Jump to content

Page:Ek chihan.pdf/77: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "हल्लाइ पनि दिन सक्छ, त्यसलाई बतास आएको मान्ने त ?" अलि हाँसेको भावमा डाक्टर गोदत्तप्रसादले भने । जबाफ नदिईकन नानीथकुं चुप लागिरहिन् । एकैछिन उनको मनस्थिति हेरेर डाक्टर गोदत्तप्रस..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हल्लाइ पनि दिन सक्छ, त्यसलाई बतास आएको मान्ने त ?" अलि हाँसेको भावमा डाक्टर गोदत्तप्रसादले भने ।
हल्लाइ पनि दिन सक्छ, त्यसलाई बतास आएको मान्ने त ?" अलि हाँसेको  
भावमा डाक्टर गोदत्तप्रसादले भने ।


जबाफ नदिईकन नानीथकुं चुप लागिरहिन् । एकैछिन उनको मनस्थिति हेरेर डाक्टर गोदत्तप्रसादले भने- "किन नबोलीकन चुप लागिरहेकी नानीथकं ?"
जबाफ नदिईकन नानीथकुं चुप लागिरहिन् । एकैछिन उनको  
मनस्थिति हेरेर डाक्टर गोदत्तप्रसादले भने- "किन नबोलीकन चुप लागि
रहेकी नानीथकं ?"


"मैले नकाम गरिरहिछु डाक्टरसाहेब !" अलि दिक्दारी भावमा नानीथकुंले भनिन् ।
"मैले नकाम गरिरहिछु डाक्टरसाहेब !" अलि दिक्दारी भावमा  
नानीथकुंले भनिन् ।


"किन नानीथकुं । मैले केही बुझिनँ तिम्रो कुरा ?" मायालु भावमा डाक्टर गोदत्तप्रसादले भने ।
"किन नानीथकुं । मैले केही बुझिनँ तिम्रो कुरा ?" मायालु भावमा  
डाक्टर गोदत्तप्रसादले भने ।


"मैले प्रेम नगरीकन पाप गरिरहिछु, यस कारण तपाईंलाई चाहेर पनि मैले छोड्न बल गरिरहेकी छु, यस्तै तपाईंले पनि मलाई छोड्न बल गर्नुहोला, यद्यपि तपाईं मलाई ज्यादै चाहनुहुन्छ ।" अलि अफसोसको भावमा नानीथकुंले भनिन् ।
"मैले प्रेम नगरीकन पाप गरिरहिछु, यस कारण तपाईंलाई चाहेर  
पनि मैले छोड्न बल गरिरहेकी छु, यस्तै तपाईंले पनि मलाई छोड्न बल गर्नु
होला, यद्यपि तपाईं मलाई ज्यादै चाहनुहुन्छ ।" अलि अफसोसको भावमा  
नानीथकुंले भनिन् ।


एकछिन पुलुक्क डाक्टर गोदत्तप्रसादको अनुहारमा हेरी नानीथकुं मनमा केही गौर गर्दै चुप लागिन् र तुरुन्तै भनिन्- "भात पकाउने बेला भइसक्यो, तपाईं जानोस् डाक्टरसाहेब ! कदाचित् आमा आउनुहोला ।"
एकछिन पुलुक्क डाक्टर गोदत्तप्रसादको अनुहारमा हेरी नानीथकुं  
मनमा केही गौर गर्दै चुप लागिन् र तुरुन्तै भनिन्- "भात पकाउने बेला भइ
सक्यो, तपाईं जानोस् डाक्टरसाहेब ! कदाचित् आमा आउनुहोला ।"


डाक्टर गोदत्तप्रसाद एकछिन अलमल्ल परेजस्ता भए । अनि फेरि नानीथकुंले भनिन्- "आज जानोस्, भोलि भेटुँला नि फेरि ।"
डाक्टर गोदत्तप्रसाद एकछिन अलमल्ल परेजस्ता भए । अनि फेरि  
नानीथकुंले भनिन्- "आज जानोस्, भोलि भेटुँला नि फेरि ।"
{{nop}}

Revision as of 19:57, 20 April 2025

This page has not been proofread

हल्लाइ पनि दिन सक्छ, त्यसलाई बतास आएको मान्ने त ?" अलि हाँसेको भावमा डाक्टर गोदत्तप्रसादले भने ।

जबाफ नदिईकन नानीथकुं चुप लागिरहिन् । एकैछिन उनको मनस्थिति हेरेर डाक्टर गोदत्तप्रसादले भने- "किन नबोलीकन चुप लागि रहेकी नानीथकं ?"

"मैले नकाम गरिरहिछु डाक्टरसाहेब !" अलि दिक्दारी भावमा नानीथकुंले भनिन् ।

"किन नानीथकुं । मैले केही बुझिनँ तिम्रो कुरा ?" मायालु भावमा डाक्टर गोदत्तप्रसादले भने ।

"मैले प्रेम नगरीकन पाप गरिरहिछु, यस कारण तपाईंलाई चाहेर पनि मैले छोड्न बल गरिरहेकी छु, यस्तै तपाईंले पनि मलाई छोड्न बल गर्नु होला, यद्यपि तपाईं मलाई ज्यादै चाहनुहुन्छ ।" अलि अफसोसको भावमा नानीथकुंले भनिन् ।

एकछिन पुलुक्क डाक्टर गोदत्तप्रसादको अनुहारमा हेरी नानीथकुं मनमा केही गौर गर्दै चुप लागिन् र तुरुन्तै भनिन्- "भात पकाउने बेला भइ सक्यो, तपाईं जानोस् डाक्टरसाहेब ! कदाचित् आमा आउनुहोला ।"

डाक्टर गोदत्तप्रसाद एकछिन अलमल्ल परेजस्ता भए । अनि फेरि नानीथकुंले भनिन्- "आज जानोस्, भोलि भेटुँला नि फेरि ।"