Jump to content

Page:Ek chihan.pdf/88: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""राजै हुनेछन् भने पनि दिन्नौं । उनकी छोरी मलाई दिए भने म काजी हुन्छ रे, देलान् ?… यी सबै भुलभुलैयामा हाल्ने बदमासी कुरा हुन् आमा ! यस्तो कुरामा कहिल्यै फस्न नखोज्नुहोला ।" सम्झाएको भा..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"राजै हुनेछन् भने पनि दिन्नौं । उनकी छोरी मलाई दिए भने म काजी हुन्छ रे, देलान् ?… यी सबै भुलभुलैयामा हाल्ने बदमासी कुरा हुन् आमा ! यस्तो कुरामा कहिल्यै फस्न नखोज्नुहोला ।" सम्झाएको भावमा शिवनारानले भने ।
"राजै हुनेछन् भने पनि दिन्नौं । उनकी छोरी मलाई दिए भने म काजी  
हुन्छ रे, देलान् ?… यी सबै भुलभुलैयामा हाल्ने बदमासी कुरा हुन् आमा !  
यस्तो कुरामा कहिल्यै फस्न नखोज्नुहोला ।" सम्झाएको भावमा शिव
नारानले भने ।


"उनलाई दिए नानीथकुं र हामीले पनि अलि सुख पाउन सकौँला भन्ने आशाले भनेकी हुँ । तिमीलाई मन नपरे नदिऔँला ।" लतमायाले भनिन् ।
"उनलाई दिए नानीथकुं र हामीले पनि अलि सुख पाउन सकौँला भन्ने  
आशाले भनेकी हुँ । तिमीलाई मन नपरे नदिऔँला ।" लतमायाले भनिन् ।


"यस्तो पाप कहिल्यै पनि नचिताउनुहोला आमा । हामीले अलिकति सुख पाउने आशामा उसलाई बेच्ने ? यस्तो कुरा भुलेर पनि नसोच्नुहोला हामी जीवनभर दु:खैमा फसेर, अल्झेर, रगडिएर मरौं तर हाम्रो सुखको बदलामा हामीले आफ्नी बहिनी वा छोरीभतिजीलाई उनीहरूको जिन्दगीलाई दु:ख सङ्कटमा नफालौँ, तपाईं मेरो यो कुरामा सधैँ ध्यान दिनोस् ।" सम्झाएकै भावमा नम्रतासाथ शिवनारानले भने ।
"यस्तो पाप कहिल्यै पनि नचिताउनुहोला आमा । हामीले अलिकति  
सुख पाउने आशामा उसलाई बेच्ने ? यस्तो कुरा भुलेर पनि नसोच्नुहोला  
हामी जीवनभर दु:खैमा फसेर, अल्झेर, रगडिएर मरौं तर हाम्रो सुखको  
बदलामा हामीले आफ्नी बहिनी वा छोरीभतिजीलाई उनीहरूको जिन्दगीलाई  
दु:ख सङ्कटमा नफालौँ, तपाईं मेरो यो कुरामा सधैँ ध्यान दिनोस् ।" सम्झाएकै  
भावमा नम्रतासाथ शिवनारानले भने ।


"ऊ तल्सिङ, हामी मोही ! पोहोर सालको बाली तिर्न बाँकी नै छ, सास्ती गर्ला भन्ने पनि मलाई डर लाग्छ बाबू !"
"ऊ तल्सिङ, हामी मोही ! पोहोर सालको बाली तिर्न बाँकी नै छ,  
सास्ती गर्ला भन्ने पनि मलाई डर लाग्छ बाबू !"


"यही कुरा त मैले भनिरहेको, हाम्रो अलिकति सुखसुविधाका निम्ति नानीथकुंको जिन्दगी होम्ने ? कस्तो खराब चिताउनुभएको आमा ! तपाईंले ?" शिवनारानले भने ।
"यही कुरा त मैले भनिरहेको, हाम्रो अलिकति सुखसुविधाका निम्ति  
नानीथकुंको जिन्दगी होम्ने ? कस्तो खराब चिताउनुभएको आमा ! तपाईंले ?"  
शिवनारानले भने ।


"के भन्ने त त्यसो भए रामबहादुर आउँदा ? ‘हुन्न’ भन्ने जबाफ दिइपठाऊँ त ?" लतमायाले सोधिन् ।
"के भन्ने त त्यसो भए रामबहादुर आउँदा ? ‘हुन्न’ भन्ने जबाफ दिइ
पठाऊँ त ?" लतमायाले सोधिन् ।


