । किसानका सन्तानले आराम गर्नु पाप हो, शरीरमा एक थोपा मात्र | |||
रगत बाँकी भए पनि पसिनाको रूपमा निकालेर खेतलाई चढाउनुपर्छ किनभने | |||
किसानको परिश्रम र पसिना नै जगत्को जीवन हो र जिन्दगीको ज्योति हो ।" | |||
"तपाईं त मलाई सधैं सुतेर खाइरहेकी छ जस्तो कुरा गर्नुहुन्छ, के | |||
त्यस्तो आराम लिइरहेकी छु मैले ?" एक दिन हाकुमायाले फर्केर भनिन् । | |||
"लौन त आराम लिएकी छैनौ भने जाऔं न काम गर्न ।" अलि | |||
ठट्टाको भावमा शिवनारानले भने । | |||
"के काम गर्नु छ र अहिले ?" हाकुमायाले भनिन् । | "के काम गर्नु छ र अहिले ?" हाकुमायाले भनिन् । | ||
"खेतमा धानको शत्रु फार केलाउनु छ । एउटाएउटा फार | "खेतमा धानको शत्रु फार केलाउनु छ । एउटाएउटा फार खोजी | ||
खोजीकन उखेल्नुपर्छ हाकुमाया । फार, घाँसले बिरुवालाई साह्रै हानि गर्छ, |
Revision as of 22:03, 20 April 2025
भाइबहिनीहरूको व्यवहार सिद्धिई हलौं भएको साथसाथै असार पनि यस पालि राम्रो भएको हुनाले शिवनारान अत्यधिक खुसी छन् । रोपाइँ सिद्धिएदेखि शिवनारान अहर्निश खेतैमा रहेका थिए । खेतमा मिहिनेत र धावा गरेअनुसार सफलताका चिह्नहरू पनि देखा पर्न थालिसकेका छन् । धानका बिरुवाहरू निकै सप्रिएका छन्, यहाँसम्म कि बिरुवाहरूमा धानका बालाहरू मुजुराउन पनि थालिसकेका हुन् कि जस्तो लक्षण देखा परिसकेको छ ।
शिवनारान निथ्रुक्क पानीमा रुजेर पनि खेतमा काम गरिरहन्थे । किसानकी छोरी भए पनि उनकी स्वास्नी हाकुमाया अलि अल्छी प्रकृतिकी छिन् । शिवनारान हाकुमायालाई बराबर आफूले जस्तै खेतमा तपस्या नै गरि रहन आह्वान गरिरहन्थे । उनी हाकुमायालाई भन्थे- "हाकुमाया ! तिमी अलि अल्छी छ्यौ । किसानका सन्तानले आराम गर्नु पाप हो, शरीरमा एक थोपा मात्र रगत बाँकी भए पनि पसिनाको रूपमा निकालेर खेतलाई चढाउनुपर्छ किनभने किसानको परिश्रम र पसिना नै जगत्को जीवन हो र जिन्दगीको ज्योति हो ।"
"तपाईं त मलाई सधैं सुतेर खाइरहेकी छ जस्तो कुरा गर्नुहुन्छ, के त्यस्तो आराम लिइरहेकी छु मैले ?" एक दिन हाकुमायाले फर्केर भनिन् । "लौन त आराम लिएकी छैनौ भने जाऔं न काम गर्न ।" अलि ठट्टाको भावमा शिवनारानले भने ।
"के काम गर्नु छ र अहिले ?" हाकुमायाले भनिन् ।
"खेतमा धानको शत्रु फार केलाउनु छ । एउटाएउटा फार खोजी खोजीकन उखेल्नुपर्छ हाकुमाया । फार, घाँसले बिरुवालाई साह्रै हानि गर्छ,