"यस्तो कुरै नगर्नोस् भनी सिधा जबाफ दिइपठाउनोस् । मिठोमसिनो कुरा गरेर आशामा किन अर्कालाई व्यर्थ भुलाइरहने ?" शिवनारानले भने- "मैले तपाईंलाई भनिहालेको थिएँ नि, देशी तानको मद्दत नलिनोस्, बिनामागी एकाएक सहयोग पाउनु खतरनाक कुरा छ । सुरमान सुब्बा कुनै महात्मा होइनन्, जोकसैको दु:खपिरमा सहसा रुन्छन्, जहाँसम्म मेरो अनुभव छ, उनी एउटा धूर्त, बदमास, बेबकुफ हुन्, उनले बालाई मर्न लाग्दासम्म पनि रुवाएका छन् । आखिर त्यस्तै सिद्ध भयो कि भएन ?"
"यस्तो कुरै नगर्नोस् भनी सिधा जबाफ दिइपठाउनोस् । मिठोमसिनो  
कुरा गरेर आशामा किन अर्कालाई व्यर्थ भुलाइरहने ?" शिवनारानले भने-  
"मैले तपाईंलाई भनिहालेको थिएँ नि, देशी तानको मद्दत नलिनोस्, बिना
मागी एकाएक सहयोग पाउनु खतरनाक कुरा छ । सुरमान सुब्बा कुनै  
महात्मा होइनन्, जोकसैको दु:खपिरमा सहसा रुन्छन्, जहाँसम्म मेरो अनुभव  
छ, उनी एउटा धूर्त, बदमास, बेबकुफ हुन्, उनले बालाई मर्न लाग्दासम्म पनि  
रुवाएका छन् । आखिर त्यस्तै सिद्ध भयो कि भएन ?"


एकछिन चुप भएर लतमाया बोलिन् – "त्यसो भए के गर्ने त ? भन्न आउने, भन्न पठाउने कोही छैन, आएका हामीलाई चित्त बुझ्दैन । पूरा तरुनी
एकछिन चुप भएर लतमाया बोलिन् – "त्यसो भए के गर्ने त ? भन्न  
आउने, भन्न पठाउने कोही छैन, आएका हामीलाई चित्त बुझ्दैन । पूरा तरुनी

Revision as of 20:20, 20 April 2025

This page has not been proofread

"राजै हुनेछन् भने पनि दिन्नौं । उनकी छोरी मलाई दिए भने म काजी हुन्छ रे, देलान् ?… यी सबै भुलभुलैयामा हाल्ने बदमासी कुरा हुन् आमा ! यस्तो कुरामा कहिल्यै फस्न नखोज्नुहोला ।" सम्झाएको भावमा शिव नारानले भने ।

"उनलाई दिए नानीथकुं र हामीले पनि अलि सुख पाउन सकौँला भन्ने आशाले भनेकी हुँ । तिमीलाई मन नपरे नदिऔँला ।" लतमायाले भनिन् ।

"यस्तो पाप कहिल्यै पनि नचिताउनुहोला आमा । हामीले अलिकति सुख पाउने आशामा उसलाई बेच्ने ? यस्तो कुरा भुलेर पनि नसोच्नुहोला हामी जीवनभर दु:खैमा फसेर, अल्झेर, रगडिएर मरौं तर हाम्रो सुखको बदलामा हामीले आफ्नी बहिनी वा छोरीभतिजीलाई उनीहरूको जिन्दगीलाई दु:ख सङ्कटमा नफालौँ, तपाईं मेरो यो कुरामा सधैँ ध्यान दिनोस् ।" सम्झाएकै भावमा नम्रतासाथ शिवनारानले भने ।

"ऊ तल्सिङ, हामी मोही ! पोहोर सालको बाली तिर्न बाँकी नै छ, सास्ती गर्ला भन्ने पनि मलाई डर लाग्छ बाबू !"

"यही कुरा त मैले भनिरहेको, हाम्रो अलिकति सुखसुविधाका निम्ति नानीथकुंको जिन्दगी होम्ने ? कस्तो खराब चिताउनुभएको आमा ! तपाईंले ?" शिवनारानले भने ।

"के भन्ने त त्यसो भए रामबहादुर आउँदा ? ‘हुन्न’ भन्ने जबाफ दिइ पठाऊँ त ?" लतमायाले सोधिन् ।

"यस्तो कुरै नगर्नोस् भनी सिधा जबाफ दिइपठाउनोस् । मिठोमसिनो कुरा गरेर आशामा किन अर्कालाई व्यर्थ भुलाइरहने ?" शिवनारानले भने- "मैले तपाईंलाई भनिहालेको थिएँ नि, देशी तानको मद्दत नलिनोस्, बिना मागी एकाएक सहयोग पाउनु खतरनाक कुरा छ । सुरमान सुब्बा कुनै महात्मा होइनन्, जोकसैको दु:खपिरमा सहसा रुन्छन्, जहाँसम्म मेरो अनुभव छ, उनी एउटा धूर्त, बदमास, बेबकुफ हुन्, उनले बालाई मर्न लाग्दासम्म पनि रुवाएका छन् । आखिर त्यस्तै सिद्ध भयो कि भएन ?"

एकछिन चुप भएर लतमाया बोलिन् – "त्यसो भए के गर्ने त ? भन्न आउने, भन्न पठाउने कोही छैन, आएका हामीलाई चित्त बुझ्दैन । पूरा तरुनी